गजल ४४४

March 26, 2011

कृष्ण वस्ती

भाँडिएझैं लाग्छ मन बाँडिएझै लाग्छ

आजभोलि आफैँसँग टाढिएझैं लाग्छ

 

एकैछिनको शोभा बन्यौ इन्द्रधनुजस्ती

त्यै थलोमा सिङ्गो जुनी  छाडिएझैं लाग्छ

 

छाती खन्यो विरहले  गहिरिंदै गएँ

निसासिंदो खाडलमा गाडिएझैं लाग्छ

 

साउनझैं रोई-रोई रुझेको यो जुनी

सन्सारका सबै खुसी ढाडिएझैं लाग्छ

 

हृदयमा लेखिएका फूलजस्ता गीत

काँढामाथि अल्झिएर फाडिएझैं लाग्छ

 

सङ्लो थिएँ बग्दाबग्दै पहिरोमा परें

भेलजस्तो आज मलाई भाँडिएझैं लाग्छ

 

तोरी फुलेजस्तो मेरो सपनाको बस्ती

कोही पसी एकैछिनमा माडिएझैं लाग्छ

 

बिराटनगर नेपाल


गजल ४४३

March 26, 2011

आनन्द श्रेष्ठ

 

आज भोलि हल्लाहरू निराधार सुन्दैछु म

पुरुषले पाउनु पर्ने अधिकार सुन्दैछु म

 

महिलाको हकहित गर्ने धेरै संस्था भो रे

लोग्नेमाथि भइरहेको तिरस्कार सुन्दैछु म

 

कैुले माथि पर्यो भनी कैले घरै छोड्यो भनी

लोग्ने मान्छे हेपिएको लगातार सुन्दैछु म

 

कैले अंस चाहियो रे ! कतै आधै चाहियो रे !

माग पनि आजभोलि निराकार सुन्दैछु म

 

माया गर्ने दाजुभाइ छुटाएको सुन्दैछु म

पतिमाथि लगाएको उपकार सुन्दैछु म

 

काठमाण्डौ नेपाल


गजल ४४२

March 26, 2011

करुण थापा

 

तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ

टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ

 

धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थें

यति कोमल मन छ कि कपासले चोट लाग्छ

 

अँध्यारोमा बस्ने बानी परे पछि के लाग्छ र

सानो सानो जुनकिरीको प्रकाशले चोट लाग्छ

 

आफै बस्ने घर पनि पर जस्तो लाग्छ मलाई

तारा हुँ म कहिलेकाहीं आकाशले चोट लाग्छ

 

ज्यानै दिंदा पनि तिमी कसम खाउ भन्छेउ अझै

तिमीले म माथि गर्ने विश्वासले चोट लाग्छ

 

काठमाण्डौ नेपाल


गजल ४४१

March 26, 2011

जीतमान राई सबिन

मन भित्र मनले नै कसे पछि माया
छुटाउन गाह्रो रैछ बसे पछि माया

न त भईयो असल माली तिम्रो जीवनको
फुल्दाफुल्दै मझेरीमा खसे पछि माया

कस्तो रफ्तार लिन्छ कुनी गन्तव्यमा पुग्न
गुड्दागुडदै अचानक फसे पछि माया

भुल्न कठिन भयो चोटको पिडालाई
मुटु छेडी भित्रै फेरी पसे पछि माया

 

लक्ष्मीपुर-५, नमुनाबस्ती, ईलाम नेपाल
हाल  मलेसिया


गजल ४४०

March 26, 2011

सुमन मञ्जरी

 

जानै थ्यो त दैलो टेक्न नआएको भए हुन्थ्यो

पधेँरामा पछ्याउँदै  नधाएको भए हुन्थ्यो

 

जोड्नु अनि तोड्नु माया खेल रै’छ तिम्रो लागि

झुटै सही तर माया नलाएको भए हुन्थ्यो

 

बनाउँला आफ्नो भन्दै मन दिएँ धोका पाएँ

सोच्छु आज बरु भेट्नै नपाएको भए हुन्थ्यो

 

गर्यौ बाचा साथ दिने कसम पनि खाथ्यौ त

जानाजानी कसम् झुटो नखाएको भए हुन्थ्यो

 

सँगै बाँच्ने हाँस्ने खेल्ने  रहर् सबै अधुरा छन्

सपना झैँ यी आँखामा नछाएको भए हुन्थ्यो

 

 

काठमाण्डौ नेपाल


गजल ४३९

March 26, 2011

स्वप्निल प्रमेश

 

तिमीजस्तै  लाग्छ राती  सिरानी  यो प्यारो लाग्छ

जति टाढा  माया  गाढा  बिरानी  यो  प्यारो लाग्छ

 

बल्झिन्छ घाऊ के भयो त सम्झिन्छु म मुहार तिम्रो

मुटु  भित्र  चोटैचोटको  निशानी  यो  प्यारो  लाग्छ

 

नयाँ  जीवन  जिउँछु मत  निशाको त्यो  प्रहर सँगै

थाहा छैन   कैलेदेखि   बिहानी   यो   प्यारो  लाग्छ

 

मृगतृष्णा   भयो   माया    आशैआशमा   दौडिरहें

जति  थाक्यो  उती चाह  हैरानी  यो  प्यारो लाग्छ

 

भत्काएर     बगीरह्यौ    किनार   न   हुँ    हेरिरहेँ

जति मेट्छ्यौ  उती प्रष्ट  कहानि  यो प्यारो लाग्छ

  

सिड्नी अस्ट्रेलिया

 


गजल ४३८

March 26, 2011

 

आँखा जुधे तिमीसँग दुईबाट चार भयो

त्यसमाथि मुस्कान तिम्रो  दिलको वारपार भयो

 

आत्मा मेरो समर्पण भो प्रेमबन्दी भएको छु

तिम्लाई दोषी भन्ने मेरो आरोप निराधार भयो

 

हिजो मात्र भेट्दा खेरी अन्जान मान्छे थियौ तिमी

कसो गरी स्वीकारूँ म तिमीसँगै प्यार भयो

 

थाम्न सक्नु कहाँ मैले छाति भरी प्यार तिम्रो ?

भन्न सक्नु कहाँ मैले मनको सोझै हार भयो  ?

 

काठमाण्डौ नेपाल


गजल ४३७

March 19, 2011

घनेन्द्र ओझा

 पञ्चचामर छन्द

परे म मर्छु भोकले म दास बाँच्न सक्दिन
म खोज्छु मूल्य कामको म लाश बाँच्न सक्दिन

उठौ नि हातहातमा लिएर एक कामना
बिहान बेलुकी सधैं म आश बाँच्न सक्दिन
 

स्वतन्त्रता त भोगको हुनेछ निम्ती भन्दथे
परेर पिन्जडा कठै म खास बाँच्न सक्दिन

बनेन कानुनै तथा बनेन संबिधान नै
दु:खी सधैं छ दु:खमै म भास बाँच्न सक्दिन

बसेर रक्तभेलमा म सक्छु ज्यून के गरी ?
सहेर पीर दुष्टको म पास बाँच्न सक्दिन

 

काठमाण्डौ नेपाल


गजल ४३६

March 19, 2011

प्रदिप चापागाईं

दुखेँ घाउसित खाटाहरु बल्झिए

आज जिन्दगीका पाटाहरु बल्झिए

 

नापेको थेँ धेरै दुरी पैतालाले

यात्राका ति  तिनै बाटाहरु बल्झिए

 

कतै चोखो भएँ कतै जुठो भएँ

दाग बेहोसीका टाटाहरु बल्झिए

 

धुजा धुजा भई च्यातिनु त रै’छ

चिरफार पछि फाटाहरु बल्झिए

 

न त रह्यो मेरो कुनै सेरोफेरो

आफ्नै आँगनका माटाहरु बल्झिए 

 

सिड्नी अस्ट्रेलिया


गजल ४३५

March 19, 2011

नील खड्का

तोड्नु रै’छ नाता किन जोडी बैगुनीले ?

ख्यालख्यालैमा वचन सारा तोडी बैगुनीले

 

कुरा गर्थी हाँसीखुसी जीउने सपनाको

नसोधेरै एक वचन छोडी बैगुनीले

 

समानान्तर रेखाजस्तै भन्थी हाम्रो माया

धोखा दिई अन्तै पाइला मोडी बैगुनीले

 

मन्दिरमा खा’का कसम लत्याएरै गई

फूल फूल्ने गमला नै फोडी बैगुनीले

 

फूल ठान्थेँ ढुंगा रै’छे थाहा पाएँ बल्ल

छियाछिया पारी मुटु गोडी बैगुनीले

 

राख्छु अब कुँढिएको मुटु सम्हालेरै

थाहा छैन कसको घुम्टो ओढी बैगुनीले

काठमाण्डौ नेपाल

khadka.nee@gmail.com
khadkatole@yahoo.com


गजल ४३३

March 19, 2011

रचना दाहाल

 

कति प्याला रित्याएका कुरा सुनाउँछौ
पागलपनका यस्ता कथा पुरा सुनाउँछौ

फूलको सुबास फूलको रंग मन पराउने मान्छे म
खाली सीयो फाली कर्द छुरा सुनाउँछौ

मन जित्न मनकै निम्ति निश्चल व्यवहार भए पुग्छ
बर्बराई कस्तो आफ्नो सुरा सुनाउँछौ

नशाले नै दिन्थ्यो भने खुसीहरु सबै
फेरि किन चाहना अधुरा सुनाउँछौ रु

काठमाण्डौ नेपाल


गजल ४३२

March 19, 2011

शविन सिंह

 

पाउमा शिर झुकाउन उर्दि जारी भएको छ

जो चै थियो शैतान उही अवतारी भएको छ

 

रमिते भै हेरी बस्यो सदाचारी भनाउँदो

रोक्ने छ्क्ने हात भने दुराचारी भएको छ

 

नचलेर केही सीप  हेपिएथ्यो हिउँदमा

खहरे त्यो उर्लिएर विनाशकारी भएको छ

 

बौलाहा त्यो बतासले हल्लाउनै सकेन छ

हल्ला गरि भन्छ पहाड अहँकारी भएको छ

 

के चैँ गर्ला भनिकन हेप्दा खेरी सानो भूल

फैलिएर सानो रोग  महामारी भएको छ
कपिलवस्तु नेपाल

हाल काठमाण्डौ नेपाल


गजल ४३१

March 19, 2011

मवि सिंह

 

काज क्रिया सकिएको दशा फर्किरह्यो

न निल्नु न थुक्नु अमृत घांटी सर्किरह्यो

 

कति खेर मर्ला भनी सिनो खाने आसमा

जिउँदो जाग्दो सामु बुढो गिद्द पर्खिरह्यो

 

एकै पटक मात्र मर्छु भनी बाँच्ने मान्छे

पटक पटक मर्ने डरले झनै तर्सिरह्यो

 

डुब्नु अनि उत्रनुको माझ जहाज देखी

बेदनामा समुन्द्रको छाल चर्किरह्यो

 

सुनामीले सोत्तर भा’को त्यही आँगनमा

पानी तर्काउन जमीन फेरि थर्किरह्यो

 

बोस्टन अमेरिका


गजल ४३०

March 19, 2011

सुरेश सुवेदी

 

कतै जीतमा छु कतै हारमा छु
म यस्तै अनौठो समाचारमा छु

म राखेर यो जिन्दगीनै धरौटी
मुनफा बिनाको म ब्यापारमा छु

नबज्दै टुट्यो भन्दथ्यौ तार मन्को
टुटेको फुटेको म त्यै तार मा छु

कहाँ भेट्दछ्यौ भित्र एक्लै बसेर
तिमी खोल ढोका म सङ्घारमा छु

काठमाण्डौ नेपाल


गजल ४२९

March 12, 2011

 

ज्ञानु विद्रोही

शिखर पुगे समतल भूई जमीन बिर्सन्छ

मान्छे हो मान्छे जन्मेको कोख दलीन बिर्सन्छ

 

बाटोमा ठेस लागेमा उसको गुनासो सधैको

आफन्त भाइ बन्धूमा झर्ने सङ्गीन बिर्सन्छ

 

हिजोको ब्यस्त आजको मस्त भोलीको जोगी ऊ

तै पनि कहाँ पैसामा जीवन सुम्पिन बिर्सन्छ

 

असिना–पानी बाढी र पैरो झर्दछ कुबेला

रोपाइँपख बनेर पानी बर्सिन बिर्सन्छ

 

यस्तो हो गर्ने उस्तो हो राम्रो सिकाउछ अरुलाई

बिचरा पैले आफू चैँ मान्छे बनीन बिर्सन्छ

 

झापा नेपाल

हाल काठमाण्डौ नेपाल


गजल ४२८

March 12, 2011

 

बाला ढकाल

 

आज फेरि अर्को पल्ट ढुङ्गा टोक्नु परो
तिमीलाई पाहुने आशा मर्दा तालु ठोक्नु परो

आएको थिएँ मनको भारी बिसाउनलाई तिम्रो छेउ
थपिदियोउ गरुङ भए नि बिवस भई बोक्नु पर्‍यो

एकै छिन त रिस् उठो गल्ती तिम्रो नभए नि
लायक म नै थिन होला सोच्दै आक्रोस् रोक्नु पर्‍यो

मेरो कल्पनाको रङ्गमन्चमा अभिनेत्री थियौ तिमी
याथार्थको बाध्यताले अर्कै एउटी तोक्नु पर्‍यो

गाह्रो होला तिमीलाई भुल्न तर हजार प्रयास गर्छु
तिम्रो नाम लिने ठाउँमा दोस्रो कुनै घोक्नु पर्‍यो

ओकल्याण्ड क्यालिफर्नीया


गजल ४२७

March 12, 2011

शविन सिंह

 

मुस्कानले सजिएको सुन्दर तिम्रो मुहार राम्रो

हाँसोसँगै ताँती लागी रम्दै आउने बहार राम्रो

 

मनभित्रका रहरहरू रोक्न खोज्दा अधरले

चञ्चले ती नयनले गरिदिने हतार राम्रो

 

भँवरा झै नयन मेरा डुल्दा खेरी फूल रोज्दै

नयनबाटै गरिदिने  इर्ष्यालु त्यो प्रहार राम्रो

 

गाँठो कस्तो बाँधिएछ दु:ख पनि बाँड्नु पर्ने

यता दु:ख्दा उतातिर झर्ने भदौ असार राम्रो 

 

माया साटो दिन्छौ भन यौवनको बहार तिम्रो

नाफा नोक्सान पिरै छैन पिरतीको बजार राम्रो

 

कपिलवस्तु नेपाल


गजल ४२६

March 12, 2011

तारा मैनाली

 

आउँदा  जाँदा बाटामा धेरै पटक नजर जुध्यो

न उ बोल्यो मुखै खोली न त मेरो भाका बुझ्यो

 

न त दियो कुनै पत्र न त उपहार कुनै

मैले जस्तै सायद मनमा  मात्र के के हजार सोच्यो ?

 

सुनेकी छु मरिमेटी मन पराउने उसलाई हजार

छन् र पनि उसले न त अन्तै गर्इ कोही रोज्यो

 

प्रतिक्षामा बस्दा बस्दै शुन्यतामा विते वर्ष

हिम्मत गरी न त अझै मनको वह भन्न खोज्यो

 

माया मारी म नी बसें कमजोर उसको चाला देखी

तर आज अनायासै विचार के छ भनी सोध्यो ?

 

काठमाण्डौ नेपाल


गजल ४२५

March 12, 2011

जितेन्द्र मल्ल

 

आतुर छन् यी कानहरु सक्छौ चाँडै जवाफ देऊ
या त मिल्काऊ मेरो गुलाब या बदलामा गुलाब देऊ

पिलाएर नजरबाट बानी पार्‍यौ तिम्रो मलाई
नशा काट्न त्यो नशाको अर्को कुनै शराब देऊ

लक्ष मेरो अब तिमी बाँकी सबै भुली सकें
पुरा गरोस् चाह मेरो पत्थर मनलाई दबाब देऊ

एक्लो यात्रा अनेक बाधा भौतारिन्छु यता उती
बहँदैछ ‘जीवन’ उल्टो यस्लाई सही बहाव देऊ

 

तालकोट नेपाल


गजल ४२४

March 12, 2011

रुबेन पुन मगर

ए है सानु रोधी घरनै किन  आउन छोड्यौ ?
सालैजो र दोहोरी नि किन  गाउन छोड्यौ ?

मनै भरी दोहोरिको शब्द बोकी ल्याउथ्यौ
आज भोली यो बाटो नि किन धाउन छोड्यौ ?

तिमीसँगै नाच्थे सबै कम्मर मर्काइमर्काइ
कसैको नि मनमा अचेल किन  छाउन छोड्यौ ?

सुन्य सुन्य लाग्छ लौ न रोधी घर नै सानु
दोहोरिमा माया प्रीति किन लाउन छोड्यौ ?

दहपानी, बाग्लुङ नेपाल
हाल मलेसिया


गजल ४२३

March 12, 2011

भगवती वस्नेत

 

जेलिएको हुन्छ भाग्य पौरखले गोड्नु  पर्छ
संघर्षका पहाडहरु साहसले फोड्नु पर्छ

पराइको भर हैन आँफै जाँगर चलाएर
रुढिवादी परम्परा सबै मिली तोड्नु  पर्छ

निराशाको कालो बादल् मनैदेखि हटाएर
असफल प्रयासहरु सफलतमा मोड्नु  पर्छ

मेहनती हातमा नै मोती दाना झुल्नेगर्छ
आलस्य र अल्छिपन अब हाम्ले छोड्नु  पर्छ

 

काठमाण्डौ नेपाल


गजल ४२२

March 6, 2011

दीप्स शाह

नलेखेको मेरो एउटा गीत तिमी नै त हो

जुनिभरि मेरो मनको मीत तिमी नै त हो

 

रहर भन्नु जिन्दगीको बाँच्ने एउटा बहाना हो

छुन बाँकी जुनेलीको शीत तिमी नै त हो

 

आँखा भरी भरी स्वप्न छचल्किने छाल जस्तो

रहर भरी नपुगेको धित तिमी नै त हो

 

घुम्ती पिच्छे गोरेटोमा माया बोक्ने फूलहरु

हृदयले पर्खिएको प्रीत तिमी नै त हो

 

जिन्दगीको मैदानमा हार्नु जित्नु नियती हो

मैले हार्नु नपरेको जीत तिमी नै त हो

 

 

काठमाण्डौ नेपाल

deepssanu@gmail.com


गजल ४२१

March 6, 2011

अमर 'सरोवर'

 

किन आज आफैंभित्र हराएझैं देख्छु

अनि आफ्नै छाँयासित डराएझैं देख्छु

 

अन्जानैमा चोट मैले पुर्याए कि कतै !

मुटु किन छियाछिया गराएझैं देख्छु

 

बाटो बेग्लै भएपनि लक्ष्य एकै थियो

नियतीले रुवाएर बगाएझैं देख्छु

 

दुनियाँले काट्यो होला नानाथरी कुरा

पीडाहरु मनै भित्र दबाएझैं देख्छु

 

तिमी हाँसे झुक्थे होला जूनतारा पनि

गाजलु ती आँखाहरु रसाएझैं देख्छु

 

कल्याणपुर-२, नुवाकोट नेपाल
tmg_immortal@hotmail.com


गजल ४२०

March 6, 2011

जीतु खड्का ‘गाँउले’

 

चुलेसिको धारमाथि रेटिएर टुटें आज

समयको मारसँगै भेटिएर छुटें आज

 

सिसा सरी मुटु पनि चर्किदिन्छ कता कता

बाध्यताको भुमरिमा चर्किएर फुटें आज

 

समयले हान्दा चट्याङ पर्छ मेरै छाती माझ

वेदनाको चित्कारमा थर्किएर चुकें आज

 

विछोडिन वाध्य थिएँ समयको खेल सँगै

विछोडको तड्पाइमा लोलाएर सुकें आज

 

सोच्नलाई मौका कहाँ पाल्दै ठीक्क ज्यान

गरीबिको मार भित्र टोलाएर झुकें आज

 

ओभाएनन आँखाहरु आँसु बनी बगिरह्यौ

दन्किएको ज्वाला पनि सेलाएर दुःखें आज

 

उर्लाबारी मोरङ नेपाल


गजल ४१९

March 6, 2011

सुवास श्रेष्ठ

फकाउन होइन मात्र झम्झेर केही सुनाउन आएकोछु
तिमीलाई चट्टै बिर्सीसके मैले नि  माया पाएकोछु

दुईतर्फे साथ  खोजिहिडे  त्यो त एकतर्फे थिएछ
सम्हालेरै अहिले भने  बराबर  माया  लाएकोछु

अरूकै गीत गाउँथ्यौ तिमी अरूकै गीत सुनाउँथे म
यसपाली चैँ  जसो  तसो आफ्नै गीत  गाएकोछु

किनार भनी सधैँभरि  बगरतिर  पो  धाइएछ
यसपाली  त  गागरसँगै  सागरतिरै  धाएकोछु

तिम्ले  जस्तै मैले  पनि  दिनहरू  वित्दै  जाँदा
अँधेरीको  आडमा फेरि  नयाँ  सपना  पाएकोछु

 

गोरखा नेपाल


गजल ४१८

March 6, 2011

रामशरण श्रेष्ठ

नजिक सर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

मन पर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

 

जति माया गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाई

माया गर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

 

साथी मध्ये त्यस्तो मिल्ने, तिमीप्रति अति पागल

चैन हर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

 

नबोलेरै कति कति, आँखा आँखाबाट मुटु

माया भर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

 

पवित्र प्रेम साईनो कहिल्यै, नछुट्ने बाचा गर्दै

जीउने मर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

 

सुखदु:ख सँगै काट्न,  आँधी भेल जिन्दगीका

जँगार तर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

 

सम्बन्धको सुरुवात नयाँ, रातो गुलाबबाट गर्दै

खुसि छर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

 

चिसापानी ६, रामेछाप नेपाल


गजल ४१७

March 6, 2011

 

दिलिप राई सागर

दिन्छौ भने प्रीया जून देऊ घाम देऊ

चाहिएमा बाँच्ने साहारा तिम्रो नाम देऊ

 

लिएर जून घाम राखौं म कहाँ ?

राख्नै परे तिम्रो काखमा ठाम देऊ

 

हेरौंला पल्टाई एल्बम जिन्दगीको

सम्झना आए लेखी चिठी खाम देऊ

 

मुस्कान देऊ अन्तमा फूल फुल्ने याम

उनेर माला लगाउने काम देऊ

 

लिनु र दिनु त रहेछ प्रेमको रीत

भुल भए पनि भुल्नलाई जाम देऊ

 

उर्लाबारी मोरङ नेपाल

हाल मलेसिया


गजल ४१६

March 6, 2011

सन्तोश सिटौला

 

मेरो मिर्मिर लुटी कालो, रात छोडी गए पनि

शीतले चुम्छ रुग्ड हाँगा, पात छोडी गए पनि

 

कस्ले किटान गर्छ यहाँ, जूनको दाग कालो भनि

ज्योती उस्तै वदनामी, बात छोडी गए पनि

 

ताराहरु घट्या छैनन्, घामको तेज उस्तै नै छ

मेरो भागमा उल्कापिन्ड, ताँत छोडी गए पनि

 

ग्रहण सँधै कहाँ लाग्छ, मेघ गर्जन क्षण भर हो

ज्योतिपून्ज जागेको छ, घात छोडी गए पनि

 

छैन अन्त दृष्टि मेरो, केवल  किनार ताकेको छु

छल गरेर नदी बीचमा, हात छोडी गए पनि !

 

 झापा नेपाल


गजल ४१५

February 26, 2011

भाष्कर काजी

 

सार उही हो रङ्ग बेग्लै भए पनि

मार उही हो जङ्ग बेग्लै भए पनि

 

कसैले पैसा माग्छन् कसैले ज्यान

जार उही हो तङ्ग बेग्लै भए पनि

 

क्वै आफ्नै लागी मर्छ क्वै अर्कालाई

हार उही हो ढङ्ग बेग्लै भए पनि

 

थोरै हुन्छ फरक रुनु र हाँस्नुमा

पार उही हो उमङ्ग बेग्लै भए पनि

 

त्रि. वि. कीर्तिपुर

काठमाण्डौ नेपाल


गजल ४१४

February 26, 2011

निर्मला अवस्थी

 

तिम्रो मुटु नजिक मलाई सर्न मन लाग्यो

तिम्रै आँखा वरिपरि चर्न मन लाग्यो

 

तिम्रा दुःख पीडा सबै उखेलेर फाली

रंगीचंगी फूलको बिऊ छर्न मन लाग्यो

 

 नौनी जस्तै कोमल तिम्रो त्यो ह्रदय भित्र

मह जस्तै मीठो रस भर्न मन लाग्यो

 

मन मिल्ने मान्छेलाई आफ्नो नजिक पाउँदा

फुकाएर मनका कुरा गर्न मन लाग्यो

 

बीच बाटोमा तिमीले मेरो हात समाइदिदा

तिमीसँगै जीवन डुङ्गा तर्न मन लाग्यो

 

गोर्खा नेपाल

हाल काठमाण्डौ नेपाल


गजल ४१३

February 26, 2011

कपिल अन्जान

नियतीले निधारमा जल्लाद लेखिदियो

यस्तो लाग्छ उपहारमा जल्लाद लेखिदियो

 

बा आमाले के–के बनाउने सोचेका थे ?

किन त्यती हतारमा जल्लाद लेखिदियो ?

 

आकाश र धर्तीको दुरी नाप्न सक्दिन

मलाई मात्र संसारमा जल्लाद लेखिदियो

 

न जिन्दगी वदल्न सक्छु न न्याय पाउन

कसैले हिजो अखबारमा जल्लाद लेखिदियो

 

पहिचान बनाउन अब बर्षौ लाग्नेछ

जोडेर गजलकारमा जल्लाद लेखिदियो

 

कोहलपुर–२, बाँके नेपाल


गजल ४१२

February 26, 2011

 

निराजन प्रभात लुइटेल

 

छक्का दाउमा सधै सधै तिमी चलेकी  छौ

छक्का पल्टि मलाई सधै तिम्ले छलेकी  छौ

 

चोखो माया थियो मेरो किन त्याग्यौ तिम्ले ?

पक्का मनको दिप तिम्ले अन्तै बालेकी  छौ

 

शिशिर याममा फुल्ने फूल तिमी मेरी रानी

छोडी मेरो बोट तिमी अन्तै फलेकी  छौ

 

झुठो माया थाहा भयो चाहिदैन तिम्रो हात

धनको सानमा भित्रैसम्म तिमी जलेकी  छौ

 

झापा नेपाल

हाल दोहा कतार


गजल ४११

February 26, 2011


इन्दिरा खतिवडा 'प्रयाश'

 

 

 

 

कोमल भैगो मन त्यसै दुखाएर रोएँ

कमजोर रैछु मनको बाँध फुटाएर रोए

 

 

अर्ती दिन सजिलो छ गार्हो लिनलाई

त्यसैले त वेदना नि जुटाएर रोएँ

 

 

धेरै थिए भन्ने कुरा बोल्नै नसकेर

बालकको न्यानो काख छुटाएर रोएँ

 

 

परिवार बालबच्चा घुम्दा आँखा भरि

सबै सम्झी  माथ मेरो झुकाएर रोएँ

 

 

विदाइको टीको थापी रुन्चे हाँसोमा

भिजेका ती परेली नि लुकाएर रोएँ

 

दमक झापा नेपाल

हाल इज्रायल


गजल ४१०

February 26, 2011

अनन्त लम्साल

 

देख्यौ आज बल्ल कस्तो असन्तोष छ नगरीमा ?

मान्छे ले नै मान्छे लुछे खोसा-खोस छ नगरीमा

 

सबै आगो पानी को छ ? मारामारी चलेकै छ

दया-माया मरिसक्यो  रोषै-रोष छ नगरीमा

 

लुटिँदामा तिम्री चेली एकैघरको चौघेरामा

दाजु-भाइ बाबु-छोरा दोषा-दोष छ नगरीमा

 

कहाँ भयो सुनुवाइ तिम्रो नाथे उजूरीको !

तिम्रै आँसु पिई राज्य मदहोस छ नगरीमा

 

चौबाटोमा बेरोज्गारले आत्मदाह गरी मर्यो

जताततै बिद्रोहको शंखघोष छ नगरीमा

 

ananta_25@yahoo.com


गजल ४०९

February 26, 2011

उमेश आचार्य

माफ गर सानु तिम्लाई दरवार दिन सक्दिन म
आकाशका तारा झार्ने प्यार दिन सक्दिन म

ज्यान पनि बन्दकी छ सम्पतीनै खोज्छौ भने
माया सिवाय हिराको हार दिन सक्दिन म

झुटको खेती सपारेर तिम्लाई आफ्नो बनाउन
मीठो बोलि आश्वासनको विचार दिन सक्दिन म

झुपडीमै माया साँच्छु जस्तो खान्छु त्यस्तै दिन्छु
त्यो भन्दा अर्को ठूलो संसार दिन सक्दिन म

 

दागाना भूटान

हाल बिराटनगर नेपाल


गजल ४०८

February 19, 2011

अविरल यात्री

लौ न ! कति जंघार तर्नु  खोला जिन्दगीमा
रित्तो होला जस्तो भयो झोला जिन्दगीमा

कयौ जुनी कयौ लोक पार गर्दै आज
बल्ल बल्ल पा’को यौटा चोला जिन्दगीमा

नहुने भो ओभानो खै पुर्जा इमानको
सबै बाटो हानिदै छ, लोला जिन्दगीमा

नाम्लो बोक्ने थाप्लोको नि, भए मुल्यवृद्धि
जोख्ने थिए मैले दुख तोला जिन्दगीमा

अबरोध छ अविरल चारैतिर बाटो
कतातिर लागे शान्ती होला जिन्दगीमा

हेटौडा, मकवानपुर नेपाल


गजल ४०७

February 19, 2011

इन्द्र जे आचार्य

 

किन होला आजकल यहाँ रातले पिरोल्छ
आफ्नै अन्तरमनको तुच्छ बातले पिरोल्छ

पीड़ाबाट टाडा भई सुखी बन्ने चाहनाको
असहज बाटो यस्तो मातले पिरोल्छ

भाग्य कर्म आफै लेख्छु पराधिनता स्विकार्दिन
भन्ने मान्छे मलाई आफ्नै हातले पिरोल्छ

मैले मलाई आफैले नै चिन्न नसकेको होला
आफैबाट सिर्जीत यस्तो घातले पिरोल्छ !

 

दागाना भूटान

हाल काठमाण्डौ नेपाल


गजल ४०६

February 19, 2011

सुरेन्द्र देवकोटा

मालिनी छन्दमा

तिमी मुसुमुसु हाँस्यौ चोरझै पल्किएँ म
नजर नजर गाँस्यौ मोति भै टल्किएँ म

रहर जहर के थ्यो बैंशको हुर्हरेमा
हुरुरुरुरु डडेलो चैतको सल्किएँ म

सुमधुर मधु बोली हाउ भाउ कटाक्ष
सललल झरनाको पानी झैं छल्किएँ म

हरपल खुशि पाएँ स्वप्न संसार पाएँ
छमछम प्रिति नाच्यो प्रेम मै मल्किएँ म

गोर्खा नेपाल


गजल ४०५

February 19, 2011

प्रदिप चापागाईं

दुखेँ घाउसितै खाटाहरु बल्झिए
आज जिन्दगीका पाटाहरु बल्झिए

नापेको थेँ धेरै दुरी पैतालाले
यात्राका ति तिनै बाटाहरु बल्झिए

कतै चोखो भएँ कतै जुठो भएँ
दाग बेहोसीका टाटाहरु बल्झिए

धुजा धुजा भई च्यातिनु त रै’छ
चिरफार पछि फाटाहरु बल्झिए

न त रह्यो मेरो कुनै सेरोफेरो
आफ्नै आँगनका माटाहरु बल्झिए

दुखेँ घाउसितै खाटाहरु बल्झिए
आज जिन्दगीका पाटाहरु बल्झिए

सिड्नी अस्ट्रलिया


गजल ४०४

February 19, 2011

 

क्षितिजको मित्र प्रकाश धमला

गाउँ जलेको खबर सुनी मन हाम्रो रुन्छ हजुर
छाडी आयौ न्याउल सबै बन हाम्रो रुन्छ हजुर

सिस्नोढिडो खादा पनि रमाउँथ्यौ हामी देशमा
पानीसँग बालुवा निल्दै  तन हाम्रो रुन्छ हजुर

प्रवासमा मृत्यु हुन्छ कफन किन्ने रुपियाँ छैन
क्षितिज पारी लास हेर्दै धन हाम्रो रुन्छ हजुर

जिन्दगिमा सधै सधै अरुलाई नै भलो गर्यौ
देशको सेवा गर्छु भन्ने बचन हाम्रो रुन्छ हजुर

अस्ट्रेलिया


गजल ४०३

February 19, 2011

आनन्द श्रेष्ठ

 

दिन ढल्यो त के भयो रात बाँकी नै छ
धित मारी गर्नुपर्ने बात बाँकी नै छ

साथ हुँदा अल्झिएको याद बाँकी रह्यो
मन जल्यो त के भयो साथ बाँकी नै छ

आँधी हुरी यस्तो चल्यो रोक्न सकिएन
फूल ढल्यो त के भयो पात बाँकी नै छ

सम्झिएर बिगतका दिन काटिरहें
तन गल्यो त के भयो मात बाँकी नै छ
 सामाखुशी  काठमाण्डौ नेपाल


गजल ४०२

February 19, 2011

इन्दिरा प्रयास
दुबै मिली पिरतीको डोरी बाटौं न
एकअर्कामा भावनाको चाह साटौं न

दुबै जना मिलेपछि बाटो खुलाएर्
शहर मै बस्ने भए डाँडै काटौं न

बाँच्नलाई कति कुरा साँचो नभनेर
आफैलाई राम्रो भए केही ढाँटौं न

हावासरी उडे इच्छा मान्दै नमानेर
चाह हाम्रा एकै भए अब आँटौं न

तन मन मिले पछि जुठो नमानेर
एकैथालमा मीठोपिठोसँगै चाटौं न

काठमाण्डौ नेपाल


गजल ४०१

February 12, 2011

राजेश खतिवडा

 

एक्लो जीबन जिएको छु फलानीको कारणले
रक्सी बहुत पिएको छु फलानीको कारणले

बाहिर हेर्दा हुष्टपुष्ट खाइलाग्दो देखिन्छु म
भित्र चाँहि खिएको छु फलानीको कारणले

भट्टीबाल्नी साहुनीको उधारो बिल तिर्न आज
साइकल बेचिदिएको छु फलानीको कारणले

रक्सी पिउँने चाँडै मर्ने कसैसंग प्रेम नगर्ने
मैले अठोट लिएको छु फलानीको कारणले

 

उदयपूर नेपाल

rajesh_gajal@mig33.com

 


गजल ४००

February 12, 2011

जितन मुस्कान

 

फलेको वृक्ष सधै झुकेको देख्छु

हरेक ढुङ्गाहरुमा मुर्ती लुकेको देख्छु

 

चाप्लुसेहरुको संसार छ आज भोलि

सेवा  गर्नेहरुलाई   थुकेको   देख्छु

 

जसले स्वाभिमानको धाक दिन्छ

उहिनै   हरपल  चुकेको  देख्छु

 

नदी  जस्तै  गड्गडाउने मान्छेहरु

हिउँदे याममा अचाक सुकेको देख्छु

 

बेलडाँगी झापा नेपाल


गजल ३९९

February 12, 2011

स्वप्निल प्रमेश

 

चल्दैछ  जीवन  अचानो  बनेर

सिक्दैछु  धेरै    म सानो  बनेर

 

चिन्दिनन् अरे बाँच्दैछु त्यसैले  

उनैको   अघि   फलानो   बनेर

 

निर्लज्जै आज दिँदैछौ अर्ती त्यो

पानीमा  बसी   ओभानो   बनेर

 

आधारै थियौ  भत्केर गइछ्यौ

के थेग्ला   झरी  म छानो बनेर

 

हेला भो   तीर्थ  नजिकै  हुनाले

के हुन्छ   हेरौं   बिरानो   बनेर

 

 सिड्नी अस्ट्रलिया


गजल ३९८

February 12, 2011

अतृप्त कमल

गरिबका खुसीहरु खोसिएको लेखौँ अब

शोसकबाट बर्षौदेखि शोंसिएको लेखौँ अब

 

जताततै गरिब नै अन्यायमा परेको छ

निर्दोष ती अनुहार दोषिएको लेखौँ अब

 

तल्लो जातको दर्जा दिई भिराएर बोक्सी बिल्ला

अलक्षिणी भनी गुहुमा झोँसिएको लेखौँ अब

 

काम गर्ने एउटा हुन्छ सधैँ अर्को मोज गर्छ

ठूला ठाला महाजन पोसिएको लेखौँ अब

 

कहाँ गयो ती दुखिको आगन छोडी गणतन्त्र ?

सयौं आशा नजन्मिंदै ओसिएको लेखौँ अब

 

जस्को शक्ति उस्कै भक्ति यथावत रहनेछैन

मुक्ति खोज्दै ती शोषित जोसिएको लेखौँ अब

बुटबल नेपाल


गजल ३९७

February 12, 2011

टेकेन्द्र अधिकारी

म त आयु तोकिएकै जीवन पा’को मान्छे हजुर
आउँदैखेरि जाने पनि कसम खा’को मान्छे हजुर

मूर्च्छा पारी आमालाई, कोखबाट झरेको रे
काल बेरी गर्भैबाट धर्ती आ’को मान्छे हजुर

मर्नैपर्छ भन्ने था‘छ, त्यस्को पछि किन लाग्नु ?
मौका हेरी मृत्यु पनि सिरान ला’को मान्छे हजुर

ज्ञान बाँड्दा बढ्छ भने त्यसबाट किन भाग्नु ?
दिँदाखेरि जीवन बाँच्ने लक्ष्य भा’को मान्छे हजुर

दुःख देख्छु अरूको, आफ्नैजस्तो लाग्छ मलाई
बाँच्दा फेरि दीन-दुखीकै घर धा’को मान्छे हजुर

केही गर्ने आँट साथ छ, इन्द्रेणी सपना छन्
मृत्यु नेरी जिन्दगीको गीत गा’को मान्छे हजुर

विराटनगर नेपाल


गजल ३९६

February 12, 2011

करुण थापा

 

मुटु दुख्दा दु:ख पर्दा दु:ख काट्ने धार आँसु

दु:खको हो साथी मेरो जिन्दगीको सार आँसु

 

मेरो आँसु देखेपछि पर भागे दुश्मन पनि

फूलको चौकीदार काँढा मेरो चौकिदार आँसु

 

मेरो हालखबर यही आँसुभित्र मिल्छ हजूर

मेरो दिलको समाचार बोक्ने अखबार आँसु

 

मैले रुन पाउनु पर्छ मन लागेको कुनै बेला

तिम्रो हक नलाग्ने यो मेरो अधिकार आँसु

 

मलाई पढ्न सकिन्न रे पढी अनुहार मेरो

राम्रो छु कि नराम्रो छु मेरो अनुहार आँसु

 

तिमी छौ र बाँचेकोछु घाइते मेरो जिन्दगी यो

भगवानको अर्को रुप नयाँ अवतार आँसु

 

पिए पनि हुने अनि लाए पनि हुने रैछ

यस्तो मल्हम कहाँ छ र नौलो उपचार आँसु

 

बन्द गर्छु म त मेरो यो आँखाको जेलभित्र

मलाई झुक्काएर छोडी जालास् खबरदार आँसु

 

मेरो गीत तिमी नै हौ मेरो गजल पनि तिमी

मेरो ‘करुण’ तिमी अनि मेरो ‘गुलजार’ आँसु

 

काठमाण्डौ नेपाल


गजल ३९५

February 12, 2011

 

केशव आचार्य

झार्दैछिन् किन आमाले आँसु  छात्ती नै  जल्यो की ?
हुल्यो की पीडा  मनमा कस्ले  मुटु पो बल्यो की ?

बगेछ क्यारे  रगत रातो  शरीर भिजाई
आगो पो बल्यो  दन्दनी हेर दैवले छल्यो की ?

खसाए बम अन्याय गरी कोमल छातिमा
शरीर पारे बिक्षत कस्तो आँधी नी चल्यो की ?

बैरी पो भयो आफ्नो नै कोख काख नै रित्तिँदा
छोराको चिता दन्दनी जल्दा मन नै गल्यो की ?

 

कोलोराडो अमेरिका


गजल ३९४

February 5, 2011

लक्ष्मीनारायण सुवेदी

 

उनको रुप कञ्चन सङ्गलो हिमचुलीको पानी सरि

सजाइ रहन्छु सधै मत दुई आँखामा नानी सरि

 

शितल छाहारी जिन्दगीम उनको मीठो साथ पाए

लुकाई राख्छु भन्छ यो मन हृदयमा रानी सरि

 

बोलि मीठो मुस्कान मीठो हेराइमा जादु छ कि ?

अल्लारेले डाहा गर्ने मायाकी नै खानी सरि

 

मलाई दुःखे उनी रुन्छिन् नाता हाम्रो अजम्बरी

मेरो निम्ति ज्यान दिने को नै छ र सानी सरि ?

 

दागाना भूटान

हाल : आइडाहो अमेरिका


गजल ३९३

February 5, 2011

कपिल अन्जान

 

नियतीले निधारमा जल्लाद लेखिदियो

यस्तो लाग्छ उपहारमा जल्लाद लेखिदियो

 

बा आमाले के–के बनाउने सोचेका थे

किन त्यती हतारमा जल्लाद लेखिदियो

 

आकाश र धर्तीको दुरी नाप्न सक्दिन

मलाई मात्र संसारमा जल्लाद लेखिदियो

 

न जिन्दगी बदल्न सक्छु न न्याय पाउन

कसैले हिजो अखबारमा जल्लाद लेखिदियो

 

पहिचान बनाउन अब बर्षौ लाग्नेछ

जोडेर गजलकारमा जल्लाद लेखिदियो

 

कोहलपुर–२, बाँके नेपाल


गजल ३९२

February 5, 2011

ज्योतिपुञ्ज

 

सोधी हेरेँ आफैलाई, बुद्धत्व के कस्तो

भेटेँ बल्ल आफैभित्र, ब्रह्मत्व के कस्तो

 

बैरी आफैभित्र हुन्छ, कैदी हामी सबै

अन्त्य गर्ने हामी आफै, दासत्व के कस्तो

 

भ्रम मात्रै रै’छ साथी, जन्म मृत्‍यु भन्नु

अमरै छ शक्तिशाली, त्योतत्व के कस्तो

 

चेतना छ सर्बब्यापी, आत्मा केही छैन

नाप्ने यन्त्र छैन केही, घनत्व के कस्तो

 

करुणामै भयो सुरु, सृष्टी ब्रह्माण्डको

ज्योतिपुञ्जभित्र पाएँ, महत्व के कस्तो

 

नुवाकोट नेपाल


गजल ३९१

February 5, 2011

 

निर्मला अवस्ती

 

तिमीसँग मैले माया लाको हुँदै होइन

चौतारीमा प्रेमको गीत गाको हुँदै होइन

 

नभएका झुट्टा कुरा फैलाउँछौ तिमी

द्यौरालीमा  भेट्न पनि आको हुँदै होइन

 

मेलापात दाउरा धाँस सबै काम छोडी

तिमीलाई खोज्दै बेसी  धाको हुँदै होइन

 

अबदेखि जीवनभरी साथ दिन्छु भनी

तिम्रो सामु कसम मैले खाको हुँदै होइन

 

बाबा आमासँग तिमीले घरमा भेट गरी

मेरो हात माग्ने कुरा भाको हुँदै होइन

 

काठमाण्डौ नेपाल


गजल ३९०

February 5, 2011

सुरेश वाग्ले

सधैँ सुन्दर सोच्ने तिम्रो सोचाइको तारिफ गर्छु

मेरो मन मुटु जोख्ने जोखाइको तारिफ गर्छु

 

फूलभन्दा काँडा रोज्छौ काँडाभित्र जीवन खोज्छौ

विल्कुल फरक तिम्रो यस्तो रोजाइको तारिफ गर्छु

 

खुशीभित्र आँसु लेख्छौ आँसुभरि खुशी देख्छौ

अरूभन्दा निकै भिन्न भोगाइको तारिफ गर्छु

 

आँखासँग आँखा बोल्छौ अनि दिलको ढोका खोल्छौ

यस्तै गरी माया पोख्ने पोखाइको तारिफ गर्छु

 

बोस्टन अमेरिका


गजल ३८९

February 5, 2011

डिल्लीराम शर्मा आचार्य

 

जति पानी जमे पनि ताल उही हो

जति गाँठो कसे पनि जाल उही हो

 

डराउनु शत्रुसँग ठूलो सानु हुन्न

जतै बगे समुद्रको छाल उही हो

 

हृहयकी रानी छान श्रृंगारिणी हैन

जति राम्री भए पनि माल उही हो

 

महलमा बस कि ता झोपडीमा बस

जति बाछा जन्मे पनि साल उही हो

 

घडी पला पुगे पछि सबै जानु पर्छ

बाल वृद्ध सबै लाने काल उही हो

 

नर्वे


गजल ३८८

February 5, 2011

प्रवीण बानिया

 

वषौंदेखि गरिब घाउको खाटो रुँदै होला
देशभित्र भाइभाइको फाटो रुँदै होला

दाङ रोयो, सुस्ता रोयो, कालापानी रोयो
फेरि कतै यो देशको माटो रुँदै होला

हुम्ला, जुम्ला, मुगुतिर नुन छैन भन्छन्
उता मेरो गाउँघरको बाटो रुँदै होला

चुहियो कि घरको छानो, बाँझै भो कि खतबारी
घरमुनि भत्किएको आँठो रुँदै होला

हर्के, बिर्खे, रिट्ठे सबै परदेशी भए अरे
कठै ! आज गाउँको लाटो रुँदै होला

शब्दघर, ताप्लेजुङ नेपाल


गजल ३८६

January 29, 2011

मनु लोहोरुङ

 
मेरो मन रुवाएर हाँसी तिमी हिड्यौ
मुटुमाथि कुल्चिएर काँशी तिमी हिड्यौ
 
आफन्तको नाता जोडी, टिप्न टिप्यौ पात
आखिरमा सबै हाँगा, छाँसी तिमी हिड्यौ
 
प्रेमरुपी गमलामा रोपेछौ नि विष !
त्यसैले त बेर्ना आफै,माँसी तिमी हिड्यौ
 
पसिनाको मोल खोज्दै मुद्धा लड्ने वीर
आफ्नो दर्जा छाती भरि टाँसी तिमी हिड्यौ

धरान नेपाल


गजल ३८५

January 29, 2011

 

अमर 'सरोवर'

कर्कलाको पानी जस्तै, तर्किएर जाउ
फेरी किन आयौ तिमी, फर्किएर जाउ
 
देख्नु छैन एक फोका, सपनीमा पनि
मीठो बोलि नगर भो, झर्किएर जाउ
 
मुटुभरी पीडा बोकी, बाँचिदिन्छु बरु
घाऊ भरी नुनचुक, छर्किएर जाउ
 
छोडिदेउ घुम्न अब, मेरो वरिपरि
आँखाबाट टाढा-टाढा, छल्किएर जाउ
 
ओइली झर्यो सरोवर, हाँगा मात्र रहे
सुकेका ती हाँगा-हाँगा, लर्किएर जाउ

कल्याणपुर-२, नुवाकोट नेपाल


गजल ३८४

January 29, 2011

किरण टि लिम्बु

छाती भित्र धड्कनसँगै मुटु दुख्दो रैछ
मन भित्र याद बग्दा  खुनै सुक्दो रैछ
 
मिलनको  मीठो छाल मनै भरी उठदा
बिछोडको तितो काल त्यहिँ नै पुग्दो रैछ
 
हँसमुखी मुहार त्यो आँखै भरी आउँदा
उदास्  मेरो दिलको  डर त्यहिँ लुग्दो रैछ
 
तिम्रो रुपको फूलहरु दिन(दिनै फुल्दा
पापी(आँखा तिमीलाई हेर्न बाटै ढुग्दो रैछ

 
किरणको पिरतीलाई डाहा गर्नेहरु
हीनता बोधले आरिसेको शिरै झुग्दो रैछ
ग्रेश, एसेक्स युके


गजल ३८३

January 29, 2011

रामशरण श्रेष्ठ ‘राम’

नयाँ वर्षको जमघटमा, एउटा उस्सव पार्टी थियो
कसैसँग आँखा जुध्यो, उनि सथिको साथी थियो
 
पस्चिमेली फेसनामा, सजिएकी गहुँगोरी
वा क्या सुहाएको, टोपी शिर माथी थियो
 
मैले गाएँ एउटा गजल, उतै तिर फर्कि फर्कि
बयान प्रेमको सिंङ्गारेर, धेरै नाना भाँती थियो
 
सबै पिउने पिउँदै थिए, झुम्दै संगितमा लठ्ठ
हामी दुई नजिक नजिक, समय मध्य राती थियो
 
आदान प्रदान शुभकामना, भयो परिचयसँगै
नम्र मीठो बोली उनको, मन खुसिमा जाती थियो
 
फेरी भेट्ने बाचा गरी, विदा लिइन सबैबाट
मन थिएन छुट्न तर, समय चाहि घाती थियो

चिसापानी ०७, रामेछाप नेपाल
हाल काठमाण्डौ नेपाल


गजल ३८२

January 29, 2011

टंक वयलकोटी

खोइ के भो आज फेरि विरहमा झर्यो आँसु रु
याद आयो देशको अनि सिरानीमा पर्यो आँसु

देश भेष भाषा सबै पराई बने दुःख लाग्छ
मुटु पोल्यो रातबीच रुँदारुँदै टर्यो आँसु

अन्याय र अत्याचारले जब सीमा नाघ्यो देशमा
थाहै नपाइ आँखाबाट टोलाएर छर्यो आँसु

झुप्रोभित्र बाँच्ने आशा कमै मात्र हुन्छ अचेल
त्यसैले त छातीभित्र सधैंभरि सर्यो आँसु

भूटानी शरणार्थी शिविर


गजल ३८१

January 29, 2011

इटाघरे

निरंकुशता उखेलेर स्वाधिनता छर्न सकौं
अन्तिम इच्छा यही रह्यो देशकालागि मर्न सकौं

सपुतहरु तारासँगै खसे बिहान हुन्छ अरे
बिहान यदी हुन्छ भने तारासँगै झर्न सकौं

देशलाई चाहिएमा शीरै काटी चढाइ दिउँला
रगत देशले माग्छ भने बलिमा नि पर्न सकौं

आफू बाँचे के नै रह्यो यदि देश मर्छ भने ?
तातो गाली लागोस् बरु देशको संकट हर्न सकौं

जन्मिएर एक दिन त अवश्य नै मर्नु पर्छ
बेवारिसे मरण नहोस् वीरगति तर्न सकौं

क्यालिफोर्नीया अमेरिका


गजल ३८०

January 29, 2011


 

सधैभरि सपनीमा आइरहन्छौ तिमी
मुटुभित्र हरेक पल छाइरहन्छौ तिमी

कहिकतै एकान्तमा मन हराइरहदा
सहाराको आभास बोकी धाइरहन्छौ तिमी

मेरा गीत र गजलका प्रत्येक शेरलाई
संगीत रची मधुर स्वरमा गाइरहन्छौ तिमी

हराउँछु कति कुरा अँधेरी त्यो रातमा
गुमाएका सारा कुरा पाइरन्छौ तिमी

म विद्ययार्थी प्रेम रसको तिमी चै गुरू
नजानेका सारा भाका पढाइरन्छौ तिमी

दक्षिणदेकोटा अमेरिका


गजल ३७९

January 22, 2011

यात्री शेखर

हिजोआज गजलहरु, फुर्छन् उसैगरि

साइतहरु कस्तो राम्रो जुर्छन् उसैगरि

 

सबैलाई जगाउनुछ, उठाउनुछ सोझासिधा

निदाएका मस्तसँग, घुर्छन् उसैगरि

 

एउटा यात्रा थाल्नु पर्ने भएकोछ सबै मिलि

लाक्षिहरु आफ्नै विचार पुर्छन उसैगरि

 

नसोचेकै संयोग पनि हुँदो रैछ जीवनमा

गीत गजल मेरै बाटो कुर्छन उसैगरि

 

सुन्शरी नेपाल


गजल ३७८

January 22, 2011

अशोक राई

यो शहरमा तिमीलाई खोजें

हर प्रहरमा तिमीलाई खोजें

 

मैले आफैंलाई हराएको बेला

त्यो कहरमा तिमीलाई खोजें

 

तीतो पिएर अभिशापको प्याला

मौन जहरमा तिमीलाई खोजें

 

नदीमा बगेर गए सपना धेरै

तर लहरमा तिमीलाई खोजें

 

जिजीविषा भत्किएर बाँच्दा

मैले खण्डहरमा तिमीलाई खोजें

 

हङकङ


गजल ३७७

January 22, 2011

उमा सुवेदी

 

ढल्न लाग्या भरियालार्इ अझै भारी कोचिँदैछ

भिरैभिरको   ठाडो बाटो उसैलार्इ तोकिँदैछ

 

मलिलोथ्यो खेतबारी रूखिएछ  खडेरीले

खोजीखोजी अझ त्यहाँ काँसहरू रोपिँदैछ 

 

भरिएको गाग्रीलार्इ कस्ले सक्यो उठाउन ?

आधा बोकी हिँड्न खोज्दा छछल्केर पोखिँदैछ

 

ढुकढुकी त बाँकी थियो उपचार   हुनसके

डाक्टर बन्न बल्लबल्ल कखगघ घोकिँदैछ

 

दुर्इ किनाराबिच बगे खोलाले’नि सागर छुन्छ

बग्नुपर्ने ठाउँ छोडी खोलो अन्तै    ठोकिँदैछ

 

काठमाण्डौ नेपाल

हाल इज्रायल


गजल ३७६

January 22, 2011

ज्ञानु विद्रोही

 

रातमा जून बिहान त्यो शितले ’नि पोल्छ मलाई

हुँदा हुँदा जिन्दगीको गीतले ’नि पोल्छ मलाई

 

सधै भरि हारेको छु हार्नै मीठो लाग्छ अचेल

कैले काही भेट हुँदा जितले ’नि पोल्छ मलाई

 

यस्तो लाग्छ सबको निम्ति जहर भो यो जिन्दगी

त्यसैले त तिम्ले गर्ने हितले ’नि पोल्छ मलाई

 

जीउन सिकाउने तिमी पीउन सिकाएर गयौ

प्याला सामु तिम्रो चोखो प्रीतले ’नि पोल्छ मलाई

 

झापा नेपाल

हाल काठमाण्डौ नेपाल


गजल ३७५

January 22, 2011

सुवास खनाल

 

जिन्दगीका पाटाहरू यहीँबाट हराउँछन् कि ?

हिँडिएका बाटाहरू यहीँबाट हराउँछन् कि ?

 

पसिना र इमानको मूल्य हराइसकेपछि

रगतका टाटाहरू यहीँबाट हराउँछन् कि ?

 

घाटामाथि घाटा हुँदै चलिरह्यो जीवन यो

सोच्नु बेकार घाटाहरू यहीँबाट हराउँछन् कि ?

 

बाठाहरू तीनपटक लडेपनि उठेकै छन्

निमुखा र लाटाहरू यहीँबाट हराउँछन् कि ?

 

आशा आशा फेरि आशा, आशामात्र गरिरह्यौँ

घाउ अनि खाटाहरू यहीँबाट हराउँछन् कि ?

 

छतिवन ८ पावस, मकवानपुर

हाल भरतपुर चितवन


गजल ३७४

January 22, 2011

तिलारुपा आचार्य

 

मानस सुन्कोस सुकेको कुरा गरौं

पूर्णीमा रात चाँदनी लुकेको कुरा गरौं

 

दक्षिण भेकका नेपाली जन्तामाथि

इज्जतसँगै फरिया फुकेको कुरा गरौं

 

अत्याचारको आगोमा पिसोल्टिदा

शान्तिसँगै घर चुकेको कुरा गरौं

 

कुलागाँग्री जुमोलारी नाङ्गिदा

देशको गौरव झुकेको कुरा गरौं

 

शहीदहरु आलैछन सुन्कोशमा

बाँच्नेहरु हो ! बगर ढुकेको कुरा गरौं

 

अत्याचारको भारी लादेर हामीमाथि

आफैं शुद्ध छ ङालुङ भुकेको कुरा गरौं

 

चिराङ भूटान

हाल क्लिपल्याण्ड, ओहाइयो अमेरिका


गजल ३७३

January 22, 2011
गोविन्द लुइटेल

धेरै माया गर्नु पनि आखिरमा भुल रहेछ                         
रुप देखार्इ काँडा घस्ने सुन्दर फूल रहेछ

नियतिले मर्जी बिना दुर्भाग्य  निम्त्यए पछि
आउँदा जादा हिँडिने यो जीवन पुल रहेछ

दिल जलार्इ रात(दिन बैगुनिले छाडी हिड्दा
आँखा पनि बर्खामाझै आँसुको मुल रहेछ

यस्तो गर्छु,उस्तो गर्छु,बेकारको कल्पना हो
मनको लड्डु खानु  फेरि दर्दनाक शुल रहेछ

लरेन्स, कन्सस आमेरिका


वर्षगाँठ

January 15, 2011

नेपाली गजल वर्डप्रेस डटकमले आजबाट ३७२ गजलहरु प्रकाशन गर्दै प्रथम वर्षलाई विदा गरेको छ । वर्षभरि यो साइटलाई पढेर सुझाव सल्लाह र माया प्रदान गर्नु हुने तपाईं सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । संग्रह र समावेशीकरणका हिसावले हेर्ने हो भने आज यो साइट नेपाली गजलका क्षेत्रमा सबै भन्दा ज्यादा संग्रहणीय बनेर उभिन सकेको छ । वास्तवमा यो जम्मै यहाँहरुकै पाठकीयता, मार्गदर्शन, सहायता र मायाले गर्दामात्र सम्भव भएको छ । यो साइटमा आफ्ना बहुमूल्य गजलहरु प्रकाशनार्थ सम्प्रेषण गरी प्रकाशनमा आउनु भएका सम्पूर्ण गजलकारहरुलाई पनि मुरीमुरी धन्यवाद छ । आगामी दिनहरुमा पनि यहाँहरुका गजलहरु प्रप्त हुन्छन भन्ने विश्वास छ । यो सदासहयता अगाडि बडिरहोस भन्ने हाम्रो कामना र प्रण व्यक्त गर्न पनि चाहन्छौं ।

नेपाली गजल अब नेपाली साहित्यको एउटा मौलिक विधाको रुपमा विश्वभरि नै झाँगिइसकेको कुरा हामी सबैलाई थाहा नै छ । अबको जिमेदारी भनेको नेपाली गजललाई विश्वस्तरको गुणस्तर प्रदान गर्नु हो । नेपालदेखि विश्वभरि लेखिने नेपाली गजललाई अब समान महत्वमा लिएर जानु अहिलको प्रमुख दायित्व बनेको जसरी हामीले महशुस गरेका छौं त्यसरी नै गजलको विश्वव्यापि माहौल निर्माण गर्न निक्कै कठिन भए पनि हामीले कम्मर कस्नुको कुनै विकल्प छैन ।

नेपाली गजलले समालोचनाको बाँजो फाँटमा अब कल्टी लगाइसकेको छ । इतिहासमा नविनदस्ताहरु आइसकेका छन । वर्तमानमा बनमाराझैं फैलिरहेको नेपाली गजलले विश्व साहित्यमा शालिन र प्रभावकारी उपस्थिति जनाउने दिन अब टाडा छैन भन्ने सावुत प्रमाण आजको नेपाली गजलको विश्वस्तरको माहौल आफैं हो । नेपाली गजल जति व्यपिकृत बनेर जाँदैछ त्यति नै परिस्कार पनि हुँदैछ । बहरमा साधना गर्ने हिम्मतहरुको उपस्थितिले नेपाली गजलको सधनालाई विछट्टै किसिमको गहनता प्रदान गरेको छ । संगीत तर्फ पनि नेपाली गजल अत्यान्तै प्रभावशाली बनेर आइरहेको कुरा सुन्दा हाम्रो छाती कति प्रफुल्ल छ हैन ? फेवातालमा साइली डुङ्गा सलल भनेर शिव परियारले गाउँदा हामी सबै आफ्ना प्रियतमको हात समाएर फेवाताल घुमिरहेका हुन्छौं मनमनै ।

यस्तो महत्वपूर्ण कार्यमा आफ्नो सहभागिता जनाउन पाउनु हामी सबैको भाग्यको कुरा हो । त्यही भाग्यप्रतिको हाम्रो सगर्व खुसी व्यक्त गर्न चाहन्छौं आज हामी आपसमा भन्ने हाम्रो मनसायलाई सहायता प्रदान गर्नुहुने सम्पूर्ण शुभचिन्तक र मार्गदर्शकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं । तपाईंहरुको माया, सहभागिता र सहयोग नभएको खण्डमा नेपाली गजलको कल्टी खुस्किने त्रास हाम्रो यात्रामा छदैछ । त्यस कारण पनि हामीलाई समय समयमा गाली र ताली बराबर दिदैरहनु होला । यहाँहरुको साहित्यिक यात्रा गजलमय बनोस् हार्दिक शुभच्छा !!

संपादक मण्डल

www.nepaligazal.wordpress.com


गजल ३७२

January 15, 2011

डम्बर समदर्शी काफ्ले

 

अर्थहीन भो जिन्दगी जिउँदै नै मरेको छु

ओइलाएको फूलसरि हाँगाबाट झरेको छु

 

संझनालाई साथ लगाई यात्रा गर्न हिँड्दा

उनकै यादहरु भुल्न भट्टी पसी चरेको छु

 

बाचा गर्दाखेरि त तिम्रो कसम खान्छु भन्थ्यौ

निष्ठुरीलाई माया लगाई गर्नु गल्ति गरेको छु

 

थाहा पाएँ केटीहरु चिन्नलाई नि गाह्रो रैछ

चिन्नु अघि माया गर्नु हुन्न बाचा धरेको छु

 

गेलेफु भूटान

हाल एट्लाण्टा, जर्जीया अमेरिका


गजल ३७१

January 15, 2011

गोविन्द फुयाल

 

पूर्व जाने रहर टरेर गयो
देश फिर्ने इच्छा मरेर गयो

 

व्यथा छ मनमा अनि आँखामा 
टिलपिल यो आसुँ झरेर गयो
                                             

सधैं हतारमा समय अभावमा

अठोट हिजोको सरेर गयो

 

 एउटै परिवार अनेक दिसामा 
 छरपस्ट पारी छरेर गयो

शरीर छोडेर मनमात्र उड्दै
सातौ समुन्द्र तरेर गयो

 

शिकागो अमेरिका


गजल ३७०

January 15, 2011

 

तुलसी पौडेल - प्रकृतिप्रेमी

 

झुटो आश्वासन दिएर फकायो तिम्रो शहरले

प्रकृतिप्रेमी

 बिना काममा दौडाएर थकायो तिम्रो शहरले

 
बासी खानासँग सँगै धुलो धुवाँ पनि खुवाएर
जवानी  मै  केश  मेरो पकायो तिम्रो  शहरले

 

गाँठ पाए पछी साधु को हो  चोर को चिन्दैन

चोरलाई  साधु  बनाएर  बकायो  तिम्रो  शहरले

 

खाने पानीमा बार लाउँछ, बिना बिजुली तार लाउँछ

नराम्रोसँग  छक्काउनु छकायो   तिम्रो   शहरले

 

गाँउको ताजा खाना स्वच्छ हावा लिंदै सप्रिएको

हट्टाकट्टा जिऊ मेरो सकायो तिम्रो शहरले 
इजरायल 


गजल ३६९

January 15, 2011

 

पूजा गोवर्धन

नगर अब प्रेमका कुरा, घाइते छ यो छाती
लागेर तिम्रो सिन्दूरको छुरा घाइते छ यो छाती

समाई हात कसैको साथ तिमी त गइहाल्यौ
भाँचेर मेरो मनको धुरा घाइते छ यो छाती

मायाको माला पाहिराउँला भन्थें त्यो तिम्रो गलामा
देखेर हातमा कसैको चुरा घाइते छ यो छाती

न लाग्छ निन्द्रा न लाग्छ भोक भा‘कोछ अचम्मै
खाएर आज कसैको पुरा घाइते छ यो छाती

रुँदिन कहिल्यै भन्थ्यो यो “पूजा” तिमीले रुवायौ
पिएर आफ्नै आँसुको सुरा घाइते छ यो छाती

बोस्टन अमेरिका


गजल ३६८

January 15, 2011

रहन राई

 

किन खुसी हुन्थें र म, तिम्लाई दु:ख परेको छ

आँखाबाट आँसु तिम्रो, साउन बनी झरेको छ

 

एकै रैछ मुटु हाम्रो, अन्जानैमा पीडा साट्ने

वेदनामा तिमी रुँदा, यही मन  रुने गरेको छ

 

यो निर्दयी शहरमा, उदास लाग्छ एक्लो हुँदा

धेरै भयो टाढा रह्यौं, यो ज्यान यसै मरेको छ

 

अचानक तिमीलाई, असिना र हिउँले चुट्दा

मायालु ती आँखाभरी, नुनिलो ताल भरेको छ

 

बिना तिमी मेरो त खै, दिन भयो न रात आफ्नो

यसै बित्यो लाग्न थाल्यो, मिलनघडी टरेको छ

 

भोजपुर नेपाल


गजल ३६७

January 15, 2011

 

लोकेन्द्र बञ्जरा

कोही मान्छे देशलाई खुसी दिन जन्मन्छन्

कोही मान्छे सबको खुसी लिन जन्मन्छन्

 

जन्मीएका हुन्छन् कोही जून जस्तो बन्न

कोही भने वादलभित्रै  समेटिन जन्मन्छन्

 

कोही मान्छे जिन्दगीको नदी किनार हुँदै

आँखाबाट भुईं भरि पोखिन जन्मन्छन्

 

हे भगवान ! तिमीसँग मेरो एउटा सोधाइ छ

आखिरमा मान्छे मार्ने मान्छे किन जन्मन्छन् ?

 दमक झापा नेपाल

हाल : साउदी अरब


गजल ३६६

January 15, 2011

भुपेन्द्र तिम्सिना

 

वर्षौं वित्यो डेरा सर्दै बासको ठेगान छैन
बिना तलब जागिर दिन्छन गाँसको ठेगान छैन

अभावको पहाड उठी थिचिरन्छ सधैं
कति तल पुगिएला भासको ठेगान छैन ?

कलमले सुन्दर संसार लेखिरहँदा पनि
तरबारकै राज चल्छ सासको ठेगान छैन

आफ्नै छाँया समेत वैरी बन्न थालेपछि
मारिएको खबर आयो लासको ठेगान छैन

दमक झापा नेपाल


गजल ३६५

January 15, 2011

मनु लोहोरुङ

 

तिम्रो कोलाहल शहर लिएर जाँदैछु

राख्नु ! मनभरि बहर दिएर जाँदैछु

 

परेलीमा लुकाई मेरो, मुहार तिम्रो त्यो

म त आँखाभरि नहर पिएर जाँदैछु

 

तिम्रो चोट-पीडा लुकाई मेरो ढुक्ढुकीमा

आज छातीभित्र कहर सिएर जाँदैछु

 

मरेका ती मेरा सपना ब्युँझाउन अब  

आत्मसाथ चारै प्रहर जिएर जाँदैछु

 

धरान नेपाल


गजल ३६४

January 8, 2011

पुरानाघरे

 

उनी भन्छन् सबै कुरा ज्ञानमा भय हुन्छ

भन्दाभन्दै भन्न थाले चिहानमा भय हुन्छ

 

जीवनभरि दुःख होला मरेपछि कीर्ति मर्ला

धर्म जपी कर्म गर्दा त दानमा भय हुन्छ

 

विचार अनेक लिई सिद्धान्तहरु जुद्धा झन

ऊ ठूलो कि म भलो हानाहानमा भय हुन्छ

 

एउटा उठ्छ अलिकमाथि अर्कोले मान्दैन

त्यस पछि चाँहि ताना तानमा भय हुन्छ

 

सबै कुरा फरक हुन्छन भय सुनियो भने

सत्य बुझ्नु भो सुन्ने कानमा भय हुन्छ

 

चिराङ भूटान


गजल ३६३

January 8, 2011

प्रकाश आङदेम्बे

 

एउटा अनौठो कहानी भो

पत्थरको पग्लिने बानी भो

 

माथिल्लो ओठ उचाली हाँस्यौ

बलेको आगो नि पानी भो

 

छाड्न लागेको गाउँमा आयौ

त्यसपछि त्यही गाउँ राजधानी भो

 

र्इश्वरभन्दा कन्जुस थियो ऊ

हेर कस्तरी दानी भो

 

कसले सम्हाल्छ अब उसलाई ?

नब्बेको वृद्ध जवानी भो

 

पाइलै पिच्छे ठोक्किइ उर्वशी

यो विश्वमित्र वदनामी भो

 

दमक झापा नेपाल


गजल ३६२

January 8, 2011

बासुदेव ओस्ती

 

पैलो पल्ट देख्दाखेरि तिमीभित्र हरायो मन

कस्ती हौली तिमी भन्दै आत्तिएर डरायो मन

 

दिन रात  सधै  तिम्रै  याद मात्र आइरह्यो

सपनिमा तिमी सम्झी चिच्याएर करायो मन

 

संसारमा धेरै देखेँ तिमीमा नै अड्यो यो दिल

दैव पनि सच्चा रैछन तिमीतिर सरायो मन

 

एकै तालमा मेरो मनको माया सर्यो तिमीतिर

कती छिटो दौड्दो रैछ भयो मेरो खरायो मन

 

न्यु ब्रन्स्वीक क्यनाडा


गजल ३६१

January 8, 2011

स्याम रोका

लगातार युद्धमा हाम फालेर बाँचेकॊ थेँ

नेपालीले नेपालीलाई ढालेर बाँचेकॊ थेँ

 

लडाकुकॊ जागीर तर शासन तानासाही

बन्दुककॊ सिरानी सधैँ हालेर बाँचेकॊ थेँ

 

एकदिन रूकुम अर्कॊ रातमा दॊलखा पुगेँ

सुरक्षित् रहन चुट्टी चालेर बाँचेकॊ थेँ

 

हुम्लाजुम्ला कुरेर बसेँ एम्बुस थापेर नि

कठ्याङ्ग्रीदा गार्इकॊ गॊठ बालेर बाँचेकॊ थेँ

 

म त सधैँ युद्दमै हिडेँ दुधकॊ भारा तिर्न

विदा मिले फर्कने इच्छा पालेर बाँचेकॊ थेँ

 

विजय श्री पाँउछु भनी नेताकै गुलामीमा

आफैंलार्इ पिंजडा भित्र गालेर बाँचेकॊ थेँ

 

 

देश रूदाँ श्याम रून्थ्यॊ जनता त्राहीत्राही

छियाछिया भएकॊ मन टालेर बाँचेकॊ थेँ

 

इजरायल


गजल ३६०

January 8, 2011

बिधा : गजल

गजलकार द्वयको सयुक्त

प्रवासका दुई फूल

दिनेश आचार्य ‘मन्डू’

माइनस प्लस सङग्रौला

प्रकाशक : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूएई च्याप्टर

आवरण : रमेश पौडेल

 

दिनेश आचार्य ‘मन्डू’

हर्के काका विरे दाइ अचेल के गर्दै होलान् ?

साइली माइली पधेरामा पानी भर्दै होलान् ?

 

उस्तै होला मेरो घर उस्तै होला बनपाखा

भारि बोकी भरिया दाइ मधेसतिर झर्दै होलान्

 

गाउँबेसीका साथीभाइ परदेशमा सम्झन्छु म

धान थन्काई गहुँ मकै खेतमा बा छर्दै होलान्

 

गरिबीको पर्खाल तोड्न मुग्लान आए म त

घरबारी गार्इ भैंसी साहुकोमा पर्दै होलान्

 

  लखनपुर  झापा नेपाल

  हाल : अबुदाबी

 

माइनस प्लस सङग्रौला

 

हे भगवान शक्ति देउ यात्रा मेरो कालो नहोस्

फूल चडार्इ शरण पर्छु षड्यन्त्रको जालो नहोस्

 

बुद्धि अनि ज्ञान देउ बुढा अनि बालकलाई

जनताको तक्दिरमाथि फँसाउने रालो नहोस्

 

अपाङ्ग भए हात पाउ दिमाग सबै भ्रष्ट भयो

नयाँ नेपाल युवाको हो देशद्रोहीको पालो नहोस्

 

अल्मलिने छैन युवा एक हुन्छन् अघि सर्न

आशीर्वाद सबको यिनलाई नराम्रो गालो नहोस्

 

  झापा नेपाल

  हाल : अबुदाबी


गजल ३५९

January 8, 2011

ज्योतिपुञ्ज सुरेश

 

आँसु भित्रै बगाएर सुकाउनु पर्ने

दुःख कति हुँदो रैछ लुकाउनु पर्ने

 

हुन त यो मन साथी कस्ले देख्या छ र ?

तर पनि किन होला दुःखाउनु पर्ने ?

 

कथा आफ्नो लेख्दै जाँदा भेद कति धेरै 

डर किन लाग्छ सधैं  फुकाउनु पर्ने ?

 

देउता आफैंभित्र छ कि दैत्य आफैंभित्र

कस्को सामु शीर अब झुकाउनु पर्ने ?

 

 उज्यालो यो एक्लो छैन ताप पनि सँगै

 ज्योतिपुञ्ज हुँदा मूल्य चुकाउनु पर्ने

 

नुवाकोट नेपाल

हाल पुदुचेरी भारत    


गजल ३५८

January 8, 2011

आचार्य प्रभा

 

कुन भाग्यले आज मैले पुनर्जन्म पाएँ

ईश्वरको कृपाले नै फेरि फर्की आएँ

 

सिर्जनामा रमाउने चाहना हो मेरो

त्यसैले नै फेरि आज गजल गीत गाएँ

 

शुभेक्षुक र सद्भावको कामनाले होला

सिर्जनाको छाँया बनी फेरि पनि छाएँ

 

मृत्युलाई जितेर नै आज सफल बनी

अब मर्ने छैन भनी कसम पनि खाएँ

 

शरीर यो उठ्न खोज्दा पनि मैले त्यो पल

मनलाई पंक्षि मानी यो धर्तीमा  धाएँ

 

कोलोराडो अमेरिका


गजल ३५७

January 1, 2011

बिष्णुनन्द चाम्लिङ्ग

 

 

पाखुरी सीपमा हलहली जिन्दगी

आतुरी मातमा तलतली जिन्दगी

 

बातमा प्यासले खोज्दथें पोखरी

सम्झियो माथले कलकली जिन्दगी

 

माधुरी मातमा एकलै रातमा

बेसरी सम्झिएँ झलझली जिन्दगी

 

कस्तरी काममा जुट्दथेँ के गरी ?

बग्दथे पस्सिना भलभली जिन्दगी

 

हर्षले जिन्दगी हाँस्दथेँ नाच्दथेँ

तनभरी मच्चियो खलखली जिन्दगी

 

ढल्किदो जिन्दगी फर्कने छैन रे

खोज्दथेँ आशमा अलमली जिन्दगी

 

 

स्रग्विणी छन्द :- बहरे मुतदारिक मुसम्मन सालिम

गण शुत्र :- SIS – फाउलुन – ४ अक्षर १२

 

 इन्द्रेणिपोखरि ३ खोटाङ्ग
हाल – हङ्गकङ्ग
८५२-६३४०७०१४

 www.bnchamling.blogspot.com/ बाट संकलित


गजल ३५६

January 1, 2011

टेकेन्द्र अधिकारी

 

तिम्रो-मेरो हितै त्यस्तो हो की

पिरतीको रीतै त्यस्तो हो की

 

जति खायो खाऊँ-खाऊँ लाग्ने

प्रणयको धीतै त्यस्तो हो की

 

धून बजेपछि गला नै रोकिने

मायालुको गीतै त्यस्तो हो की

 

ढुङ्गा खोज्यो देउतै भेटिने

प्रेयसीको प्रीतै त्यस्तो हो की

 

पाएपछि सबै कुरा बिर्सिने

प्रेमरूपी मीतै त्यस्तो हो की

 

औँलो दिँदा नि डुँडुलै रित्तिने

जीवनको तीतै त्यस्तो हो की

 

विराटनगर नेपाल


गजल ३५५

January 1, 2011

प्रेम पोखरेल

दर्जनौ पटक एउटै मन्त्री छानाछानले  बिग्रियो देश

कठै ! यी नेताको कुर्सी तानातानले बिग्रियो देश

                                                                                

सोझा जनता मुर्ख नेता भएको यो हाम्रो देशमा

ल्यप्चे लाउने नेताको जानाजानले बिग्रियो देश

 

आफ्नै नाम लेख्न पनि हार गुहार गर्नु पर्ने

तर पनि आफै ठूलो, ठानाठानले बिग्रियो देश 

 

सात पुस्तालाई पुग्ने गरी धन्सम्पती कुम्ल्यएर

आफन्तलाई नोटका बिटा, हानाहानले बिग्रियो देश

 

जनताको पसिनाको चिल्लो कारमा चड्दा पनि

जनताहरुको  निसंकोच मानामानले बिग्रियो देश 

 गुल्मी नेपाल

हाल बुटवल नेपाल


गजल ३५४

January 1, 2011

 

शुवास श्रेष्ठ

पूर्णीमाको रात  अघि  आधी जून  कहाँ जान्छ  जान्छ

बैगुनीलाई आफ्नो सम्झी लाको गुन कहाँ जान्छ जान्छ

 

मर  मसला  मासूसँग स्वादको  सब्जी  बनाउ भन्छु

खोर्सानीले पोल्नु पोल्दा भाको नून कहाँ जान्छ जान्छ

 

बिस्तारै मान्छे  फेरिनु पर्ने दिनदिनै रोगी हुन थाल्यो

सागसब्जीको बोटै खाएर आको खून कहाँ जान्छ जान्छ

 

ढिकुटी छ  भरि भराउ  केही  छैन  भन्छिन्  बजै

घरबारको सम्झौतामा पाको सून कहाँ जान्छ जान्छ

 

बजाएर मात्रै  के  हुन्छ  र  गाउनेले सुर बिगारेपछि ?

जति बजाउ मिल्ने होइन लाको धून कहाँ जान्छ जान्छ

 

उत्तरवंगाल विश्वविद्यालय

वंगाल भारत


गजल ३५३

January 1, 2011

अमर 'सरोवर'

कर्कलाको पानी जस्तै, तर्किएर जाउ

फेरी किन आयौ तिमी, फर्किएर जाउ

 

देख्नु छैन एक फोका, सपनीमा पनि

मिठो बोली नगर भो, झर्किएर जाउ

 

मुटुभरी पीडा बोकी, बाँचिदिन्छु बरु

घाऊ भरी नुनचुक, छर्किएर जाउ

 

छोडिदेउ घुम्न अब, मेरो वरिपरि

आँखाबाट टाढा-टाढा, छल्किएर जाउ

 

ओइली झर्यो सरोवर, हाँगा मात्र रहे

सुकेका ती हाँगा-हाँगा, लर्किएर जाउ
कल्याणपुर-२, नुवाकोट नेपाल
tmg_immortal@hotmail.com


गजल ३५२

January 1, 2011

पुरुषोत्तम ढुंगेल

 

बिर्सिएको कहानी याद याद आयो र पिएँ                

फेरी त्यो पिउने बानी याद आयो र पिएँ

 

चिनाजानी थिएन तर ओत एउटै थियो

त्यो रातको हावापानी याद आयो र पिएँ

 

तिर्खा छोडी झरिगयो केवल एउटै श्पर्षमा

त्यो फूलको जवानी याद आयो र पिएँ

 

सरोकार छैन मलाई अरु किन पिउने गर्छन

मलाई मेरो जिन्दगानी याद आयो र पिएँ

 

हिजो राती सपनीमै मरेछु म जलेँछु म

त्यो मसानको खरानी याद आयो र पिएँ

 

नसोध मलाई कस्ता थिए अतितका दिनहरु

त्यो एउटै सिरानी याद आयो र पिएँ

 

छोड्छु अब पिउन भनें अब पिउन छोड्छु भनें

नपिउँदाको हैरानी याद आयो र पिएँ

 

काठमाडौँ नेपाल


गजल ३५१

January 1, 2011

नवराज पोखरेल “पाखेली”

 

अशान्ति छ जताततै बुद्ध शान्ती छर्न आऊ

दुःखेको यो नेपाललाई मलम पट्टी गर्न आऊ

 

किन होला आफ्नै बिच आफ्नोपन छैन यहाँ ?

आफ्नै बिच रहेको यो बैरी भाव हर्न आऊ

 

अझै पनि काटमार ह्त्या हिंशा उस्तै नै छ

विबेकहीन मानवको सतबुद्दी भर्न आऊ

 

आजभोलि तिमीलाई भारत लान्छु भन्छन्

हुन्न त्यस्तो बुद्ध हाम्रो भागमा पर्न आऊ

 

तिम्रै नामले चिनीएका छौ नेपाली हौ भनी

मेचीदेखि महाकाली संगैसंगै तर्न आऊ

 

हरैंचा मोरङ नेपाल

हाल कलंकी काठमाण्डौ नेपाल


गजल ३५०

December 25, 2010

राजेश खतिवडा

 

तिम्रो कुरा काट्नेलाई आखा तर्छु अझैपनि

किनहोला तिमीलाई माया गर्छु अझैपनि ?

 

तिम्रो हुन नसके नि तिमी छौ मुटुभरि

तिम्रो घर तिर हेर्दै बजार झर्छु अझैपनि

 

कोही भन्छन् धन ठूलो कोही भन्छन् माया

माया ठूलो भन्नलाई दोधार पर्छु अझैपनि

 

यो दुःखीलाई छाडिगयौ सुखीसँग तरपनि

भन मात्र तिम्रो लागि म त मर्छु अझैपनि

बेलटार, उदयपूर नेपाल

rajesh_gajal@mig33.com


गजल ३४९

December 25, 2010

सुवाश श्रेष्ठ

 

सधै भरि सोचिरहन्छु जब हुन्छु एक्लै राती

मान्छे सबै उस्तै लाग्छ तर किन अनेक जाती

 

 

जन्मिएका माटो एउटै यात्रा गर्ने बाटो पनि

तर पनि नाम राख्छन् अनेकका यी नानाभाती

 

 

रुप जस्तो भए पनि सबको रगत रातो नै हो

तर कोही सच्चा मित्र कोही किन विश्वासघाती

 

 

नहुनेलाई साथ दिई सँगै बाँच्नु पर्छ भन्दा

हुँदा मात्रै मान्छेहरु पछिपछि लाग्छन् ताती

 

 

कस्लाई सोध्नु अब मैले सोच्न पनि सकिएन

सोच्दा सोच्दै कहिलेकाही चर्किएर दुःख्छ छाती

 

गोरखा नेपाल


गजल ३४८

December 25, 2010

सञ्जय तिमिल्सेना “प्रकृति”

 

मेची–काली सबै तिर पानी उस्तै–उस्तै

जेठी, माईली, साईली सबको बानी उस्तै–उस्तै

 

जेठी थिई साह्रै काली, माईली गहुँ गोरी

कालो, गोरो रंग मात्रै जवानी उस्तै–उस्तै

 

उदस मन’लि कल्पना मै तड्पिएर बाँचेको छु

तिम्रो, मेरो शीर्षक फरक कहानी उस्तै–उस्तै

 

मीठो मिलन हिजो थियो, प्रेमालापमा बाँचेको थें

अर्धमृत जीवन तर, बिहानी उस्तै–उस्तै

 

 

नेपालगन्ज नेपाल

sanjay_nature2007@yahoo.com


गजल ३४७

December 25, 2010

सुनिल सङ्गम

 

एक्कासी माया मार्यौ काली

मर्नु न बाँच्नु पार्यौ काली

 

वाहाना   सबै   बुझ्दै छु म

व्यर्थैमा आँसु झार्यौ  काली

 

मायाको बस्ती उजाड भो  

कस्को दिलमा सार्यौ काली

 

लुकाई सत्य  ढाँट्यौ जति

सकिनौ  जित्न हार्यौ काली

 

सङ्गम होला कसरी खै ?

आउँने बाटै बार्यौ काली

इज्रायल


गजल ३४६

December 25, 2010

अञ्जु अञ्जली

 

आँखा तरे तरे जस्तो

माया गरे गरे जस्तो

 

नजानिदो तरिकाले

मनमा सरे सरे जस्तो

 

एउटा मीठो सम्झनामा

आँसु झरे झरे जस्तो

 

जब नजिक आएँ तिम्रो

लाग्यो डरे डरे जस्तो

 

बिना बन्धन प्रीतको

जालमा परे परे जस्तो

 

योर्क युके


गजल ३४५

December 25, 2010

स्वप्निल प्रमेश

 

बल्झ्यो फेरि मुटुभित्र संगालेको कथा 

संसार छाडी तिमीलाई अंगालेको कथा

 

नसुनेझैँ  गर्‍यौ  र त  भनिरहुँ  लाग्यो

बिर्स्यौ क्यारे प्रेमवस्ती बसालेको कथा

 

सुखै मात्र हुनेभए कस्ले भन्थ्यो यहाँ

फाटेको त्यो मुटु अनी नटालेको कथा

 

सुन्ने साहस गर अनि सुनाउँला साथी

सजल नयन अश्रुधारा खसालेको कथा

 

मत सधैं नौनी थिएँ भन्यौ  एकोहोरो

भुल्या छैन मैले पत्थर पगालेको कथा  

 

 सिड्नी अस्ट्रेलिया


गजल ३४४

December 25, 2010

स्वप्निल स्मृति

 

जताततै उर्लेको छ बाढी गजलको
हिलामै अड्केको छ गाडी गजलको

रदिफ र काफियाको धुलो काडेछौ
सम्मानमा ओढाइदिऊँ कि साडी गजलको

पट्टि बाँधी आँखामा खेल खेल्दैछन्
‘होइहोइ’ को फुटाउँछ हाँडी गजलको

घाम, राम…मिलाउँदैमा गजल हुन्न है
के हो गजल ? छामिहेर नाडी गजलको

छोरी-ज्वाइँ, सासु जेठान् सबै गजलकार
सम्धिनीलाई ओछ्र्यादिऊँ कि राडी गजलको

 

काठमाण्डौ नेपाल


गजल ३४३

December 18, 2010

गणेश भेटुवाल

 

ढाकरमा तोक्मा लगाई, सुसेलीले   भुलाएको
आजै जस्तो लाग्छ सिउँदो, सिन्दुरले खुलाएको

बैसाखको खडेरीमा, रानी बनमा गाई चराउँदा
बिर्सिएको छैन मैले, आफ्नै काखमा सुलाएको

समयको गति सँगै,  फेरिएकै  हौ  कि  कतै
भुल्यौ जस्तो लाग्नथाल्यो,  प्रीतको फूल फुलाएको

निष्ठुरीको मनमा फेरी, संका बढ्यो भन्छौ होला
तिम्लाई के थाहा पाथि सरि, मनमा माया चुलाएको

आज भोलि विरहमा, भाका फेर्छे न्याउली चरी
एक्लै कल्पी बस्दा पनि,  छैन  यो मन डुलाएको

तेह्रथुम नेपाल


गजल ३४२

December 18, 2010

मनु लोहोरुङ

 

मेरो मन रुवाएर हाँसी तिमी हिड्यौ

मुटु माथि कुल्चिएर काँशी तिमी हिड्यौ

 

आफन्तको नाता जोडी, टिप्न टिप्यौ पात 

आखिरमा सबै हाँगा, छाँसी तिमी हिड्यौ

 

प्रेमरुपी गमलामा रोपेछौ नि विष ! 

त्यसैले त बेर्ना आफै,माँसी तिमी हिड्यौ

 

पसिनाको मोल खोज्दै मुद्धा लड्ने वीर

आफ्नो दर्जा छाती भरि टाँसी तिमी हिड्यौ

 

याफा इज्रायल

manuketra@yahoo.com


गजल ३४१

December 18, 2010

निलबहादुर खड्का

भाग्न खोज्छु तर्किएर, तान्छु भन्ने भेटेँ
चोखो प्रेमको बन्धनले, बान्छु भन्ने भेटेँ
 
नपाउने हुँदै होइन, मान्छे कति कति
तिमीलाई दिलको राजा छान्छु भन्ने भेटेँ
 
बन्धन छन् समाजका, बढ्न खोज्छु एक्लै
पछ्याएर सधैं सँगै, जान्छु भन्ने भेटेँ
 
बगाउँछिन् अश्रुधारा, आफ्ना कुरा भन्दै
तिमीलाई सधैं आफ्नो, ठान्छु भन्ने भेटेँ
 
भोगेको त छैन होला, गरीवीको पीडा
जसोतसो घर परिवार, धान्छु भन्ने भेटेँ
 
चाहिन्न रे मीठोचोखो, नानाथरी खाना
गुन्द्रुकसँग ढिँडो पनि, खान्छु भन्ने भेटेँ
 
बुबाआमा नाता गोता, छरछिमेक सबै
गर्नुपर्ने केके हुन्छन्, मान्छु भन्ने भेटेँ
 

News Editor & Desk Incharge (Evening Shift)
Sagarmatha Television
Anamnagar, Kathmandu
khadka.nee@gmail.com
khadkatole@yahoo.com


गजल ३४०

December 18, 2010

 

भक्त घिमिरे

 

लाखौंको त्यो भीडभित्र एक्लै जिएर हेरें

फाटेको मनलाई तान्तुन् पारी सिएर हेरें

 

निर्जन टापु कन्दरामा बरु शून्य नहुँदो हो 

जीवनको महाशून्य अन्धमुष्टि पिएर हेरें

 

स्व–आज्ञालाई पालन गरी व्यस्त सधैंभरि 

सकेसम्म दुःख, पीड़ा भुल्ने चेष्टा दिएर हेरें

 

अपार् शक्ति मैमा रै’छ बुझें मैले बल्ल आज 

मेरो विचार लेख्नलाई हातमा कलम लिएर हेरें

न्यूयोर्क अमेरिका


गजल ३३९

December 18, 2010

 

उमा गौतम

पुर्व गए पश्चिम गए बिग्लै लाग्यो जिन्दगी
समाल्नलाई गाह्रो भयो टाडा भाग्यो जिन्दगी

 बचेँको छु तिम्रै लागि, मर्छु तिम्रै लागि भनी
पटक पटक नजिक आई उस्ले माग्यो जिन्दगी

 मृगतृष्णा बनी आयौ सपनीमा विपनीमा
नौलो रुपमा जिउनलाई फेरि जाग्यो जिन्दगी

अचानक आग लाग्यो हृदयको कुनाबाट
पीडा नै त भोग्नु रछ खुशी नाग्यो जिन्दगी 

पेन्सिलभेनिया अमेरिका


गजल ३३८

December 18, 2010

 

करुण थापा

म रुँदा बिसाउने, छाती भए पो रुनु
आँसुको भाषा बुझ्ने, साथी भए पो रुनु

आँसुको मल्हमले नि, दुख्‍न छाडेन चोट
म रुँदा मनको घाउ, जाती भए पो रुनु

अँध्यारो जिन्दगी भो, दीयो बलेन कैले
दीयो झैं आँखाभित्र, बाती भए पो रुनु

मुटुमा घाउ बोकी, दिनमा हाँसे झैं गर्छु
दिनैमा खिल्ली गर्छन्, राती भए पो रुनु

भएछु यति सस्तो, रुनु सस्तोमा किन ?
आँसुको भाउ अझै, माथि भए पो रुनु

काठमाण्डौ नेपाल


गजल ३३७

December 18, 2010

राजु सुब्बा

यो मनलाई बुझ्ने मन अन्तै सरेछ
बल्ल बुझेँ यो मनसँग खेलबाड गरेछ

फूलै फूल सम्झी मन मुटुमा सजाएँ
मेरै मीठो माया उनको मनबाट झरेछ

सँगै जीउने मर्ने कसम खाएर पनि
एउटै बाटो हिड्ने लक्ष्य अन्तै परेछ

तिमी मेरो केवल मेरै मात्र भन्थ्यो
तर मन मुटुमा अर्कै माया भरेछ

 
केही कदम अझ अघि जानुथ्योसँगै
दुई कदम नहिड्दै मेरो माया मरेछ
एट्लान्टा, जर्जिया


गजल ३३६

December 11, 2010

याम थुलुङ

 

तिमीले र मैले देख्ने खास एउटै हो

जहाँबाट हेरे पनि आकाश एउटै हो

 

सबैतिर देखिने यो आकाश एकै भए पछि

तिमी हामी बस्ने हाम्रो बास एउटै हो

 

सयौं मुटु लाखौं धड्कन भई चले पनि

हामी सबले फेर्ने आखिर सास एउटै हो

 

कहाँ–कहाँ विनास गरी आफ्नै छेउ हुँदै

हृदयलाई छोई बग्ने बतास एउटै हो

 

तिमी मरे पनि यहाँ म नै मरे पनि

जो मरे पनि साँच्चै विनास एउटै हो

 

भूटानी शरणार्थी शिविर बेलठाँगी ०१

दमक झापा नेपाल


गजल ३३५

December 11, 2010

इन्द्र जे आचार्य

 

सोधेनौ तिमीले मेरो हाल यहाँ

मुटुको वेदना अनि बेहाल यहाँ

 

तिमी भित्र खुसिको लहर चल्दा

कहाँ फुर्सद सोध्न मेरो काल यहाँ

 

होला सायद तिमी भित्र खुसी फुलेको

हुलेर म भित्र त्यस्तो छाल यहाँ

 

माया भित्र स्वार्थ हुन्छ थाहा थिएन

बल्ल बुझें मायाको जाल यहाँ

 

दागाना भूटान


गजल ३३४

December 11, 2010

स्याम रोका

 

मायालुकॊ यादमा, कच्चा मन रॊएकॊ छ

बिछॊडकॊ पीडाले, भित्री तन रॊएकॊ छ

 

यत्रॊ ठूलॊ भिडमा, आफु मात्रै एक्लॊ भएँ

आँसु सुक्यॊ रॊएर, आफ्नै पन रॊएकॊ छ

 

जवनीकॊ कॊपीला,नफक्रदैँ झर्न लाग्यॊ

बर्षातकॊ आशमा, सुख्खा बन रॊएकॊ छ

 

जतातातै गरिबी, सलहझैँ फैलिरेछ

सम्पन्नकॊ गॊजीमा, पापी धन रॊएकॊ छ

 

मेहनत गर्दा नि, श्याममात्रै कंगाल भॊ

बाच्ने चाह हरायॊ, आत्मा झन रॊएकॊ छ

 

इजरायल


गजल ३३३

December 11, 2010

श्रीराम गौतम

अँध्यारोमा बानी बस्यो, रात प्यारो लाग्छ

दु:खपीडा समस्याका, खात प्यारो लाग्छ

 

दया, माया, ममताका, कुरा नउठाऊ

अमृत भनी वीष छर्ने, हात प्यारो लाग्छ

 

स्वच्छ, स्वस्थ भावनाको, भर पर्दिन म

मुटु फुट्ने बज्रजस्तो, घात प्यारो लाग्छ

 

अखण्ड यो समाजको, अन्त्य खोजी रा‘छु

त्यसैले त सबैभन्दा, जात प्यारो लाग्छ

 

आफू हिड्ने माटोको त्यो, सह मेटिए नि

भाइभन्दा पराइको साथ, प्यारो लाग्छ

छुराभन्दा झन् धारीलो, बात प्यारो लाग्छ

 

बलेटक्सार, गुल्मी नेपाल


गजल ३३२

December 11, 2010

गोवरधन पूजा

समयले हामीलाई उसको काममा खटाउँछ
मन परेसम्म राख्छ नचाँहदा हटाउँछ

गाउनु पर्छ जीवन गीत लाउनु पर्छ मायाप्रित
सधै सधै यही कुरा पढाउँछ रटाउँछ

मनलाई जलाउँछ नयनलाई भिजाउँछ
डढाउँदै भिजाउँदै जिन्दगीलाई फटाउँछ

चाँहिदैन भन्दा पनि दिदै जान्छ धेरै कुरा
जति दिन्छ हिसाब राख्छ कालांतरमा कटाउँछ

हिसाबको ज्ञाता हो ऊ छोड़दैन कत्ति शेष
शुन्ना शुन्ना जोड़ गरी आयुबाट घटाउँछ

 

बोस्टन अमेरिका


गजल ३३१

December 11, 2010

 

दीर्घ क्षत्री

संसारमा सबै भन्दा पिरतीको जात राम्रो
जीवनमा सदासदा मायालुको साथ राम्रो

कोइली चरी गाउदा वसन्त ऋतु आउँदा
रुखैभरि पलाइदिने हरिया पात राम्रो

तन भरी बैस आउदा जवानीले छाउँदा
मायालुसँग गरिने एकान्तको बात राम्रो

प्रियसीलाई पाउदा साथसाथ रमाउँदा
जूनताराले भरिएको पूर्णिमाको रात राम्रो

एकान्तमा सम्झिबस्दा कल्पिकल्पि एक्लैहाँस्दा
मायालुको सम्झनाले लाग्ने मीठो मात राम्रो

971552955346
dirgha_chhetri@yahoo.com


गजल ३३०

December 11, 2010

सुवास खनाल

झन्डा फेर्ने कुरा गर्छन् देशमा अचेल
नयाँ युग हेर्ने कुरा गर्छन् देशमा अचेल

विचार उही हो सबैको र परिवर्तनकै लागि
देशको नाम केर्ने कुरा गर्छन् देशमा अचेल

यो देश उनीहरूको ठेक्कामा नै भएजस्तो
कसैलाई नटेर्ने कुरा गर्छन् देशमा अचेल

कर्तव्यको कुरा छाडूँ, अधिकारका निम्ति
चोकचोक घेर्ने कुरा गर्छन् देशमा अचेल
 

भरतपूर चितवान नेपाल
subaspoet@gmail.com


गजल ३२९

December 11, 2010

आयुष चौधरी “सम्मोहन”

 

मायामा यो मन गलेपछि रुन्छु

बाँकी छ अझै दिन ढलेपछि रुन्छु

 

जुनीजुनी साथ दिन्छु भन्नेले नै

आखाँसामु आफैलाई छलेपछि रुन्छु

 

चोट त मलाई लागिसक्यो हृदयमा

संवेगको हावा अब चलेपछि रुन्छु

 

तिमी यता म उता छटपटाइको भुमरीमा

सम्झनाका दिपहरु बलेपछि रुन्छु

 

कृष्णनगर बाँके नेपाल

हाल नेपालगञ्ज नेपाल


गजल ३२८

December 4, 2010

प्रकाश आङ्देम्बे

 

म तिर फर्केको बन्दुकको नाल छ अरु त राम्रै छ

नेता सुखी देश जनता बेहाल छ अरु त राम्रै छ

 

पसिनाले बगाएको कृषकले भन्दै थियो

मँसिरमा अनिकाल छ अरु त राम्रै छ

 

थोरै दिइ धेरै लाने तल्लाघरे छिमेकीले

जँगेपिलर दिनै ढाल्छ अरु त राम्रै

 

सँसदबाट भागेको खरायो को गुनासो

भित्र कुकुर र स्याल छ अरु त राम्रै छ

 

बिहारको एउटा व्यपारीको कथन

नेपाली नागरिकता फालाफाल छ अरु त राम्रै छ

 

दमक झापा नेपाल


गजल ३२७

December 4, 2010

भाष्कर काजी

 

पराईले सिउँदो त्यो, भर्दा सम्झनु

सुख ठिकै हुन्छ दुख पर्दा सम्झनु

 

तिमी नयाँ शहरमा, म बिरानो हन्छु

त्यो ठाउँ छोडी अन्तै सर्दा सम्झनु

 

दुनीयाको भर गरियो, अब बित्यो

ति आँखाबाट आँशु झर्दा सम्झनु

 

भूलेको छैन मैले, कुरेरै बसेको छु

बाटैमा हुन्छु यताउति गर्दा सम्झनु

 

जीउन गाह्रो हुन्छ, मनको छुटेपछि

आफ्नै काखमा जीवन मर्दा सम्झनु

 

रुँघा ७, रुकुम नेपाल

हाल त्रिवि कीर्तिपु्र, काठमाण्डौ नेपाल


गजल ३२६

December 4, 2010

मवि सिंह

 

फूलबारी स्याहारेको, आफ्नो कथा लेखें कैले
बनमारा उमारेको, आफ्नो कथा लेखें कैले

बनाउने हिम्मत् गर्दै खोतलेर हेरें आफै
झनै बढि बिगारेको, आफ्नो कथा लेखें कैले

आशिर्बाद लिने दिने साईतमा एक्लो परें
आफैलाई धिक्कारेको, आफ्नो कथा लेखें कैले

खोटहरु यति धेरै छोप्दा छोप्दा म हैरान
खुबी मात्र उघारेको आफ्नो कथा लेखें कैले

तिमीलाई प्रभाबमा पार्दै कैदी बन्ने रहर्
झ्यालखाना सिँगारेको आफ्नो कथा लेखेँ कैले

ति ओठले मेरो नाम लेला भन्ने जाग्दो आशा
मैले माया नमारेको आफ्नो कथा लेखेँ कैले

नबुझेको पनि हैन नचाहेको पनि हैन
तिम्रा ईच्छा नकारेको आफ्नो कथा लेखें कैले

 

वोस्टन अमेरिका


गजल ३२५

December 4, 2010

सुवाश श्रेष्ठ

 

साधु पनि मात्छन् अचेल पञ्चमृत खाएपछि

बाबु आमा सब भुल्छन छोरोले बुढी पाएपछि

 

दुःख गरी हुर्कायो बढायो खै कसले के पढायो ?

यस्तै हुन्छ यो संसारमा निस्वार्थ माया लाएपछि

 

दैवको लाठी सबैमाथि नपरूञ्जेल के थाहा ?

थाहा हुन्छ निष्चल माया  एउटा छोरो आएपछि

 

त्यो छोरोले मोज-मस्तीमा सबको साथ भूलाएर

बाउको धन मेरै भन्दै हाकाहाकी उडाएपछि

 

जस्तो गर्यो उस्तै पाइन्छ पालोको पैचोँ हो जीवन

आफै बुझ्छ सबै कुरा आफ्नैले सताएपछि

 

कालेबुङ भारत


गजल ३२४

December 4, 2010

नन्दलाल आचार्य

 

पसिनाको मूल्य पनि पैसालाई ठान्ने तिमी

बसिखाने मान्छे बारे धेरै कुरा जान्ने तिमी

 

मान्छेमान्छे बीचमा फरक कतिवटा भन्छौ भन

बसिखाने गरिखाने फरक केमा मान्ने तिमी

 

पारिजात, लक्ष्मीप्रसाद सधैँ सधैँ बाँचिराछन्

सदाबहार नभएमा कस्तो जीवन धान्ने तिमी

 

पाखुरीका धनी मान्छे हातेमालो गर्दैछन् रे

सोच्दैछौ रे निर्धोलाई कसरी पो छान्ने तिमी

 

बल्ल पाएँ दल्न भनी मान्छेलाई पशु ठान्छौ

यस्तै चालले जीवनरथ के गरेर तान्ने तिमी

 

तपेश्वरी–१, गल्फडिया, उदयपुर नेपाल

nandalalacharya@gmail.com


गजल ३२३

December 4, 2010

सुमित्रा पौडेल

 

छरिदिएँ फूलहरु तिम्रै रुप रंग जानी

भावनाको पोखरीमा पछ्यौरीको सप्को हानी

 

बगिरहोस् गंगामाथि फक्रिएर तिनै फूल

अभिशाप हुन्न कहिल्यै चोट नदेऊ ढुंगा मानी

 

उकाली र ओरालीको बिसाउने चौतारीमा

सुख्खा दिल भए पनि साहसले  भर्छ पानी

 

तर्न परे सागर पनि तिम्लाई डुंगा बनि दिउँला

जिन्दगीको यो यात्रामा डोर्याउँला  हात तानी

 

लाग्छ कोमल भित्री दिल सुन्दरताले भरिएको

सुवाष छर्ने मुस्कुराहट  सितल पवन लाग्छ बानी

 

मिलिजुली एक साथ रमाउँ सँगै बगैचामा

जुनी जुनी नमेटिने बन्छ सहज प्रेम काहानी

 

भरतपुर चितवन नेपाल


गजल ३२२

December 4, 2010

खगेन्द्र पन्धाक लिम्बु

धोतीको जुम्रो शीरमा पुगे टोक्छ अत्ति नै

बर्षाको आडले खहरे बाटो रोक्छ अत्ति नै

 

काँतर मर्छ दुस्खमा थोरै पीडा परेनी

महान व्यक्ति निडर कष्ट भोग्छ अत्ति नै

 

कर्म र धर्म बुझ्नेले सेवा गर्छ अरुको

पापीले मात्र मन्दिरको ढुङ्गो ढोग्छ अत्ति नै

 

मर्दले ज्यान बजारी खान्छ आफ्नै बुतोले

सिकारी अल्छे, काँधमा कुकुर बोक्छ अत्ति नै

बैंकक थाइल्याण्ड

chumlimbu@yahoo.com

pandhak@hotmail.com


गजल ३२१

November 27, 2010

यमन सुवेदी

मृत्यु पर्खे जत्तिकै हो मन मारे जत्तिकै हो

पिरतीमा हार्नु पनि युद्ध हारे जत्तिकै हो

 

कोही संझीएर उनलाई बिर्सिनु भनेको त

कोशीलाई रतुवाको छेउ सारे जत्तिकै हो

 

उनी भन्दा जून राम्रो जून राम्रो कसले भन्यो

यसो भनेको त मेरो आँसु झारे जत्तिकै हो

 

म एक्लो हुनु पनि यो हदसम्म खराब हो

हो, साँच्चै भट्टीलाई’नी एक्लो पारे जत्तिकै हो

 

झापा नेपाल

 


गजल ३२०

November 27, 2010

बासुदेव ओस्ती

 

बाटो हिड्दा नदी देख्दा माई मनमा आउछँ
तिहार छेउ आउँदा पनि भाई मनमा आउछँ

साथी भाइ भेट्दा हामी नमस्कार भन्ने गर्थ्यौ
यहाँ अचेल देख्दा पनि हाई मनमा आउछँ

दैनिक जसो मठ मन्दिर जाने हाम्रो बानी थियो
चर्च देख्दा आजकाल साई मनमा आउछँ

सानै देखि नानीहरुलाई डे कियरमा लाँदा रैछन्
यस्तो देख्दा मलाई फेरी धाई मनमा आउछँ

न्यु ब्रन्स्वीक क्यनाडा


गजल ३१९

November 27, 2010

तुफान

 

नसहेका चोटहरू गजलमा हराएँ

सहेका चाहिँ धेरै-धेरै मन पराएँ

 

म कहिले सन्की त कहिले पागल बनेँ

कहिले बाटो-बाटोमा एक्लै-एक्लै कराएँ

 

कुन चोट थियो  होला र म नरोएको

हर आँसुमा तिमीलाई अलग पाएँ

 

म सहारा खोज्थेँ, तिमी दूरी खोज्थ्यौ

जान्दिनौ तिमी के सोचेर मन बुझाएँ

 

जिन्दगी तिमीलाई गुलाफको बिस्तर होस्

म जस्तो थिएँ आखिर उस्तै मै सुहाएँ

 

 चितवन  नेपाल


गजल ३१८

November 27, 2010

 सन्जय तिमिल्सेना “प्रकृति”

 

हत्या, हिंसा, आतंकको कति खेल्छौ खेल यहाँ ?
मेची–काली जताततै, रगतका भेल यहाँ

पसिनाको मोल छैन, भोको पेट काम गर्छन्
कति बुन्यौ तानाबाना, कति जालझेल यहाँ

स्वाधिनताका पुजारी हौ, मीठामीठा कुरा गर्छौ
सोझा सिधा जनतालाई लगाउँदैछौ नेल यहाँ

तल देखि माथिसम्म सबै सुन्छन् तिम्रा कुरा
चम्चागिरी कति गर्यौ कति घस्यौ तेल यहाँ

पानीमाथि ओभानो झैं क्रान्तिकारी कुरा गर्छौ
नेताहरु विदेश मस्त कार्यकर्ता जेल यहाँ

राजनीतिको प्रयोगशाला, पहिचान बिग्रेको छ,
नेताहरु पास भा’छन्, पार्टीहरु फेल यहाँ

 

नेपालगञ्ज, बाँके नेपाल


गजल ३१७

November 27, 2010

डम्बर ओस्ती

 

भन्ने कुरा धेरै थिए भन्ने मन छैन

नांगिएछु कठै! लुगा किन्ने धन छैन

दुनियाले अनायस्यै हेप्छन अचल्

समाजमा बोलिदिने कोही जन छैन

भिखारी झैं घुम्नलाई भेस छैन

तपस्या गर्न जाउँ कुनै वन छैन

दुस्मनहरु घेरालाई छेक्छन मलाई

शिरमा ठोकी मार्नलाई कुनै घन छैन

साथीभाइ गए कता आफू एक्लो भएँ

सम्झनछ मनभरी बोल्नलाई फन छैन

न्यु ब्रन्स्वीक क्यानाडा


गजल ३१६

November 27, 2010

स्वागत नेपाल

 

धेरै ढिलो भयौ तिमी, म नि ढिलो भएँ

तर पनि जीवनभरि मनको किलो भएँ

 

मेरो एउटै साथ तिम्रोलागि संसार थियो

तिम्रो सारा सम्पत्ति त हेर जिलो भएँ

 

ज्योतिसरि शिरैभरि सजाउन खोज्यौ

तर आज तिम्रो निधारको टिलो भएँ

 

कसैसँग नबाँढिने श्रीसम्पत्ति ठानिरह्यौ

बगरेले किलो किलो बाँढ्ने बिलो भएँ

 

मृत्युदण्डभन्दा कठिन जीवनदण्ड थियो

तिम्रो लागि औषधी म दुख्ने पिलो भएँ

 

मेरो कहीँ नझुक्ने यो शिर तिम्रै थियो

झुक्यो आज तिम्रैअघि कालो निलो भएँ

 

जता हेर्यो त्यतै मलाई तिमी देख्ने गथ्र्यौ

आज खोजी नभेटिने धानको सिलो भएँ

 

आँधी हुरी छेक्ने पहाड थिएँ तिम्रो लागि

धुजा धुजा भएँ आज थिलो थिलो भएँ

 

तिम्रो लागि सफा थिएँ, बेदाग थिएँ सधैँ

हेर आज म त एकदम हिलै हिलो भएँ

 

काठमाण्डौ नेपाल


गजल ३१५

November 27, 2010

रमेश पौडेल

 

जिन्दगीको किताव उही, गाता फेरिएछ
सहोदर आफन्तको, नाता फेरिएछ

जति कमाई हुन्थ्यो मनको, हुन्थ्यो एकै ठाउँमा
आज भने उनको मात्रै, खाता फेरिएछ

शीत उघाई मनको घैला, भरौं भनेकै हो
लुकाएर हात थाप्यौ, दाता फेरिएछ

यही मनको बलेनीमा, भिज्यौं रमाएर
आज भने ओत दिने, छाता फेरिएछ

जिन्दगीको सन्धी सर्पन, आफ्नै मात्र ठानी
हस्ताक्षर गरेको त्यै, पाता फेरिएछ

किन आउँथे तिम्रो दर्वार, ढोका थुने पछि
काँडे तारको बार लगाई, हाता फेरिएछ

काठमाण्डौ नेपाल
© रमेश पौडेल


गजल ३१४

November 27, 2010

अनन्त लम्साल

 

सुनाउँदा मेरा कथा,तिम्ले पिन्चे ताना भन्यौ

मेरा आँसु पानी भए, आफ्ना मोती दाना भन्यौ

 

नाप-तौल लेनादेना, हुन्न भन्थ्यौ पिरतीमा

तिम्ले दे‘का मुरी गन्यौ, जो पायौ त्यो माना भन्यौ

 

कस्तो पनि देख्न मिल्छ, बाँचिरहे जिन्दगीमा

कैले राजा हिरा भन्थ्यौ, आज सुकी(आना भन्यौ

 

मुर्ती छोइ हिजो सँगै, बाचा गर्यौ रोई(रोई

थोरै फाटो पर्दा आज, तिम्रो जातै साना भन्यौ

 

मेटिँदैन शिलामाथि, कुँदिएका अक्षरै ती

चौबाटोमा कुर्लि-कुर्लि,खालि हुँ म पाना भन्यौ

 

 

बागेस्वरी ४, नुवाकोट नेपाल


गजल ३१३

November 16, 2010

तिर्थ "यात्री" पौडेल

 

पारिजात सम्झिएर टिप्छु झरे पनि 

डालीबाट माली हुँदै थालि   सरे पनि

 

कसरी पो भुल्न सक्छु शुभासिलो फूल 

माला उनी सजाउँछु बोट मरे पनि

 

माया अनि ममताको खात सम्झिएर 

फोटो राख्छु यो दिलमा झेल गरे पनि

 

यति मीठो साहित्यको कलकल बग्ने गंगा

अमृत सम्झी पिउँछु म त विष छरे पनि

 

लखनपुर ३ झापा, नेपाल

हाल : बहराइन


गजल ३१२

November 16, 2010

शविन धिमाल

 

तारा हेर्दै आकाशका हेर पर-पर भन्यौ

सम्हालेर आफैं -संग राख रहर भन्यौ

 

हामी जस्ता मात्रै कहाँ दैबले नै जुराएका

खोला वारि—पारि हुन्छन् पिपलु र वर भन्यौ

 

सोचिदेउ जिन्दगानी चुडिएको चङ्गा जस्तै

जता चल्छ हवा उतै जान्छ हुन्न भर भन्यौ

 

जिन्दगीको कुरा गर्यौ संघर्षको कुरा गर्यौ

पिरतीको पनि कुरा गर्यौ अनि ‘तर’ भन्यौ

 

धेरै -धेरै इच्छाहरु मनमा सजाएर आज

तिम्रो खुसी सोध्न आएँ आफ्नै खुसी गर भन्यै

भर्जिनिया अमेरिका


गजल ३११

November 16, 2010

गोविन्द फुयाल

लिनुदिनु पालो न हो गुनको कुरा नगरौं है
चिसो चुलो तातेन खै नुनको कुरा नगरौं है

गाउँ बस्ती अधेरीमा मस्त निन्द्रा रात भरी
शिक्षा बिना निदाएको छ जूनको कुरा नगरौं है

अन्न माग्दै गरीबहरु एउटा दैलो देखि अर्को
निरास भोकै मर्दै छन ति घुनको कुरा नगरौं है

काम नलाग्ने बिचार गएन हामीकहाँ अझै पनि
मानिस भन्नु सबै उस्तै खुनको कुरा नगरौं है

अझै पनि हाम्रा मान्छे धुरी चुइने झुपडीमा
कमेरोमै रमाउँछन् चुनको कुरा नगरौं है

निधारमा पसिनाका मोती जस्तै टल्किरहने
गहना छन गोर्खालीका सुनको कुरा नगरौं है

शिकागो  अमेरिका


गजल ३१०

November 16, 2010

अविरल अधिकारी

फुल्दै जानु सदाबहार, तिमी फूलको थुंगा जस्तो
कठोर छु म त हेर, बगरको ढुंगा जस्तो

त्यो मनको माझीदाइ, तारिरन्छ वारिपारि  
तिमीलाई तारिदिने, म चै बने डुंगा जस्तो

न त सके माथि चढ्न, न त झर्न एकैपटक
झुण्डीएछु जमिनमाथि, केराको बुङ्गा जस्तो

तिमीबिना जिउन गाह्रो, पानी विना माछो हुन्छु
तिमी आउने आशमा बस्छु, थापिएको खुंगा जस्तो

हेटौडा मकवानपुर नेपाल


गजल ३०९

November 16, 2010

 

आवाज शर्मा

 

आफ्नै पाखा पखेरामा तिर्सनाको बाली राम्रो

मनको मल पानी छरे पसिनाको डाली राम्रो

 

जहाँ झुल्छन् लहलह, अपेक्षाका बालाहरू

आफ्नै फाँट, टारी, बेसी, खेतका कान्ला, आली राम्रो

 

सयौँ तले अट्टालिका जहाँ मीठो नीँद छैन

ओँत दिने तारामण्डल आफ्नै खरको पाली राम्रो

 

पाल्सी कुरा ख्याल ठट्टा उस्तै प्यारो बदमासी

जिस्काउँदा मनकारीको ममताको गाली राम्रो

 

सुनका अण्डा पार्ने कुनै बनचरीको मोह छैन्

एक अञ्जुली पानी पाए आफ्नै मेची काली राम्रो

 

पोखरा नेपाल


गजल ३०८

November 16, 2010

तेज बकस मिया

 

दिन दिनै देखिरहने सपनी कस्तो ?

उसकै रुप देख्छु खाली मपनी कस्तो

 

बिर्सनको लागि जती कोशीस गरेनी

हर घडी उसकै नाम जपनि कस्तो

 

बात मार्दै जादा बिट मर्छ कुराको

त्यस्मै दुईटा बढी कुरा थपनि कस्तो

 

लह लह फुलि राको धानको बिचमा

नसुहाउँदो कोदाको त्यो  कपनी कस्तो

 

भिन्दा भिन्दै फलेपनी खेती मायाको

छुट्टीएको माया जोड्ने र!पनी कस्तो

 

हर्मी १ बयापानी

गोर्खा नेपाल 


गजल ३०७

November 16, 2010

विमल पराजुली

 

 

देशको छातीमाथि छुरा रोप्छौ कती नेताहरु ?

आफ्नो आफ्नो डम्फु मात्र ठोक्छौ कती नेताहरु ?

 

जनताले थाहा पाइसके तिम्रो बोली अब

सहमती भन्दै अझै खोक्छौ कती नेताहरु ?

 

मेचीकाली तराई पहाड दु:खेको छ जताततै

लुछाचुँडी गर्दै देश टोक्छौ कती नेताहरु ?

 

बिकासको कुरै छोडौँ   बिनास पो हुँदैछ देश

विदेशीको रिनमात्र  बोक्छौ कती नेताहरु ?

 

काठमाडौं, नेपाल


गजल ३०६

November 8, 2010

 

जितेन्द्र मल्ल

देउता खोज्न यता उती, भौतारिदै डुली हिंडें

संजोगले तिमी भेटें, त्यही देउता भुली हिंडे

 

या देउतालाई चढाई देऊ, या मनैमा सजाइ देऊ 

तिम्रै मनको बगैचामा, बेफिक्री म फूली हिंडें 

 

डुल्छु तिम्रै सेरो फेरो, मै रहिंन अब मेरो

के डर भो र दुनियाँको? म मायामा खुली हिंडे

 

मायाको त वैरी जगै, तिमीविना के ज्युँनु खै 

कस्ले सक्छ अलग गर्न ? म तिमीमै घुली हिंडें

 

तालकोट नेपाल


गजल ३०५

November 8, 2010

 

दलवीरसिंह बराइली 'घायल'

  

बिछोडको आँधिले ऊ झर्‍यो यति सम्झिनु

तिम्रै लागि त्यो अभागी मर्‍यो यति सम्झिनु

 

विश्वासको महलमा कस्तो आगो लगायौ

त्यै आगोमा आत्मदाह गर्‍यो यति सम्झिनु

 

मायाको त्यो जाल किन थापी दियौ  निष्ठुरी

त्यो जालमा सोझो मान्छे पर्‍यो यति सम्झिनु

 

खडेरी पो बनिदियौ खुशी फुल्ने याममा

बसन्तको मौसम नै टर्‍यो यति सम्झिनु

 

‘घायल’को चोखो माया मर्ने छैन कहिल्यै

त्यसैले ऊ स्वर्गतिर सर्‍यो यति सम्झिनु

 
गुप्तेश्वर-३ रामेछाप
हाल: अबुधाबी,युएई


गजल ३०४

November 8, 2010

निलबहादुर खड्का

 

 

भाग्न खोज्छु तर्किएर, तान्छु भन्ने भेटेँ

चोखो प्रेमको बन्धनले, बान्छु भन्ने भेटेँ

 

नपाउने हुँदै होइन, मान्छे कति कति

तिमीलाई दिलको राजा छान्छु भन्ने भेटेँ

 

बन्धन छन् समाजका, बढ्न खोज्छु एक्लै

पछ्याएर सधैं सँगै, जान्छु भन्ने भेटेँ

 

बगाउँछिन् अश्रुधारा, आफ्ना कुरा भन्दै

तिमीलाई सधैं आफ्नो, ठान्छु भन्ने भेटेँ

 

भोगेको त छैन होला, गरिबीको पीडा

जसोतसो घर परिवार, धान्छु भन्ने भेटेँ

 

चाहिन्न रे मीठोचोखो, नानाथरी खाना

गुन्द्रुकसँग ढिँडो पनि, खान्छु भन्ने भेटेँ

 

बुबाआमा नाता गोता, छरछिमेक सबै

गर्नुपर्ने केके हुन्छन्, मान्छु भन्ने भेटेँ

 
काठमाण्डौ नेपाल
News Editor & Desk Incharge (Evening Shift)
Sagarmatha Television
Anamnagar, Kathmandu

khadka.nee@gmail.com
khadkatole@yahoo.com


गजल ३०३

November 8, 2010

थुक्तेनदोर्जी ड्रुक्पा

 


जित्नलाई त जित्यौ तिम्ले हारै भए पनि
त्यती सारो गर्नु हुन्न जारै भए पनि

उ पनि त मन्छे न हो भुलमा क्षमा पाउनु पर्छ
स्वीकारी देउ उसको गल्ती भारै भए पनि

बिर्सिनेलाई के नै गर्नु बिर्सी छाडे पछि
छोरा छोरी गन्ती गर्दा चारै भए पनि

हिजोसम्म मेरी थिइन आज पराई हुँदा
गरीब भइदो रैछ आखिर कारै भए पनि

 

डेनमार्क


गजल ३०२

November 8, 2010

बिमल पराजुली

 

 

मीठो भुल गरिएछ अँध्यारो त्यो रातमा प्रिया

के के भयो भयो लौन जवानीको मातमा प्रिया

 

तन मन सुम्पिदियौ जे जे गर्छौ गर भन्दै

म पनि पो हराएँछु तिम्रो मीठो बातमा प्रिया

 

बैसालु ति रहरहरु तिर्खाएका थिए मेरा 

प्यास मेट्दै जाउ भनी लुटपुटियौ काखमा प्रिया

 

अङ्ग अङ्गसँग खेल्दै हराएँछु बेहोसीमा

तिमी पनि उन्मातले रमाइछौ साथमा प्रिया

 

नहुनुथ्यो भइहाल्यो अब पीर गर्न छोड

रङ्गाउँछु सिउँदो त्यो हात देउ हातमा प्रिया

 

 काठमाडौं, नेपाल


गजल ३०१

November 8, 2010

उमा सुवेदी

 

भूससँगै मिसिएको चामल दानो मै हूँ

सधैँ तिम्रो नापतौल गर्ने मानो मै हूँ

 

एक झुल्को घाम पाई पछि लाग्यौ आज

झरी पर्दा ओत लाग्ने आखिर छानो मै हूँ

 

आँसु पिई हाँसो दिँदा रिसाउँछौ सधैँ

चुपै लागि चोट खप्ने त्यो अचानो मै हूँ

 

घार खोज्दै हिँडे अरु ओत खोज्दै हिँडे

बर्षातमा रुझी बस्ने एक्लो रानो मै हूँ

 

काठमाडौं, नेपाल


गजल ३००

November 8, 2010

यात्री शेखर

हृदयमा जाल हान्यो कि दिल चोर्यो धरानले

चलायोकी मन्मा आँधी कि बाँध फोर्यो धरानले

 

हल्ला छ पुर्नसंरचनाको जता ततै यती वेला

आफ्नै स्वरुप फेर्नलाई कि नक्सा कोर्यो धरानले

 

यस्तै यस्तै त्यस्तै त्यस्तै, के भन्ने र खै अचेल

हुदों रैछ नानाभाँती की सबै सोर्यो धरानले

 

डाडापाखा, घामजुन उस्तै उस्तै हुदाँ लुकामारी

हिउँपगाली खोलो झार्न की आगो जोर्यो धरानले

 

सुन्दरताको कुरा यहाँ गरेर नी सकिन्छ र ?

कत्ति कत्ति माना पाथी की माया भोर्यो धरानले

 

शुन्चरी  नेपाल

yatrishekhar@gmail.com


गजल २९९

October 26, 2010

यमन शुवेदी

 

वेहाल भो हालको अरु पछि भन्छु

हेराइ छ बबालको अरु पछि भन्छु

 

जाम छ अनौठो लाम छ अनौठो

उनलाई छुने कालको अरु पछि भन्छु

 

उनलाई हेर्नै आएको हुँ भन्छ वसन्त

शिशिर छ कमालको अरु पछि भन्छु

 

सबै आँट्छ उनको आँखामा पानी

त्यत्रो फेवातालको अरु पछि भन्छु

 

दमक झापा नेपाल


गजल २९८

October 26, 2010

जितेन्द्र मल्ल

 

 

बल्दैछ मन झन झन, निभाउनु छ, बर्सी देन झरी  

सुकिसके नयन, भिजाउनु छ, बर्सी देन झरी

 

कुहिरोले आज, छोप्यो धर्ती, हराएँ म कतै

बादलु छ गगन, खुलाउनु छ, बर्सी देन झरी

 

रापिलो तापिलो, द्वन्द मनको, आन्दोलित छन् अङ्ग

शितलु जो खोज्छन्, रिझाउनु छ, बर्सी देन झरी

 

जगै ढल्यो घरको, फुल्नै छाडे, सुवासीला फूल

शुन्य भयो आँगन, ब्युँताउनु छ, बर्सी देन झरी

 

खडेरीले छोयो, मरे रहर, आज पालुवामै

नवैलियोस् जीवन, जोगाउनु छ, बर्सी देन झरी

तालकोट नेपाल

 


गजल २९७

October 26, 2010

आचार्य सुविशुधा

 

मखमली तिम्रो साथ, सम्झी–सम्झी बाँचेको छु
सयपत्री तिम्रो हात, मख्खी–मख्खी साँचेको छु

 
मुस्काउँदा जून फुल्ने, प्यासी–प्यासी अधरमा
मदहोसी उही रात, कल्पी–कल्पी हाँसेको छु

 
इन्द्रणीको रङ्गटिपी, मुहार त्यो मस्किदिँदा
मन्त्रमुग्ध मधुर बात, पर्खी–पर्खी जाँचेको छु

 
मनैभरी लटरम्म, प्रिती फूल फक्रेपछि
मिलनको मिठो मात, साँची–साँची नाचेको छु

 
झरनाको झङ्कार त्यो, भन्दा उम्ता आगमनमा
सम्बन्धकै फलिफाप, अजम्बरी गाँसेको छु

 

गुलाबी ती उन्का नजर, घोप्टेपछि मेरै उपर
प्रणयको तातो घात, मनैभरी टाँसेको छु

 

काठमाण्डौ नेपाल


गजल २९६

October 26, 2010

खेम खतिवडा

 

मनको साटो साँचो लिई एकान्तलाई घेरी रोएँ
 मिठो निद सपनिमा आज तस्बिर  फेरी रोएँ

 
सम्बन्धको नाता ओझेल शिदान्तको सघांरमा
क्षितिज पारि  बसाई सर्नै मनको जूनलाई हेरी रोएँ

 
प्रेमी नयन  पलपलमा  आशुँ रसाई छटपटाउदाँ
धिकार जिवन  तगारोमा हरेक रात बेरी रोएँ

 
कल्पनाको जिवन माझ   एकान्तमा भिख माग्दै
 प्रीत छुटता विवशतमा दिल फुटाई टेरी रोएँ

 भूटानी शरणार्थी शिविर
शनिश्चरे मोरङ नेपाल


गजल २९५

October 26, 2010

दामोदर घिमिरे

 

नाजिकिनु केलाइ न हो टाढै खुशि छाउँछ भने
चितामाथि मट्टि किन आत्माले शान्ति पाउँछ भने

 
भावनामा बग्नु न हो भावुगतामा हराएर
टाढिएर बाच्नु किन सधै याद आउँछ भने

 
माया प्यार ‌प्रेम एउटै शब्दकोसमा खोजी हेर
प्रितका गित मिठा किन विवशतामा गाउछ भने

 होशियारि जरुरत छ प्यारमा बाच्न गार्हो भयो
धोकेबाज उपनाम किन चोखो माया लाउछ भने

 

damu_gh1944@yahoo.com


गजल २९४

October 26, 2010

आशांक उपाध्याय

 

सपना एकै पालौँ भनेथेँ

पाईला सँगै चालौँ भनेथेँ

 

मरेर जाँदा लानु के छ र ?

हर्षको दीप बालौँ भनेथेँ

 

भत्किँदै थिए भित्ता मनका

मिलाई हात टालौँ भनेथेँ

 

कठोर भयौ कुन्नी किन हो ?

रसिलो मन्ले गालौँ भनेथेँ

 

निरास भएँ छैन आशांक

संसार बेग्लै थालौँ भनेथेँ

जनकपूर नेपाल


गजल २९३

October 26, 2010

आवाज शर्मा

 

बिना बादल बर्षासरी दर्किन नि सक्छ मन

भो भो रुन्न भन्दा पनि धर्किन नि सक्छ मन

 

नजिक हुन्छन् अरूहरू पराइ हुन्छ आफ्नै बरु

जहाँ दु:ख्छ त्यहीं नुन छर्किन नि सक्छ मन

 

धमिलिँदै सङ्ले पनि स्नेहले पग्ले पनि

मैन जस्तो रैनछ यो चर्किन नि सक्छ मन

 

कतै ओझेल पर्न सक्छ, नसम्हाले झर्न सक्छ

आफै भन्दा कतै टाढा तर्किन नि सक्छ मन

 

जिन्दगीको लामो यात्रा अन्तिम लक्ष्य सागर

हैन रैछ नदी जस्तो फर्किन नि सक्छ मन

 

पोखरा नेपाल


गजल २९२

October 19, 2010

उमा सुवेदी

 

गरिबीको माड मैले धेरै पिएकी छु

दस्ख लुकार्इ जिन्दगीलार्इ खुशी दिएकी छु

 

ठोकिने त बानी पर्यो  हिँड्दा बगरमा

हिंड्दाहिंड्दै जिन्दगीमा धेरै खिएकी छु

 

फोस्रा बोली बोल्नेहरू धेरै भए आज

मन फाट्दा आफ्नै मनले सधैँ सिएकी छु

 

सागरलार्इ भेट्ने भए  बग्नै पर्छ सधैँ

ढुङ्गा मुडा छालसँगै भिड्दै जिएकी छु

 

कस्लार्इ हुन्न बगैँचामा फूल्ने रहर हजुर

भेटिएला वाग पनि आशा लिएकीछु

 

काठमाण्डौ नेपाल

हाल इज्रायल 

 


गजल २९१

October 19, 2010

ज्याति भट्टराई

 

टोलाई हेर्ने नि त्यो हरिसँग छ

बादल छोई उड्ने चरिसँग छ

 

नखोज उ भित्र पहिरोको पीडा

मन खोली रुँने झरिसँग छ

 

देश कहाँ छ मुटु या माटो

खोज्न हिडेको उ भुमरिसँग छ

 

उसको आँसु दुःख या खुसिको

त्यसको अर्थ खबरिसँग छ

 

घोटिन्छ, ज्युँछ अनि आफैँ मर्छ

सफल जिन्दगी त खरिसँग छ

 

दमक

झापा नेपाल


गजल २९०

October 19, 2010

तिर्थ "यात्री" पौडेल

 

दशै आयो लिंगे पिंगमा झुल्दै होलान गाँउका साथी 

रंगी बिरंगी  कपडामा खुल्दै  होलान गाँउका साथी

 

देश विदेशबाट   पनि आए होला  चाड   मनाउन

हाट बजार रोदीतिर डुल्दै होलान गाँउका साथी

 

 टाडा टाडा छरिएका इष्टमित्र आफन्त जन सारा

भेला भर्इ  मनको पीर भुल्दै होलान गाँउका साथी

 

 मान्य जन र ठुला बडा आफन्तका घर घर  गर्इ

रातो टीका जमरामा फुल्दै होलान गाँउका साथी

 

लखनपुर ३ झापा, नेपाल 

हाल: बहराइन 


गजल २८९

October 19, 2010

निल खड्का

 

छानीछानी मोटा बाँस, ढाल्या छन् रे गाउँमा

चौतारीमा लिङ्गे पिङ, हाल्या छन् रे गाउँमा

 

भीड छ रे देवीस्थानमा, सप्तसती पाठ गर्न

दशैंघरमा साँझ बत्ती, बाल्या छन् रे गाउँमा

 

रंग्याउन होड हुन्थ्यो, कसको घर राम्रो भन्दै

उक्किएका घरको भित्ता, टाल्या छन् रे गाउँमा

 

उस्तै भीड पधेँरामा, मैला लुगा सबै धुन

फोहोरहरु सबका घरका, फाल्या छन् रे गाउँमा 

 

ठेगान हुन्न पाहुनाको, गर्नै पर्छ बन्दोबस्त

चिउरा कुटी घरैपिच्छे, चाल्या छन् रे गाउँमा

 

जम्मा होलान् छोराछोरी, सबका घरमा आशा

घरैपिच्छे घोर्ले खसी, पाल्या छन् रे गाउँमा

 

कति खाने मासुमात्रै, पचाउन गाह्रो हुन्छ

अचारलाई कांग्रो काटी, गाल्या छन् रे गाउँमा

काठमाण्डौ नेपाल


गजल २८८

October 19, 2010

सरोज गिरी

कहिले काही जिन्दगीमा जीतले पोल्दो रैछ

हेमन्तमा साझको शितल शीतले पोल्दो रैछ

 

मान्दै थिएँ परम्परा जिउन खुशी हुन सिक्दै

जीवनले नै ढाँटे पछी रितले पोल्दो रैछ

 

बुझेको थिएँ सबैको मन जित्नुपर्छ सफल हुन

एक्लो भए पछी फेरी प्रीतले पोल्दो रैछ

 

स्वार्थ बिना यहाँ कहाँ चल्छ र खै संसार हाम्रो

बिस्वाशघात गर्ने सारा मितले पोल्दो रैछ

 

पोखरा नेपाल
हाल काठमाण्डौ नेपाल


गजल २८७

October 19, 2010

बसन्त कुमार श्रेष्ठ 'क्षितिज'

 

सागरै त अन्तिम बिन्दु, बगरलाई छोई जाउ

चिता नगिच  उभिएर केही क्षण त रोई जाउ

 

देउरालीलाई भनिदिनु, यो जन्ममा भेट हुन्न

मुटुमाथि ढुङ्गा राखी तर्पण तिम्ले दिई जाउ

 

थामिएन  हाम्रो माया, मझेरीमा पोखिएछ

नयाँ जीवन सुरु गरी,  मनको पीर सिई जाउ 

 

सँगै मर्ने सँगै जिउने, सबै वाचा भुल अब

हजार आउला तानाहरु, विष सम्झी  पिई  जाउ

 

मख्मली र जाइजुही, मेरै लागि फुल्थे होला

दुई थुङा टिपिकन, अन्तिम भेट लिई  जाउ


गजल २८६

October 19, 2010

हरि मानन्धर ' विवश '

 

तिम्रै हातले विष बरू पिलाइदिए हुन्छ

पीडा मुक्त स्वर्ग तिरै मिलाइदिए हुन्छ

 

कति बाँच्नु दुःखका दिन तड्पिएरै यहाँ

लोभ, क्षोभ, प्रेम मुक्ति दिलाइदिए हुन्छ

 

समस्या नै नभएको अर्कै जिन्दगीमा

सुःख खोज्ने अश्रुधारा विलाइदिए हुन्छ

 

भोलि फाट्ने घाउ सम्जी दुःख्छ आजैदेखि

नफाटोस् भो मनको बाँध सिलाइदिए हुन्छ

 

क्याक्मी ९, स्याङ्ग्जा  नेपाल

हाल इजरायल


गजल २८५

October 10, 2010

कृष्णदास भण्डारी ‘काँइलो’

 

दोधारमा धेरै जना अल्मल्लिरहेका छन्

राप बिनाको आगो तापी खल्बल्लिरहेका छन्

 

पहाडका साइला माइला निराश देखिदै छन्

तराईबासी बाटो खोज्दै ढल्पल्लिरहेका छन्

 

रोएका छन् शहर वस्तिमा घर घरनाहरु

भुल्नेहरु पापै पापमा सल्बल्लिरहेका छन्

 

हिउँले शिखर ढाकेझैं सत्यताले ढाक्नु पर्ने

मोजमजा र उत्ताउलोले रल्बल्लिरहेका छन्

 

परमेश्वरको सृष्टिभित्र मृत्यु पर्खनेहरु

सत्य कुरो नभेटाएर तल्बल्लिरहेका छन्

 

बोइजी

इडाहो अमेरिका


गजल २८४

October 10, 2010

गोविन्द लुइँटेल

 

बाहिर हाँसो भित्र आँसु रीत रहेछ जिन्दगानी

कहिले मिलन  कहिले विछोड प्रीत रहेछ जिन्दगानी

 

एउटा लेख्ने अर्को सुन्ने संगित त्यो संगितकारको

भाव स्वर मिलार्इ गाइने गीत रहेछ जिन्दगानी

 

ढाट छल कतिकति काँहि छैन सत्य वचन

यही भिडमा आखिर बाँच्ने जीत रहेछ जिन्दगानी

 

सोच्यो यौटा अर्को रुप कृष्णजीको लीला जस्तो

दुःख सुख बाँढ्ने फेरि मीत रहेछ जिन्दगानी

 

लरेन्स,

कान्सास अमेरिक


गजल २८३

October 10, 2010

अन्जु अन्जली

 

मौनतामा तिम्रा नयन केही बोले जस्तो लाग्यो

मनको कुरा अलिकति केही खोले जस्तो लाग्यो

 

यस्तो प्रश्न गर्यौ तिम्ले जवाफ मसँग थिएन

माफ् गर तिम्रो हृदय मैले पोले जस्तो लाग्यो

 

आकाश ओढी धर्ती बिछ्याई चुप्चाप् सँगै हिँड्ह्यिौ

फेरि पनि एकान्तमा प्रीत घोले जस्तो लाग्यो

 

रित्तो सडक रित्तो शहर रित्तै थियो शब्द पनि

मनमनै एक अर्काको चाहत् मोले जस्तो लाग्यो

 

यु.के


गजल २८२

October 10, 2010

शुमन मञ्जरी

 

टाढा भयौ तिमी मलाई यता, दु:खायौं

हाँसो मात्र दियौ र त ति आसुँ, लुकायौं

 

हुन्थ्यो जीवन सधैं सधैं नै भरीभराउ

मेरै लागि त्यो मौका जाना-जानी, चुकायौं

 

सागर झै स्थिर र बोक्दै गहिरो भाव

जुध्नासाथै नयनहरु तिम्ले, झुकायौं

 

खोजी थियो एउटा मुटु तिमी मै भेटें

बोकी ल्यायौ मीठो मिलन प्रेम, फुकायौं

 

को होला र एक्लै खुशी यो दुनियाँ माझ

थाम्यौ हात एक्लोपनको आसुँ, सुकायौं

 

काठमाण्डौ नेपाल


गजल २८१

October 10, 2010

शविन सिंह

 

यात्रा थालि पाईला उठे सङ्घारमै गोधुली छ

रात परे के नै भयो साथ दिने जुनेली छ

 

साजगाज बिनापनि गाउनै छ जीवन गीत

सँगसँगै रमाउने एकान्तको सुसेली छ

 

पीर वेथा हरि दिन सँधै कहाँ सकुला र

लाज पचाई आँखा मेरा छोपीदिने परेली छ

 

के रिस गरुँ देउतासँग उसले दिएको जूनीलाई

सुखदुख रमाउने यो मन उसकै कोसेली छ

 

सगर नाप्छु भन्छ कैले सागरमा डुब्छ कैले

आफ्नो मनको चाह यौटा नसुल्झिने पहेली छ

 

अँधेरीको चादर ओढी सुस्ताई दियो जगत सारा

अनि मात्र थाहा भयो ‘शविन’ भित्रै उजेली छ

 

कपिलवस्तु नेपाल


गजल २८०

October 10, 2010

रामु चञ्चल

 

बलि चढाई देउता पुज्ने, रात दशैंको

कहिँ रुवाई कहिँ हँसाइ, जात दशैंको

 

चामल पिठो घरमा छैन, मान्ने कसरी ?

सिस्नो टिपी पेट भर्नेलाई, घात दशैंको

 

नान चाहियो चिची चाहियो, भन्छ पुतली

अबोधले के बुझोस बज्रपात दशैंको

 

चुहुने छानो चिसो छ चुल्हो, बाल्ने कसरी ?

कति सहनु वर्षनै पिच्छे, लात दशैंको

 

आडम्बरमा खोक्रोपनको, शान लाउने

बाह्रमासेमा रम्नेहरुलाई, मात दशैंको

 

इटहरी नेपाल


गजल २७९

October 10, 2010

श्रीराम गौतम

 

खुम्चिएको अनुहार हिजोआज फुक्न थाल्यो

किन औंलो दियौ भन्दै डुंडुलो नै थुत्न थाल्यो

 

हिमाल जस्तै स्वच्छ मन अझै सफा हुन्थ्यो होला

दोबाटोमा अल्झाएर अश्मिता नै लुट्न थाग्यो

 

स्वच्छन्द त्यो विचारको कुनै मूल नफूटेर

डराएर कोशी नदी आफू आफै सुक्न थाग्यो

 

सियो धागो लिंदै बस्यौं गाँस्न भनी फूल-माला

नफक्रिंदै कोपीलामै मालीले नै चूट्न थाल्यो

 

हिजोजस्तो भाइचाराको सम्बन्धलाई बिर्सिएर

तेरो-मेरो प्रबृतिले देश झनै दुख्न थाल्यो

 

होचो-अग्लो उचो-निचो भावनाको विकास हुँदा

लजाएर सगरमाथा जनसामु झुक्न थाल्यो

 

गुल्मी नेपाल


गजल २७८

October 3, 2010

ललिजन रावल

 

कसको भाग्य फुटेको छ, को हो भाग्यमानी ?

लेखा–जोखा  कति  गर्नु,  कति  कुराकानी ?

 

जिन्दगीको एउटा पाटो सधैं भिज्ने गर्छ

थाहा छैन भिजाउने त्यो, आँसु हो कि पानी

 

जति हाँस्न खोज तिमी, जति ढाँट्न खोज

तिम्रो पीडा खोली दिन्छ भिजेको सिरानी

 

हृदयको कुनाभित्र लुकेकी पो छौ कि ?

या त बनी बसेकी छौ आँखाभित्र नानी

 

पीर बोकी थिर मन, कहाँ हुन सक्छ ?

कता–कता बरालिने बसी सक्यो बानी

 

थाहै नपाई यात्राभरि केही बिराएँ कि ?

भए जस्तो लाग्या छैन गल्ती जानीजानी 

 

काठमाण्डौ नेपाल

© ललिजन रावल


गजल २७७

October 3, 2010

रमेश पौडेल

 

बिचरालाई पाता क्यानाम कस्नु भएछ ?

उसैलाई छुरी  क्यानाम धस्नु भएछ ?

 

दुधै ख्वार पालेका थे जतन गरेर

गोमनलेझैं राती क्यानाम डस्नु भएछ ?

 

चोरको नाइकेले सबै  चिन्नु पर्ने थ्यो

त्यै डॉकाको घरमा क्यानाम पस्नु भएछ ?

 

आकाश पाताल छुने कुरा गर्नु हुन्थ्यो नि

घरकै धुरीबाट क्यानाम खस्नु भएछ ?

 

सपनाको महल पनि ढलेछ क्यार

दोबाटोमा मागी क्यानाम बस्नु भएछ ?

 

काठमाण्डौ नेपाल

 © रमेश पौडेल

 


गजल २७६

October 3, 2010

आचार्य प्रभा

 

कसरी उसले, भएको कुरा, ढाँटेछ सजिलै

किनपो हो नी, असत्य कुरा, साटेछ सजिलै

 

मायालु बन्ने, निहुँले हिजो, बनेथ्यो पागल

पागलै बनी, सत्यको बाटो, काटेछ सजिलै

 

असत्य शब्द, झुटको खेती, कहिले पाक्छ र ?

उस्को नै मन, आखिर फेरि, फाटेछ सजिलै

 

अर्काको मन, चोर्नमा कत्ति, शिपालु थियौ नी

तस्बिर हेर्दै, मनको पीडा, चाटेछ  सजिलै 

 

भन्नु के मैले, बाँकी नै छैन, सम्झाउँ कसरी ?  

मायाको फूल, उमारे भन्दै, झाँटेछ  सजिलै

 

कोलोराडो अमेरिका


गजल २७५

October 3, 2010

हरि मानन्धर "विवश"

 

बगैचा भरि फुल्ने गुलाव फूल हो जिन्दगी

नसम्झे हुन्छ गल्ति गरिने भूल हो जिन्दगी

 

खहरेको त्यो भेल होइन न यो बर्षे झरी

निरन्तर सदा बगिरहने मूल हो जिन्दगी

 

दीर्घकालिन रोग होइन सधै पीर गर्न

औषधी गरी सकेपछिको सूल हो जिन्दगी

 

निर्बल छु भनि पर्दैन बस्न एक्लो सम्झिएर

ठेलेरै पाखा लग्न सकिने हूल हो जिन्दगी

 

क्याक्मी ९, स्याङ्ग्जा

हाल इजरायल


गजल २७४

October 3, 2010

अनन्त लम्साल बगर

 

निरासामैँ दिनहरु काट्यो जिन्दगीले

अपजस् को धुलो मैलो चाट्यो जिन्दगीले

 

बेहिसाब दु:खका ति, कुल्ची डोबहरु

मोती बाँडी अश्रु बुंद, साट्यो जिन्दगीले

 

खुम्चिएर तन्किएर, कैले खीइएर

रैति रम्ने पिङ्को डोरी, बाट्यो जिन्दगीले

 

आउँछ रे नाम भन्दै, गर्यो उपकार

आश्वासनमा आफैँलाई, ढाँट्यो जिन्दगीले

 

ओढाएरै आदर्शका बर्को फेरी फेरी

बहुमुल्य आयु त्यसै झाँट्यो जिन्दगीले

 

 बागेशोरी ४, नुवाकोट


गजल २७३

October 3, 2010

नन्दलाल आचार्य

 

पसिनाको मूल्य पनि पैसालाई ठान्ने तिमी ?

बसिखाने मान्छे बारे धेरै कुरा जान्ने तिमी

 

मान्छेमान्छे बीचमा फरक कतिवटा भन्छौ भन

बसिखाने गरिखाने फरक केमा मान्ने तिमी ?

 

पारिजात, लक्ष्मीप्रसाद सधैँ सधैँ बाँचिराछन्

सदाबहार नभएमा कस्तो जीवन धान्ने तिमी ?

 

पाखुरीका धनी मान्छे हातेमालो गर्दैछन् रे

सोच्दैछौ रे निर्धोलाई कसरी पो छान्ने तिमी ?

 

बल्ल पाएँ दल्न भनी मान्छेलाई पशु ठान्छौ

यस्तै चालले जीवनरथ के गरेर तान्ने तिमी ?

 

तपेश्वरी–१, गल्फडिया, उदयपुर

nandalalacharya@gmail.com


गजल २७२

October 3, 2010
 

प्रकाश धमाला

 बिरानो माया बिरानो ठाउँ जातै छ बिरानो

काँडा र फुल उस्तै छ  तर पातै छ बिरानो

 

बिर्सेको छैन खेलेको आगन भुलेको छैन गाउँ

सिरानी कोमल हुँदैन यहाँ  हातै छ बिरानो

 

सपना किन नराम्रो देख्छु जलेका  घरहरु ?

साथी र संगी पराइ भए वातै छ बिरानो

 

बिहानी घाम कोठामा पस्छ संजाउँदै भूमि

भोक र निन्द्रा  कहिले छैन रातै छ बिरानो

 

अष्ट्रेलिया


आदिगजलकार मोतिराम भट्टको १४५ औं जयञ्ती विशेषाङ्क !!

September 13, 2010

संपादक

संपादन सहयागी

 

 

 

 

 

 

 

मोतिराम भट्टदेखि पुरानाघरेसम्म छपाँयौं
छोडदैनछाडि हो फेला परेसम्म छपाँयौं

साँच्चै सरल थिए सबै मीठामीठा भावहरु
डाली थापी हल्लायौं र झरेसम्म छपाँयौं

बेलैदेखि बोल्यौं हामले जयञ्तीको भाका
सबसे अघि सुरु गरेर भरेसम्म छपाँयौं

       जति भित्र छिर्यौं पायौं भिन्नभिन्न स्वाद
    सुललित बग्यो जब खहरेसम्म छपाँयौं

लामो समयदेखिको अथक परिश्रम यहाँ आइपुग्दा ८० भन्दा ज्यादा गजलहरु पस्कदै आदिगजलकार मोतिराम भट्टको १४५ औं जयञ्ती   विशेषाङ्कको रुपमा प्रकाशन भएको उल्लास नेपाली गजलका समस्त पाठक र सर्जकहरुमा निवेदा गर्न चाहन्छौं । यो गजलको उत्थानमय दौडधुपमा रचना संप्रेषण गरी सहभागिता जनाउनुहुने गजलमनहरुलाई सनम्र आत्मभाव टक्राउन चाहन्छौ । गजल संकलनमा सहायता गर्नुहुने समस्त नेपाली गजलका अभिभावकहरुमा धन्यवादसहितको नतमस्तकता जाहेर गर्न चाहन्छौं । गजल पढेर सुधार्ने मौका दिनुहोला, यसकालागि पुनः धन्यवाद छ ।  

संपादक—पुरानाघरे
संपादन सहयागी—उपेन्द्र रेग्मी


डायस्पोरामा नेपाली गजल

September 13, 2010

 

लेखक

 भक्त घिमिरे

न्युयोर्क अमेरिका

गजल गजल हो, त्यो भन्दा अधिक परिभाषाको अब आवश्यकता छैन । यो अरू विधाझैं आफ्नो स्वतन्त्र र सग्लो अस्तित्व पहिचान लिएर उभिन सफल भएको छ आजभोलि। गजल आधुनिक साहित्यमा पूर्ण प्रभावकारी काव्यविधाको  रुपमा अब स्थापित भइसकेको छ। साहित्यका उपन्यास, गीत, कविता आदिजस्तै शालीन, शसक्त र प्रभावकारी विधा हो गजल । एउटा जमाना थियो जतिबेला राजारजौटा र रइसहरुका कोठीमा मात्र गाइन्थ्यो गजल । तर वर्तमान युगमा गजल पूर्ण विधागत रूपान्तरण भई साहित्यिक अस्तित्व लिई एउटा स्वतन्त्र, सिंगो आधारशिलामा उभिएको छ । विषयगत भावभूमि एउटै भए पनि साहित्यका हरेक विधाको संरचना पृथक हुनका साथै स्वतन्त्र रुप हुन्छन् ।

त्यसैले गजललाई कुनै अन्यविधागत साहित्यिक संरचना अन्तर्गत तानेर अर्काको छाता ओढाउन आवशयक छैन। शैलीगत लघुता, सूक्ष्मता, गहनता, शालीनता, संक्षेपीकृत, आन्तरिक विस्तृतता, भावसघनता, विम्बात्मकता, प्रतिकात्मकता, अनुभूतिगत अतिरञ्जना, कल्पनाशीलता, लौकिकता, शब्दविन्यास, चमत्कारिता, स्वतन्त्रतामाथिको विषयगत उपस्थिति, जीवनवाद र प्रभावकारी सापेक्षता, मिसराहरुको अन्योन्यासृत अन्तरसम्बन्ध, शिष्ट र शालीन भाषाको प्रयोग आदि सगुणहरूले नेपाली गजललाई  उत्कृष्ट उचाइ दिएका छन्। यसरी यो विविधताले गजललाई आकर्षक एवं मनमोहक विधाको रुपमा स्थापित गरेको छ । विश्व साहित्यको खुल्ला आकाशमा यही अभियान भित्र एउटा युगिन घाम झुल्किन सक्यो जुन ‘आधुनिक गजल लेखन’ को रूपमा हाम्रो सामु उपस्थित छ । 

Read the rest of this entry »


गजल २७१

September 13, 2010

मोतिराम भट्ट

 

म तिम्रा अघी पर्न लायक् कहाँ छू

त्यसैले अघी सर्न लायक् कहाँ छू

 

हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछू

बिना मर्जि आँट गर्न लायक् कहाँ छू

  Read the rest of this entry »


गजल २७०

September 13, 2010

 

 

भीमनिधि तिवारी

सधैँको लागि आउने भए मेरी बनाउँला

फकाउँला, फुलाउँला, गिज्याउँला, हँसाउँला

 

वसन्ती फूलबारीमा बढाई प्रेम प्यारीमा

चमेलीको छहारीमा बसी माला गुथाउँला

  Read the rest of this entry »


गजल २६९

September 13, 2010

गोविन्द बिकल

 

तिमी आयौ तिमीसँग तिम्रो धून आयो

हराएको आकाशको एउटा जून आयो

 

गर्मी थियो कोठाभित्र हपहपी गर्मी

चिसो हावा यो देहमा सर्रर छुन आयो

  Read the rest of this entry »


गजल २६८

September 13, 2010

डा. परिश्रमी

 

खै के बताऊँ म मेरो हाल खबर सहरको

यहाँ जैलेसुकै हुन्छ व्यापार मीठो जहरको

 

इमानको साँचो खुल्न निकै हम्मे पर्छ

शहरमा आजभोलि बन्द ताला रहरको

  Read the rest of this entry »


गजल २६७

September 13, 2010

विवश कोइराला

उसै राम्रा  मृग नयन गाजलुले घेरी नराख
अन्जानैमा माया बस्ला एकोहोरो हेरी नराख

 

आज त्यति राम्रो छैन तिम्रो जोडा सुहाउने
घोडा चढी आउँछु लिन रङ्ग ओठको फेरी नराख

Read the rest of this entry »


गजल २६६

September 13, 2010

सुन्दर कुरुप

 

बाँचुञ्जेल तिम्रो मेरो ज्यान एउटै होस्

मरे पछि पनि हाम्रो चिहान एउटै होस्

 

छुट्टिएको सपनादेखि रातमा कतै रोयाँै भने

हामी रुँदा खस्या आँसु बिहान एउटै होस्

  Read the rest of this entry »


गजल २६५

September 13, 2010

प्रकाश आङ्देम्बे

 

बुद्ध अंकित शान्तिका ती तूल पनि शंका लाग्छ

दायाँ वायाँ फुलेका ती फूल पनि शंका लाग्छ

 

खेलौना नि बन्दुक माग्छन् आजकलका बच्चाहरु

त्यसैले त बच्चाका हूल पनि शंका लाग्छ

  Read the rest of this entry »


गजल २६४

September 13, 2010

आचार्य प्रभा

 

खोसेर मेरो मनको कुरा हाँसेछौ कसरी ?

चुँडेर जाने मायाको माला गाँसेछौ कसरी  ?

 

भन्दिन भन्थ्यौ दुःखको बचन् कहिल्यै मलाई

प्रीतिको फूल सुकाई आज मासेछौ कसरी  ?

  Read the rest of this entry »


गजल २६३

September 13, 2010

भोजराज घिमिरे

 

मनैभरि, तनैभरि, देशको माया मुटुभरि

सम्झी मुटु गाँठो पर्छ झर्छ आँसु धरधरि

 

उतै आमा, उतै बाबा, साथीसङ्गी सारा उतै

एक्लो छु म, फगत एक्लो, दु:ख्छ मुटु घरिघरि

  Read the rest of this entry »


गजल २६२

September 13, 2010

याम थुलुङ

 

बिना वादल पानी पर्नु मेरो गल्ती कहाँ हो र

अचानक चट्याङ्ग झर्नु मेरा गल्ती कहाँ हो र

 

पानी पर्नु चट्याङ्ग झर्नु हलगोरु ठहरै मर्नु

प्रकृतिले विनाश गर्नु मेरो गल्ती कहाँ हो र

  Read the rest of this entry »


गजल २६१

September 13, 2010

 

घनेन्द्र ओझा

केही मीठा कुराहरु सुनाएर जाऊ

अलिअलि पीडाहरु भुलाएर जाऊ

 

राख्नुहुन्न मनभित्रै गुम्स्याएर भावहरु

आफ्नै ठानी सारा व्यथा फुकाएर जाऊ

  Read the rest of this entry »


गजल २६०

September 13, 2010

जनक पौडेल

 

मानिसकै भीडबाट हराउने कस्तो मान्छे ?

मान्छे खोज्दै मान्छेबिच कराउने कस्तो मान्छे ?

 

हिजो भन्दा आज झन् मान्छेसँग मान्छे छैन

मान्छेलाई देख्दा पनि डराउने कस्तो मान्छे ?

  Read the rest of this entry »


गजल २५९

September 13, 2010

भुपेन्द्र तिम्सिना

 

बर्सौं बित्यो डेरा सर्दै, बासको ठेगान छैन 

बिना तलब जागिर दिन्छन्, गाँसको ठेगान छैन 

 

अभावको पहाड उठी, थिचिरन्छ सधैं

कति तल पुगिएला, भासको ठेगान छैन

  Read the rest of this entry »


गजल २५८

September 13, 2010

प्रकटकुमार शिशिर

 

कस्तो तिम्रो राज हो एकाधिकार मात्रै

जहाँ गयो तिम्रै एकलौटी बजार मात्रै

 

अचम्मै छ तिम्रो वस्तुको मूल्य निर्धारण

प्रतिस्पर्धा कोही छैन तिम्रो संसार मात्रै

  Read the rest of this entry »


गजल २५७

September 13, 2010

नारायण रिजाल

मोतिराम  नेपाली साहित्यको फूलबारी गोड्यौ तिमीले
नेपालीको मुटु छिरेर काब्यमा मीठास जोड्यौ तिमीले
 
पुकार्छौं  तिमीलाई धन्य छौ जन्म लियौ नेपाली कोखमा
दु:ख र बेदनाका सुस्केराहरु नेपालीमा मोड्यौ तिमीले
  Read the rest of this entry »


गजल २५६

September 13, 2010

स्वप्निल प्रमेश

थोपा थोपा सिरानीमा झरेपछि थाहा हुन्छ

माया भन्ने कस्तोहुन्छ गरेपछि थाहा हुन्छ

 

किनारैमा बसी अन्दाज गर्न धेरै सजिलो छ

गहिराई जान्नलाई तरेपछि थाहा हुन्छ

  Read the rest of this entry »


गजल २५५

September 13, 2010

मनु लोहोरुंङ

 

नछुटिने एउटा नाता, जोड्नु थियो तिमीसँगै

नटुङ्गिने एउटा यात्रा, मोड्नु थियो तिमीसँगै

 

चाहिदैन मलाई यहाँ, घोच्ने काँडा गुलाफको

अजम्मरी एउटा फूल, गोड्नु थियो तिमीसँगै

  Read the rest of this entry »


गजल २५४

September 13, 2010

उमेश आचार्य

माफ गर सानु तिमलाई दरवार दिन सक्दिन म

आकशका तारा झार्ने प्यार दिन सक्दिन म

 

झुटको खेती सपारेर तिम्लाई आफ्नो बनाउन

आस्वाशनका बोली रुपी बिचार दिन सक्दिन म

  Read the rest of this entry »


गजल २५३

September 13, 2010

लेकाली सुनगाभा

 

आदिश्रष्टा बन्यौ गजलको छवि बनी चम्कियौ

भयौ मोति अजर सधैँको रवि बनी चम्कियौ

 

साँच्चै मीठा श्रीङ्गार रसका जन्जीब्रोमा झुण्डिने

रघुवंशै लेख्यौ र पिकदूत कवि बनी चम्कियौ

Read the rest of this entry »


गजल २५२

September 13, 2010

अमर 'सरोवर'

हेर्दाहेर्दै आँखाबाट, खुसीहरु पार भयो

दुःखीरुने जिन्दगीमा, फेरि अर्को हार भयो

 

चर्किएर सिसा जस्तै, टुक्रा-टुक्रा भए पछि

दुई दिने जिन्दगानी, आफैंलाई भार भयो

  Read the rest of this entry »


गजल २५१

September 13, 2010

शुमन मञ्जरी

 

तिमी मेरो होलाउ भन्ने, ठहर मर्दै गयो

सँगै जीवन जिउँला भन्ने, रहर मर्दै गयो

 

लेख्नु छैन गजल अब यादमा तिम्रो मैले

याद उन्ने गजलको त्यो, बहर मर्दै गयो

  Read the rest of this entry »


गजल २५०

September 13, 2010

उमा सुवेदी

आफ्नै घर सल्काउँदा आफ्नैबाट ताली पाएँ

फूल काटी काँडा गोड्ने अनुभवी माली पाएँ

 

दुराचारी पूजारी  भो भक्ति भाव दानवकै

देवहरू डराए कि मन्दिर सबै खाली पाएँ

  Read the rest of this entry »


गजल २४९

September 13, 2010

सुनिल संगम

सबैबाट प्रजातन्त्र भन्ने एउटै बोली आयो

छेउकै साथी ढल्यो हजूर कताबाट गोली आयो

 

शान्तिको त मुहान भन्छन् बुद्धको यो देश मेरो

अशान्तिले छोयो हजूर रगतकै होली आयो

  Read the rest of this entry »


गजल २४८

September 13, 2010

सिमा आभास

यो शान्ती भूमि हो नजाउ लडाँइमा

गोली र बारुद नखाउ लडाँइमा

 

बिश्वास छ बुद्ध जन्मनेछन्

ओम माने पेमे हूँ नगाउ लडाँइमा

  Read the rest of this entry »


गजल २४६

September 13, 2010
रोशनी खनाल

रोशनी खनाल

 

तिमी भेटेपछि लाग्यो फूलजस्तै फुल्ने रहर

तिमीभित्रै हराएर दुनियाँ नैं भुल्ने रहर

 

छरपस्ट किताब हूँ म सम्हालेर राख तिमी

मलाई पनि लागेको छ तिमीलाई बटुल्ने रहर

  Read the rest of this entry »


गजल २४५

September 13, 2010

परेलीमा आँसु रोक्ने, बार लाउन पाए

चालिएका कदमको, सार लाउन पाए

 

भूमरीमा फँसेको छ, बगिजाने खोला

अल्झाउने समस्यालाई, पार लाउन पाए

  Read the rest of this entry »


गजल २४४

September 13, 2010

एकादेशको गगनराज

 

हिजोआज मलाई आउँछ बल् साँझतिर

एक्लै भएँ प्यारो भा’छ बोतल् साँझतिर

 

जुनकिरी नै प्यासी बने अकस्मात फेरि

हुन्छ जूनलाई मलाई हेरी तल्तल् साँझतिर

  Read the rest of this entry »


गजल २४३

September 13, 2010

प्रमोद थापा ‘विलीन’

 

सगुन आयो सुपारी कुड्को खाउँ कि नखाउँ

रहेछ उनको बिहेको निम्तो जाउँ कि नजाउँ

 

मिलन हुने आसमा थें म उनको मन वद्लेछ

मेरो त्यै आश मरेको हेर्न आउँ कि नआउँ

  Read the rest of this entry »


गजल २४२

September 13, 2010

किरण टी लिम्बु

हुरी माझ दीयो सरि जलिरहेछ जिन्दगी

तेल विहीन बाती सरि बलिरहेछ जिन्दगी

 

सपनाको महलमा दिलको राजा बास गर्दा

बालुवाको घर सरि ढलिरहेछ जिन्दगी

  Read the rest of this entry »


गजल २४१

September 13, 2010

जितेन्द्र मल्ल

 

छुट्टीनु नै, छ भने नि, दुई किनारको दूरी देऊ

उडाई लगोस्, सबै याद, यस्तो कुनै हुरी देऊ

 

मीठो बोली मुटु रेट्दा, दुखिसकें दुख्नु जति

तीतो बरु अझै तीखो, वचनको त्यो छुरी देऊ

  Read the rest of this entry »


गजल २४०

September 13, 2010

अनन्त लम्साल ‘बगर’

 

रोक्न सक्छौ रोक प्रवेश, कित देउ मलाई

अधरैमा टप्कने त्यो, शीत देउ मलाई

 

आशा भाषा भो नदेउ, घाइते पो हुन्छु म

घाऊ पुर्ने सम्मोही, अमृत देउ मलाई

  Read the rest of this entry »


गजल २३९

September 13, 2010

सविन सिंह

माया नै हो धर्म मेरो माया नै भो जात मेरो

माया प्रेमको भजनमा बित्छ दिन रात मेरो

 

भाग्यसँग भिड्न सक्छु आँट मेरो कसले नापोस्

डराउँछ आजभोलि दशा साढे सात मेरो

  Read the rest of this entry »


गजल २३८

September 13, 2010

गोविन्द फुएल

बाँच्न पनि मन छैन मर्न पनि सकिएन

धेरै गर्छु भन्थे केही गर्न पनि सकिएन

 

कति पटक एकान्तमा घोत्लिएर सोचिरहँदा

अरु माथि आफू तल पर्न पनि सकिएन

  Read the rest of this entry »


गजल २३७

September 13, 2010

यात्री शेखर

गुन्द्रुकसँग ढिंडो खा’को मज्जा वेग्लै

पर्म तिर्न मेला गा’को मज्जा वेग्लै

 

रोपार एकातिर, हली अर्कै मेलो,

मेलो गर्दै माया ला’को मज्जा वेग्लै

  Read the rest of this entry »


गजल २३६

September 13, 2010

राजा पुनियानी

 

 

जब-जब हुरी चल्छ भित्र जाग्दैन र शैलुभाइ ?

पल्टाइदिउँ कि संसार यो लाग्दैन र शैलुभाइ ?

 

आगोको फूल बोकी जुलुस हिँड़्छ मान्छे

गजलको रापले हिउँ माग्दैन र शैलुभाइ ?

  Read the rest of this entry »


गजल २३५

September 13, 2010

अजुर्न प्रधान

 

 

राम मोती भए सी, सिता गजल

शेरमा श्रृंगारिक छ, रिता गजल

 

सपनीमा देख्या जस्तो कहाँ हुन्छ ?

रावणजति जीता अब, जिता गजल

  Read the rest of this entry »


गजल २३४

September 13, 2010

नारायण गाउले

तीर उसको काँध मेरो निसान उसैको

दोषी साबित हुनुमा म किटान उसैको

 

जति टाढा गयो उति नजिक भएँ म

निन्दा जसको चर्चा उसकै बखान उसैको

  Read the rest of this entry »


गजल २३३

September 13, 2010

चोकमान तुम्बापो

 

कल्कलाउँदो जोवान झरी जाला सोल्टिनी

अझ साँची राखे मरी जाला सोल्टिनी

 

अजीवको हुन्छ जीवन वाचा गरी छाडे

कैले नआउने गरी जाला सोल्टिनी

  Read the rest of this entry »


गजल २३२

September 13, 2010

 

 

कृष्ण घिमिरे

चिन भूटान अमेरीका नेपाल उस्तै-उस्तै

सबलाई था’छ संसारको हिमाल उस्तै-उस्तै

 

रूप फरक होला मान्छु दिमाग पनि फरक होला

तर सबै जन्मदाको नाल उस्तै-उस्तै

  Read the rest of this entry »


गजल २३१

September 13, 2010

भक्त घिमिरे

 

रुन्न भन्छु आँसु झर्छ हाँसौं कसरी ?

छाती भित्र पीडा धेरै बाचौं कसरी ?

 

साथी भन्छन् आँसु हाँसो दुबै जीवन हो

भन साथी मेरा खुसी नापौं कसरी ?

  Read the rest of this entry »


गजल २३०

September 13, 2010

तिर्थ 'यात्री' पौडेल

सबै हिडे देश छोडी माटो रोयो आज

दुर्घटना बढ्दै जाँदा बाटो रोयो आज

 

व्यञ्जनमा भुलेका छन् शहरमा सारा

ढिडो रोटो गाउँमै बसी आँटो रोयो आज

  Read the rest of this entry »


गजल २२९

September 13, 2010

जगत तामाङ

गन्तब्यहीन यात्रामा  सफलताको कुरा हैन

जिउँदो लासको जात्रामा वचनको छुरा हैन

 

सारा यात्रा आफ्नो मुटुको घाउ बनेपछि

फुट्ने एकै पलमा यो मन अब चुरा हैन

  Read the rest of this entry »


गजल २२८

September 12, 2010

आयुष चौधरी “सम्मोहन”

 

यो जिन्दगी ब्यथाबिच आशैआशको कहानी भो

खण्डहरझैं स्वप्नमहल लाशैलाशको कहानी भो

 

आफ्नै रगत पसिनाले जति सिंचे पनि आज

कहर बन्यो स्वार्थी संसार दासैदासको कहानी भो

  Read the rest of this entry »


गजल २२७

September 12, 2010

हरि मानन्धर 'विवश'

 

हत्केलाले बिहानी घाम छेक्न सकिएन

सत्कर्मीमा आफ्नो नाम लेख्न सकिएन

 

हर्षबढाईँ गर्दै छन् रे! अर्कै उल्लासमा

दृष्टि तार्छु रमिते लाम देख्न सकिएन

  Read the rest of this entry »


गजल २२६

September 12, 2010

भाष्कर काजी

नजर मेरो छलेर तिमी, अर्कैसँग हाँस्दा रैछौ

मलाई यता भर दिई अन्तै माया गाँस्दा रैछौ

 

तिमीभित्रै मेरो, चल्छ सास भन्थ्यौ तिमी

बिश्वास गर्दा रहेनछौ खाली जाँच्दा रैछौ

  Read the rest of this entry »


गजल २२५

September 12, 2010

अभागी कान्छा 'गाउँले'

 

परदेशिनु रहर हैन, बाध्यतामा थियो जीवन

वैमानीले छल गरी, आधा पारी लियो जीवन

 

 

सधै मेरै समीपमा, आफूलाई भुलाएर

हातहात मिलाउँदै, मलाई सुम्पिदियो जीवन

  Read the rest of this entry »


गजल २२४

September 12, 2010

गोपाल झापाली

 

दुनियाँले तिमीसँग वात लायो, वातै प्यार भो

माया पिलाएर हेर्यौ तिमीले, मातै प्यार  भो 

 

 

लजाउने तिम्रो बानि, किन हुन्छ आखिर ?

रातसँगै लाउँछु माया भन्यौ, रातै प्यार  भो 

  Read the rest of this entry »


गजल २२३

September 12, 2010

सुजन भट्टराई

 

ला‘को माया छोडिदियौ, त्यै भएर पो मुटु दुःख्यो

खा‘को कसम तोडिदियौ, त्यै भएर पो मुटु दुःख्यो

 

नजर नजर जुधाएर इसारा मै वात हुन्थ्यो,

आँखा अन्तै मोडिदियौ, त्यै भएर पो मुटु दुःख्यो

  Read the rest of this entry »


गजल २२२

September 12, 2010

बसन्तकुमार श्रेष्ठ 'क्षितिज'

 

 

जता चाहयौ उतै बगे, तिम्रो लहरमा 

कसिंगर पो बनें क्यारे तिम्रो नजरमा

 

साथ दिने वाचाकसम, कसरी पो भुल्यौ ?

अरु कोही डुले क्यारे, तिम्रो अधरमा

  Read the rest of this entry »


गजल २२१

September 12, 2010

टेकेन्द्र अधिकारी

 

दुःखम्सुखमको फ्वाँक जिन्दगी

मिलन विछोडको क्वाँक जिन्दगी

 

तेरो मेरो भ्रम सास हुन्जेल मात्र

मरेपछि उडिगयो प्वाँख जिन्दगी

  Read the rest of this entry »


गजल २२०

September 12, 2010

मेचिपुत्र

 

मिलनमा ‘नि पिउँछु अचेल बिछोडमा ‘नि पिउँछु

खुसी सारा घटाउ पीडा जोडमा ‘नि पिउँछु

 

जीवन कसको लागि हो यो भन्दै सोध्छन् हूलबाट

प्रति उत्तर दिने अन्तिम निचोडमा ‘नि पिउँछु

  Read the rest of this entry »


गजल २१९

September 12, 2010

सुमित सुवेदी

 

तपाईलाई नै सम्झी राति, रुन्छु कसम हजुरको

जुनिजुनी तपाईको नै, हुन्छु कसम हजुरको

 

मेरो मुटु तपाइ त, कहाँ छोड्न सक्छु मैले

तपाईलाई नै जिवनसाथी, चुन्छु कसम हजुरको

  Read the rest of this entry »


गजल २१८

September 12, 2010

खगेन्द्र पन्धाक लिम्बू

आड लाग्ने तिम्रो-मेरो भित्ता बेग्ला-बेग्लै

गरी खाने तिम्रो-मेरो कित्ता बेग्ला-बेग्लै

 

एकै बाटो, एकै साथ हिंडे पनि कठै 

मरे पछि तिम्रो-मेरो चित्ता बेग्ला-बेग्लै 

  Read the rest of this entry »


गजल २१७

September 12, 2010

रामबिक्रम थापा

पत्र पुरानै मात्र खाम नयाँ

दिन उस्तै हो मात्र घाम नयाँ

 

खै, के फरक भो हिजो र आज

शब्द फेरियो मात्र नाम नयाँ

  Read the rest of this entry »


गजल २१६

September 12, 2010

ज्योतिपुञ्ज सुरेश

 

सेतो आफैंभित्र कालो आफैंभित्र

हुने कस्तो कति पालो आफैंभित्र

 

भर्न खोजे सुख, दुःख मिल्छ अझै   

खालि हुन्छ मनै, डालो आफैंभित्र

  Read the rest of this entry »


गजल २१५

September 12, 2010

नन्दलाल आचार्य

 

कस्तो बगरसरह सुनसान देख्छु र

मात्र पत्थर छ खै भगवान देख्छु

 

नाम जपेर खाने भए बदनाम

भ्रष्ट, पदलोलुप मात्र महान देख्छु

  Read the rest of this entry »


गजल २१४

September 12, 2010

किरण 'अनविज्ञ'

 

तिम्रो जोवन अर्काको, हुँदा रुने मन छ

निष्ठुरी तिम्रै फोटो, फेरि छुने मन छ

 

नियती उस्तो हो या दोष भाग्य को थ्यो

पीडा मनका आसुँ, झारी धुने मन छ

  Read the rest of this entry »


गजल २१३

September 12, 2010

नीलबहादुर खड्का

भोकालाई अघाइ दिन, आएनछ गणतन्त्र

दुःख-कष्ट भगाइ दिन, आएनछ गणतन्त्र 

 

पीरव्यथा जनताका, सुन्नेसमेत कोही भएनन्

निमुखालाई सघाइ दिन, आएनछ गणतन्त्र

  Read the rest of this entry »


गजल २१२

September 12, 2010

विष्णुप्रसाद चापागाईं

 

श्रृजनामा पोखिएर लेखिन्छ गजल
युगौंदेखि लेखिएको देखिन्छ गजल

 

 साहित्यको दुनियाँमा लहर छाउँदा
लय-भाव प्रसङ्गले चेपिन्छ गजल
  Read the rest of this entry »


गजल २११

September 12, 2010

मवि सिंह

 

पछ्यौरी ती रङ्गाइछौ, छानी-छानी

अल्झाउ मेरो बुटातिर, जानी-जानी

 

राम्रै भयो तिम्रो कांईयो, हराएर

कपाल कोर्नु मेरा औंला, तानी-तानी

  Read the rest of this entry »


गजल २१०

September 12, 2010

हरि धिमाल

 

मायालुको सन्देश बोकी हावा आउँदैछ रे

झर्ना खोला सुशाएर मीठो गीत गाउँदैछ रे

 

बिहानिको मिर्मिरेमा घामको किरण उदाउँदा

टल्कने त्यो हिउँसँग हिमाल मित लाउँदैछ रे

  Read the rest of this entry »


गजल २०९

September 12, 2010

सविन शार्मा धिमाल

सानै छँदा खेल्ने साथी सानी सम्झीएँ

जिन्दगीका कथा छानी—छानी सम्झीएँ

 

रिसाउँदा फकाउन सिउरी दिन्थें शीरमा

साँझ—पख फुल्ने रात—रानी सम्झीएँ

  Read the rest of this entry »


गजल २०८

September 12, 2010

क्षितिज विरही

 

नदेखाउ घमण्ड घमण्डीका कुल छन् मसँग

खुनको खुन लिने लडाकुका हुल छन् मगँग

 

जाने भए जाउ तिमी जूनदेखि माथिसम्म

जीवनदेखि माथि तार्ने पुल छन् मसँग

  Read the rest of this entry »


गजल २०७

September 12, 2010

कान्छाबाजे

 

सोल्टीनीलाई अंगालोमा कसाउनुको स्वादै मीठो

छाती भित्र न्यानो पारी बसाउनुको स्वादै मीठो

 

सक्दैनौं हामी दुबै एक अर्का बिना बाँच्न अब

झन–झन उनको माया पलाउनुको स्वादै मीठो

  Read the rest of this entry »


गजल २०६

September 12, 2010

सञ्जु गिरी

 

चोइटिएको जुन मेरो टाल्न नपाइ झर्यो आमा

साँचिएका स्वप्नहरु पाल्न नपाइ मर्यो आमा

 

वर्षैं देखि उर्लीएको अनुरागको भेल

सुनकोशीमा ढाल्न नपाइ हर्यो आमा

  Read the rest of this entry »


गजल २०५

September 12, 2010

ममता राई ‘मोक्तान’

 

सबले लेखे कनिकुथी बेग्लाबेग्लै उसको कथा

मैले लेखें वर्षै पिच्छे छानो चु’ने फूसको कथा

 

कति लेखौं जीवनमा पन्ना–पन्ना पल्टाएर

जतिखेरै गर्मी हुन्छ मच्छेड र उडुसको कथा

  Read the rest of this entry »


गजल २०४

September 12, 2010

शेरु राई ‘उदास’

 

पानी पर्छ हुरी चल्छ चट्याङ्ग पर्छ यही बेला

धमिराले मक्काएको बलो झर्छ यही बेला

 

 

लिनेहरु छैन भन्छन् कसैले दिने हैन

साथीभाइ इष्टमित्र पर सर्छ यही बेला

  Read the rest of this entry »


गजल २०३

September 12, 2010

गोविन्द सिँह घतानी

गोविन्दे, खरसाङ

झुक्नु हुँदैन अब यहाँ गोर्खाको शीर कहिल्यै

देख्नु हुँदैन मुहारमा अब गोर्खाको पीर कहिल्यै

 

जति पसिना बग्नु थियो चियाबारीमा बगिसक्यो

बग्नु हुँदैन आँखामा अब गोर्खाको नीर कहिल्यै

  Read the rest of this entry »


गजल २०२

September 12, 2010

रीतु थेबे

उनले सिन्दुरको जून दिए होलान

लजाउँदै गुनगुनाउने धून दिए होलान

 

अलङ्कार जप्ने तिमीलाई विश्वास झीर भयो

शीरमा फूल, हिरामोती सुन दिए होलान

  Read the rest of this entry »


गजल २०१

September 12, 2010

लक्ष्मीनारायण सुवेदी ‘विवश’

 

वैगुनी भई फूलको  वद्ला ढुंगाले हान्छ मान्छे

साम्मे हजुर भने पनि पछि खुट्टा तान्छ मान्छे

 

राम्रो केही हुनै हुन्न ईष्र्यालु आँखा बल्छन्

सित्तै पाए नपचे नि अलकत्रै खान्छ मान्छे

Read the rest of this entry »


गजल २००

September 12, 2010
 

उमा गौतम

अस्तित्वको पहिचान ढल्यो जिउनै पर्यो जिन्दगी

नसा – नसा गल्छन यसै जिउनै पर्यो जिन्दगी

 

बलात्कृत आमा रोइन झेलभित्र बाबु ढले

द्वन्द्वरुपी आगो बल्यो जिउनै पर्यो जिन्दगी

  Read the rest of this entry »


गजल १९९

September 12, 2010

मञ्जु खडका

आउन प्यारी यो जीवनमा तिम्रोलागि खाली छ

नजानु है त्यो वगानमा एउटा ढुक्वा माली छ

 

मेरो घरमा आउने बाटो पहिले नै देख्या छौ नि

आउने बाटो भुल्यौ भने घरकै सामु पाली छ

Read the rest of this entry »


गजल १९८

September 12, 2010

तिलारुपा आचार्य

 

खोइ ! कति लेखौं देश चर्किएको कथा ?

चोटै—चोटले मनहरु मर्किएको कथा

 

हिजो बहिनी आज आमा बलात्कृत हुँदा

असह्य भै धने अन्तै तर्किएको कथा

  Read the rest of this entry »


गजल १९७

September 12, 2010

थुक्तेनदोर्जी ड्रुक्पा

 

मुर्ख बनी मर्नेहरुलाई वीर भन्छन् नेपालीले

रगत चुसी पिउनेहरुलाई सीर भन्छन् नेपालीले

 

धनी जनको इतिहासमा गरीब कहाँ लेखिन्छ र ?

देशको भलो चाहनेहरुलाई पीर भन्छन् नेपालीले

  Read the rest of this entry »


गजल १९६

September 12, 2010

सुवास श्रेष्ठ

 

मन लगाइ साझ बिहान त्यो घाम हास्न छोडेको छ

अचेल त भाले पनि टाईममा बास्न छोडेको छ

 

यो मान्छेमा अनिकालको अभिसाप लागेको छ

निधारमा आशिर्वाद्को चामल टाँस्न छोडेको छ

  Read the rest of this entry »


गजल १९५

September 12, 2010

दलवीरसिंह बराइली ‘घायल’

आधी रात रुँदै काट्छु आधी मुर्छा पर्छु भन्थ्यौ

कहाँ गए सबै बाचा तिमी बिना मर्छु भन्थ्यौ

 

मनको यो सागरमा आँधीहुरी चल्दो रैछ

मायाको त्यो डुङ्गा चढी किनारामा तर्छु भन्थ्यौ

Read the rest of this entry »


गजल १९४

September 12, 2010

टंक वयलकोटी

 

खोइ के भो आज फेरि विरहमा झर्यो आँसु ?

याद आयो देशको अनि सिरानीमा पर्यो आँसु

 

देश भेष भाषा सबै पराई बने दुःख लाग्छ

मुटु पोल्यो रातबीच रुँदारुँदै टर्यो आँसु

Read the rest of this entry »


गजल १९३

September 12, 2010

इटाघरे

 

निरंकुशता उखेलेर स्वाधिनता छर्न सकौं

अन्तिम इच्छा यही रह्यो देशकालागि मर्न सकौं

 

सपुतहरु तारासँगै खसे बिहान हुन्छ अरे

बिहान यदि हुन्छ भने तारासँगै झर्न सकौं

Read the rest of this entry »


गजल १९२

September 12, 2010

अर्जुन रसाइली

खै के भो घामको पनि ताप हरायो

नेपाली हूँ नेपालीको छाप हरायो

वर्षौंदेखि गुफाभित्र तपस्या गर्नेहरु

आतिँदै भन्दैछन् मेरो जाप हरायो

Read the rest of this entry »


गजल १९१

September 12, 2010

नन्दिकिशोर शिवाकोटी

 

सधैभरि सपनीमा आइरहन्छौ तिमी

मुटुभित्र हरेक पल छाइरहन्छौ तिमी

 

कहिँकतै एकान्तमा मन हराइरहँदा

सहाराको आभास बोकी धाइरहन्छौ तिमी

Read the rest of this entry »


गजल १९०

September 12, 2010

आँप खानु सधै तिमी कोयो मेरो भाग

दार्नुसम्म दार्छौ मकै खोयो मेरो भाग

 

दुध गुनाको बुद्धि रे हाड अनुसार बल

जे भए नि चूर तिम्रो चोयो मेरो भाग

Read the rest of this entry »


गजल १८९

September 7, 2010

सुनिल संगम

एकपल्ट आउ  भेटेर जाउ

यो घांटी समाई रेटेर जाउ 

 

ओरालो झर्न लाग्दैछ हरिण

तिमीले पनि लखेटेर  जाउ

 

सांघुरो बाटो गाह्रो छ यात्रा

सजिलो  होला अचेटेर जाउ

 

संधै बल्झिने प्रेमको निसाना

रमाई रमाई मेटेर  जाउ

 

एकपल्ट आउ  भेटेर जाउ

यो घांटी समाई रेटेर जाउ 

 

सिन्धुली नेपाल

हाल इज्रायल

sangamtimes@yahoo.com


गजल १८८

September 7, 2010

महेश्वर पन्त

 

दु:खे पनि मेरो जीवन, कसैसंग साट्न सकिन

जले पनि आफ्नो मुटु, कसैलाई  ढाटन सकिन 

 

विरहमा एक्लै हुँदा, घात सम्झी जलिरहें

आफ्नै मन च्यातें बरु, आरुसंग फाट्न सकिन

 

डुबिसक्दा पनि खुसी, हास्नु पर्दो रैछ जीवन

आफ्नै भुमी भास्से पनि, अरुकोमन  काट्न  सकिन

 

छालहरू उर्ले पनि, सागर जस्तै बगिरहेँ

सबको दु:ख रोएँ तर, खुसीमा म मात्न सकिन 

 

बोस्टन   अमेरिका


गजल १८७

September 7, 2010

उमा सुवेदी

 

पुराना ती यादहरू सबै  मरी सके पछि

फर्की आयौ सम्बन्धमा चिरा परी सके पछि

 

नसुकेको नयनदेखि आकाश पनि रोएकोथ्यो

जाली रूमाल  के काम आँशु  सबै झरी सके पछि

  

रूमल्लिदै ठेस लाग्दै कति हिँडे अन्धकारमा

बाल्यौ बत्ती बिहानीले लाली छरी सके पछि

 

जाउ तिमी तिम्रो बाटो फर्की हेर्नु  अब किन ?

किन चाहियो लैारी जङ्गार एक्लै तरी सके पछि

 

काठमाण्डौ नेपाल

हाल इज्रायल


गजल १८६

September 7, 2010

शिव प्रकाश

 

नभए नि धनको धनी, मनको धनी थियो सधैं

हराउँदा अन्धकारमा, प्रकाश बनीदियो सधैं

 

विर्सिएर मनको साथी, अनुहारमा नझल्के नि

बल्छ होला मनमा कतै, सम्झनाको दियो सधैं

 

तराजुमा त्यो दौलतको, खुशी पाउन जोखिएर

किन गाड्यौ मन मुटुमा, दुःखीरहने सियो सधैं 

 

किन खान्छ मान्छे कसम, कसम तोडी जाने भए

बल्झिएछ  दिलको घाउँ, दमन  गर्न पियो सधैं 

 

सुख मात्र जीनव भए, जग्मगाउथ्यो घाम सधैं

छेडी जान्छु आकास भन्ने, बाँस किन नुहियो सधैं ?

 

बोस्टन, अमेरिका

अगष्ट २८, २०१०


गजल १८५

September 7, 2010

स्याम रोका

म त भएँ परदेशमा,  दुःखले मन रून्छ

कष्ट हुँदा कामकाजमा, कॊमल तन रून्छ

 

तृष्णा रेछ  धनसम्पती,कहिले भारी पुग्ला

कुदि रेहेँ मृगतृष्णामा,नभेट्दा झन रून्छ

 

ऋण सम्झी झस्कीरहन्छु,मनमा पीर चिन्ता

बेच्नु पर्दा स्वाभिमान नि,नेपाली पन रून्छ

 

कती खटुँ मरूभुमीमा,कुटेर रॊटा गीट्टी

ठेला देख्दा हत्केलाभरि,आफन्त जन रून्छ

 

रूदै हुन्छे कॊइलीचरी,पीजडा भित्र यहाँ

कठै भन्दै भक्कानियर,श्यामकॊ मन रून्छ

 

 ३० अगस्ट, २०१०, इजरायल


गजल १८४

September 7, 2010

बैकुण्ठ भट्ट

हिंड्दा हिंड्दै दोबाटोमै ढलिसकें कति कति

चितामाथि खरानी भै जलिसकें कति कति

 

चौतारीमा सुस्ताउने भरियाको साथी बन्दै

सिरसिरे हावा बनी चलिसकें कति कति

 

डर लाग्छ सडकमा कतै मैलाई भेट्छु की

आफूले आफूलाई नै छलिसकें कति कति

 

शिखा मैन दुबै छैन रात बंकि अझै छ रे

मिटाएर स्वयमलाई जलीसकें कति कति

 

नुवाकोट नेपाल


गजल १८३

September 7, 2010

भोजराज घिमिरे

 

बाले भन्थे– भोलीदेखि स्कूल जान्छ ठूले

मन लगाई पढ्यो भने जागीर खान्छ ठूले

 

सिलेटमा ’कखगघ’ उसले लेख्दै जाँदा

आमा भन्थिन्– सबैलाई शहर लान्छ ठूले

 

दिनै जसो कक्षाभित्र बाहिर नाम छाउँदा

बाजे भन्थे– गर्ब साथ बिँडो धान्छ ठूले

 

पढ्दै गए, बढ्दै गए, सम्मानैमा डुब्दा

आमै भन्थिन्– जगतैलाई आफ्नो ठान्छ ठूले

 

तर शहरभित्र पसी गल्ली चार्दै–चार्दै,

सारा सपना ध्वस्त पार्छ, स्म्याक तान्छ ठूले

 

खोई कहाँ केके भयो ? त्यस्तै मात्र बढ्दा

दूभाग्यले दिनैजस्तो रछ्यान छान्छ ठूले

 

ओट्टावा अन्टारिया क्यानाडा

श्री घिमिरे क्यानाडाकोलालि नेपाली राजदुत हुनुहन्छ ।


गजल १८२

August 31, 2010

बिक्रम तिमिल्सिना

 

गुलावी यी अक्षरका खातलाई सोध

तिम्रो याद कति आउँछ रातलाई सोध

 

माया कति बुझ्नु परे– बर्बराइ नीदमा

तिमीलाई नै बोलाउने यी हातलाई सोध

 

पागलसम्म भन्छन् कति, के म तेस्तै हुँ त ?

जूनसँग मैले ग-या वातलाई सोध

 

रुँदारुँदै हाँस्छु कहिले, हाँस्दै रुन्छु किन ?

अचम्म ती मायालुका जातलाई सोध


गजल १८१

August 31, 2010

श्रीराम गौतम

 

काँडाबिच यौटा फूल फुले जस्तै लाग्यो

त्यै फूलमा माली आफै झुले जस्तै लाग्यो

 

बटुलेर सयौ फूल एकै ठाउँमा राख्यौं

उन्न भने सुन्दर माला भुले जस्तै लाग्यो

 

शान्तिभित्र मानब चित्र, यौटै लक्ष्य थियो

आकाशमाथि सिनेगिद्द डुले जस्तै लाग्यो

 

रक्षा, रक्षा सबै रक्षा निति बन्दै गाछ

बाख्रा हेर्न बाघ भित्र हुले जस्तै लाग्यो

 

गाउँ सुक्यो, बस्ति सुक्यो, शहर सुक्दै गयो

पर्छ कित पानी मेघ खुले जस्तै लाग्यो
गुल्मी, बलेटक्सार


गजल १८०

August 31, 2010

स्वप्निल प्रमेश

 

धेरैपल्ट तिम्रा यस्तै चाला देखेकोछु

मौकाछोपी रंग फेर्ने छाला देखेकोछु

 

रिसाएकी थियौ तर भन्यौ लजाएथें

कतिबेला कस्तोहुन्छ गाला देखेकोछु

 

लोभ्याउँछ दुनिँयाले सम्मान गर्छुभनी  

पहिरिंदा पाशो हुने माला देखेकोछु

 

मुटुभित्र निम्तोदियौ ढोका बन्द गरी      

कहाँजाउँ त्यहाँ ठुलै ताला देखेकोछु

 

सोखैमात्र होकी कतै पेशा बनिसक्यो   

दिनैपिच्छे थरिथरि बाला देखेकोछु

 

सिड्नी अस्ट्रेलिया


गजल १७९

August 31, 2010

विमल पराजुली

 

छियाछिया मुटु पारेकै थियौ, अझै नुन त्यहाँ छरेकी किन ?

त्यो दिल अन्तै सारेकै थियौ, अझै आँखा फेरी तरेकी किन ?

 

 

हिड्छौ रे मलाई मरोस भन्दै, चितामै सुत्नु परोस भन्दै

जिउँदै आखिर मारेकै थियौ , अझै मार्ने कुरा गरेकी किन ?

 

 

सबको सामुन्ने गिरोस भन्छौ रे, दलदल हिलोमा छिरोस भन्छौ रे

उचालेर तल झारेकै थियौ , अझै झार्न आँफै झरेकी किन ?

 

 

मेरो गल्ली बाटो हेर्छु भन्छौ रे, काँडेतारले घेर्छु भन्छौ रे

बाटो त पहिल्यै बारेकै थियौ, अझै तारमा काँडा भेरेकी किन ?

 

 

सर्पलेझै गरी डस्छु भन्छौ रे, विष भएरै बस्छु भन्छौ रे

डसेर त मलाई छाडेकै थियौ, अझै डस्न अघि सरेकी किन ?

 

 

काठमाण्डौ नेपाल


गजल १७८

August 31, 2010

मवि सिंह

पछ्यौरी ती रङ्गाइछौ, छानी छानी
अल्झाउ मेरो बुटातिर, जानी जानी

राम्रै भयो तिम्रो कांईयो, हराएर
कपाल कोर्नु मेरा औंला, तानी तानी

तिम्रा मुटु, हथकडी, सुनका सबै
रमें आफैलाई कैदी, मानी मानी

तिमी वारी म त पारी, जलि रह्यौं
भेट्ने भन्ने ठाउँमा जम्यो, पानी पानी

तिम्रो घर नाघी जाने, ईच्छा जागे
घुँडालाई घाईते पार्छु, हानी हानी

बोस्टन, अमेरिका


गजल १७७

August 31, 2010

 

विष्णुप्रसाद चापागाई

 

एउटै थियो इच्छा जगाउँदै गएँ 

जिवन भर उनी सजाउँदै गएँ 

 

सपना भित्र मेरो वर्तमान रेखा 

कोरेथें आफैं सधैं लगाउँदै गएँ 

 

साटेर माया दुबै रमाउँदै थियौं 

सुक्दैन भन्दै अझ बगाउँदै गएँ 

 

समाज उठ्यो हाम्रो बदनाम गर्न  

समस्या आयो मैले भगाउँदै गएँ 

 

आखिर टुट्यो प्रेम सम्झनामा मात्र 

तुहियो त्यसै मैले दवाउँदै गएँ 

 

काठमाण्डौ नेपाल


गजल १७६

August 31, 2010

अर्जुन प्रधान

 

भए तिमी कोमल कुनै प्यार चाहिदैन

बस्न यो मनमा, कुनै आधार चाहिदैन

 

दाँया–बाँया अघि–पछि सधै तिमी हुनु

भए तिमी एक कुनै हजार चाहिदैन

 

मैले मागें देउतासँग वर हुनु तिमी

पानीसरी बग्न कुनै किनार चहिदैन

 

तिमीमात्र हुनु सँगै मेरो दुनियाँमा

मेरो चाह पुरा गर्न संसार चाहिदैन

 

मिनिसोटा अमेरिका


गजल १७५

August 24, 2010

मनु लोहोरुंङ

 

अझै पनि आकाशमा, जून रुँदैछ
सङ्गीतमा बाँसुरीको, धुन रुँदैछ  

वस्तीभित्र पसिनाको, धारा सुकेन
शहरमा सहिदको, खून रुँदैछ

आधा-पेट भारी खेपी, गयो जीवन
भरियाकै ढाडमाथी, नुन रुँदैछ

महलमा कालो सिसा, रंग चाहिन्न
झुपडीको भित्ता हेरी, चुन रुँदैछ

धेरै आए धेरै गए, गर्छु भन्ने त 
धरतीको गर्भभित्रै, सुन रुँदैछ

अझै पनि आकाशमा, जून रुँदैछ
सङ्गीतमा बाँसुरीको, धुन रुँदैछ

शितलपाटी-६ संखुवासभा नेपाल


गजल १७४

August 24, 2010

 

अनन्त लम्साल 'बगर'

 

मदिरामा प्याला भित्र, घोलिएर बस रानी

हर चुस्किमा प्यासा यिनै, अधर तिर खस रानी

 

तिमी सामु जत्ती पीउँ, फिका हुन्छ सराब यहाँ

तिम्रै बिष मा मात छ है, मलाई लौ डस रानी

 

मद् पीएर नमातिने, नफाट्ने यो बज्र तन् मा

यौबन रुपी ति कटारी, जताततै धस रानी

 

सब् को आशा भरोसा र, सम्मोहन् की देवी तिमी

अरु छाड भक्तलाई, अंगालोमा कस रानी

 

बन्द दिल को द्वारपट्टी, आवाज दिई कता भाग्छौ?

संकोच किन ? घर तिम्रै, आउ भित्रै पस रानी

 

बागेशोरी ४, नुवाकोट नेपाल


गजल १७३

August 24, 2010

सिरी निरौला

 

 

पग्लिएर मानवता सराव बन्दैछ

समेलेर नरमांश कबाव बन्दैछ

 

महलमा तला थप्न छाप्रो भत्काउने

मानिसको सोचाई नै खराव बन्दैछ

 

थेग्दा थेग्दै चोटहरु अचानो भो छाती

कता बग्छ? अश्रु भेल बहाव बन्दैछ

 

सबाल यो मेरो हैन हाम्रै समाजको

टेडिएर राजनीति जवाफ बन्दैछ

 

शंखमूल, 9841515157

nshjust4u@gmail.com


गजल १७२

August 24, 2010

आचार्य प्रभा

मेरो कोमल मन के गरी सक्यौ टुटाउन ?

अनी दर्हिलो साथ कसरी सक्यौ छुटाउन ?

 

भन्थ्यौ मायामा कुनै हिसाब हुनु हुँदैन नि

स्वार्थी बनेर आँफै पिरती सक्यौ लुटाउन

 

कत्ती हिफाजत् गरी राखेको मेरो दिललाई

चिसो असिना बनी तिमीले सक्यौ चुटाउन

 

कस्तो खुशीले गाँस्यौँ मायाको डोरी नचुँडाइ

दया नराखी रत्ती फेरि नि सक्यौ चुँटाउन

 

थाहा नहुँदा धोका खाँदैछ मन बेस्सरी नै

जोडी आँफैले मुटु कसरी सक्यौ फुटाउन ?

 

कोलोराडो अमेरिका


गजल १७१

August 24, 2010

सुरेश ज्योतिपुञ्ज

 

शान्तियज्ञ ठूलै लगाउने पालो

युद्ध सबै पर भगाउने पालो

 

रगतैले लेख्यौँ,कथा हाम्रो सधैं

मसी आज नयाँ मगाउने पालो

 

चारैतिर चर्चा,फाप्यो झुठखेती

सत्य धर्मलाई सघाउने पालो

 

अरुनिम्ती बाँच्नु, धर्मकर्म त्यही

पूण्य ठूलै ठानी कमाउने पालो

 

बारुदैको राँको, बल्दो धर्तीभरी

आँसु त्यसैमाथि बगाउने पालो

 

मान्छे आफैभित्र, बुद्ध आफैभित्र

ज्योतिपुञ्ज आफै जगाउने पालो

 

नुवाकोट नेपाल


गजल १७०

August 24, 2010

 

लेकाली सुनगाभा

 

जति भोग्यो जिन्दगानी, बुझ्न गाह्रो रैछ

अक्करमै ठक्कर खानी, जुध्न गाह्रो रैछ

 

सास फेर्ने फुर्सद हुन्न,पुग्ने कहाँ होलारु

उल्झनले खुट्टा बानी, कुद्न गाह्रो रैछ

 

पोल्दो रैछ चैते घामले, साउन दर्केझरी

सँधैभरि घाम पानी, रुझ्न गाह्रो रैछ

 

जन्मेपछि रुने मान्छे, मर्दा किन हाँस्छ ?

अनौठो यो आनीबानी, सुझ्न गाह्रो रैछ

 

मरेपछि स्वर्ग जाने, स्वर्ग कहाँ हुन्छरु

पत्थरलाई देउता मानी, पूज्न गाह्रो रैछ

 

काठमान्डौ  नेपाल


गजल १६९

August 24, 2010

 

अन्तरिक्ष यात्री

एकान्तमा झस्काउछन, शुन्य पदचापहरु

टिप्छु तिम्रै अभावमा , पैतालाका छापहरु

 

झोसी दियौ  पीडा  दिल्मा, पुत्ताउँदै जलिरहेँ

पिउन सक्छु बिना पानी, आगोका ती रापहरु

 

के के गरेँ जिन्दगीमा, छैन कुनै लेखा जोखा

मृत्युपश्चात्  जोखिएलान्, धर्म अनी पापहरु

 

यता तान्छु उता छोटो, उता तान्छु यता छोटो

नसकिने रैछ लिन, भाग्यका  ती नापहरु

 

कहाँ मात्र  गरूँ  यात्रा, ठेसै लाग्छ गोरेटोमा

पच्छ्याउनु पर्ला अब, डुबाउने धापहरु

 

आफ्नै आसु आँफैलाई, रेट्छ बनी हतियार

परेलिमा छुपाउन, पर्‍यो बरै दापहरु

 

काठमाण्डौ नेपल


गजल १६८

August 17, 2010

थुक्तेनदोर्जी ड्रुक्पा

 

भट्टी पसी रक्सी धोक्छ सेकुवा लिन्छ कति

डार्लिङ भन्छ साहुनीलाई खन्छ पाए जति

 

चिउरा मासु हातमा चुरोट टेबुलमा छ तुङ्बा

कमाई भन्ने सुक्का छैन गर्छ मात्र खति

 

घरमा के छ वास्ता छैन रक्सिमा छ धुन

छोरा छोरी स्वास्नी प्रती सोचाइ छैन रति

 

चेलीबेटी जिस्काई हिड्छ मात्दै गए पछि

जता तता लडी दिन्छ बिग्रेको छ गति

 

साथीभाईलाई धाँक दिन्छ मै हुँ भन्छ अति

घरमा ओड्ने कमल छैन अनौठो छ मति

 

डेन्मार्क


गजल १६७

August 17, 2010

हरि धिमाल

प्रदेशी जीवन हाम्रो, निसासिदो बास

दु:ख गरी टार्दैछु, साज बिहानको गास

 

आशुको भेल बर्शिदिन्छ सम्झिएर गाउँ

मुटु मेरो चर्किएर रोक्न खोज्छ सास

 

दुःखी कर्म अभागिको पिरोलिन्छ मन

आदा जीवन बितिस्कयो, गर्दा गर्दै आश

 

पिरै पिर्ले पिसोल्टिएर बाच्नु पर्दो रहेछ

बाचेको त नाम मत्रै, जिउँदो भयो लाश

 

पेन्सिलभेनिया अमेरिका


गजल १६६

August 17, 2010

 

नारायण गाँउले

घाइते छु नसोच कि लाचार भएको छु
जति छिया पार्छौ त्यति विस्तार भएको छु

भावना थें हिजो लात हान्यौ तर आज
जति काट्छौ त्यति बढ्छु विचार भएको छु

खून बगें, आँसु बगें, बगें पसिना भै
र त आज खडेरीमा सिमसार भएको छु

उज्यालोका लागि हिजो पर्खाल ढालेकै हो
आज बत्ती बचाउन दिवार भएको छु

पगालेर तिम्रै सैयौं मृत्यु धूनहरू
जिन्दगीको आज अमर झङ्कार भएको छु

‘गाउँ’ थिएँ जमें कुहें तिम्रो सिद्धान्तमा
आज नदी बगें जब संसार भएको छु !

लन्डन

९ जुलाई २०१०


गजल १६५

August 17, 2010

अर्जुन प्रधान

 

माटोसँग मिल्ने शक्ति देउ मरेपछि

हरमा जित हुन सिके आफु परेपछि

 

सबले भन्थे फूलवारीमा फूल सुवासको

छानीछानी, तानीतानी लानुपर्छ रङ्ग भरेपछि

 

मनले मनसँग बातचित गरायो मेचीसम्म

उनले भनिन् हामी एक भयौ सुनकोश तरेपछि

 

दु:खसुखको जिन्दगी रहेछ दुइ किनारा

उनले हात हल्लाई रहिन् म ओेराली झरेपछि

 

अमेरिका


गजल १६४

August 17, 2010

 

उमा गौतम

सुन्दै छौ कि आजभोलि  धुन बाँसुरीको

मुटुभित्र बज्ने धुन कुन बाँसुरीको ?

 

आकाशमा चम्किने ताराहरु सबै मेरा

मात्र एउटा आकाशको जून बाँसुरीको

 

हासे पनि उस्तै मीठो जसै जसै गरे मीठो  

अज धेरै मिठो रहेछ रुन बाँसुरीको

 

तिम्रो मेरो दुःखसुख समेटेर बजिदियो

बग्न नदिए कसो होला खुन बाँसुरीको ?

 

पेन्सिलभेनिया अमेरिका


गजल १६३

August 17, 2010

 

दलबीरसिंह बराइली 'घायल'

यो मुटुमा कस्तो रोग सारेर गयौ नि

वल्लो घाट् न पल्लो तिर पारेर गयौ नि

 

मुर्छा पर्दै आँशु झारी रोएँ म बेस्सरी

आउँछु म चाँडै भनि टारेर गयौ नि

 

तड्पिएर बाँच्नु पर्ने कस्तो हो सिमाना

समयको लामो बार बारेर गयौ नि

 

फूल जस्तो यो जवानी सुम्पिएँ के भो र ?

सम्पतिको लागि माया मारेर गयौ नि

 

कस्तो खुशी पाउँछौ र मलाई रुवाई

मेरो खुशी जुवामा झैं हारेर गयौ नि

 

गुप्तेश्वर ३ रामेछाप

हाल अबुधाबी, युएई


गजल १६२

August 17, 2010

 

सबिन सिंह्

 

आशुँ त्यहाँ बग्यो यहाँ कलम रोयो
घाउ त्यहाँ दुख्यो यहाँ मल्हम रोयो

हाँसे मुस्कान सँगै, पिरमा एक्लै पर्यौ
सदा साथ दिने, मेरो कसम रोयो

पर्खाल बन्यो आज, वैरी दुनिया यो
साथ हिड्न खोज्ने, हाम्रो कदम रोयो

गजलमा बुन्छु, कथा तिम्रो मेरो
तिम्रो मन सँगै, मेरो ईलम रोयो

कपिलवस्तु नेपाल


गजल १६१

August 10, 2010

उपेक्षित पूजा

 

नफक्रँदै मेरो माया कोपिलामै लौन झर्यो

हुर्कदैथ्यो माया फेरि किन आज जिउँदै मर्यो

 

विश्वासको दीयो बोकी चन्द्र छुने रहर मेरो

अविश्वासको बाढी कस्तो बिना डुङ्गा तर्नु पर्यो

 

चोखो माया सबको प्यारो तिम्रा लागि खेल भयो

आफ्नै खुसी पराई हुँदा भाग्यले नि छल गर्यो

 

फूल सम्झी तिमी सधै भमराझैं चुम्न आयौ

अरुलाई अमृत दिई मलाई किन विष छर्यो

 

बिराटनगर नेपाल


गजल १६०

August 10, 2010

यात्री शेखर

 

चिठ्ठी हैन हिजोआज, एस्एम्एस्को खात कत्ति

छट्पटीमा बितिरह्ने, मिस्कलको रात कत्ति  

 

सर्मपणले पानाहरु, रंगाइन्थ्यो त्यसबेला

अक्षरमा उनिएर, सामु पुग्थे याद कत्ति

 

बग्थ्यो मन पानाभरि, छताछुल्ल कोशी जस्तै

भेटहुने अक्षरमा, प्यारो थियो साथ कत्ति

 

सम्झनाका तरेलीमा, अविस्कार मिसिदैछ

एस्एम्एस् र मिस्कलको, याद बोक्ने हात कत्ति

 

इटहरी नेपाल


गजल १५९

August 10, 2010

किरण टी लिम्बु

 

बेँसी झर्दा गर्मी हुन्छ बरु लेकै आउन कान्छा
मकै-रोटी मिठो हुन्न गहुँ कै रोटी खाँउन कान्छा

हो नि कान्छा मन् त नजिक तिमी टाढा गए पनि
खरको घर के नै भर टिन् कै पाता छाउन कान्छा

मनको कुना-कुना हेर त्यहि पुग्छु आज भोली
फोन गर्ने पैसा छैन घरै तिर धाउन कान्छा

बाबा सँग मात्रै होईन कुरा गर सबै सँग
कसो गरि भेट गरुँ बरु दर्शन पाउँन कान्छा

बा-आमाकी एक्ली छोरी मैले भाग्न कैले हुन्न
बिहे गर अनि मात्र तिम्रो घर जाँउन कान्छा
इटहरी,सुन्सरी

हाल : यु के


गजल १५८

August 10, 2010

खहरे

 

  

जहाँ छोयो उहीँ दुख्छ साह्रै बिरामी छु 

तन जल्दा मन जल्यो पुरै खरानी छु 

  

कैकयि’नी हैन म त , कौसल्या नि हैन 

दुस्ट छोरा जन्माउने अती हरामी छु 

  

चिनाजानि पनि छैन, कुराकानी पनि छैन 

आँफैलाई चिन्दिन म सब्को बिरानी छु 

 

अरुलाई दु:ख हुन्छ, अर्को पाइला सुख हुन्छ 

कालो रात बितेपनी कालै बिहानी छु 

 

बग्दाबग्दै बगरमा हराउने ‘खहरे’ झैं 

नपढ्दैमा धित मर्ने तितो कहानि छु 

 

रुपाकोट गुल्मी, नेपाल


गजल १५७

August 10, 2010

सबिन सिंह

 

छोटो छोटो नाटकको रास जीन्दगानी 

रास भित्र सच्चाईको आस जीन्दगानी 

 

मञ्च माझ उज्यालो र हाँसो छ कहिले 

 पर्दा अघि अँधेरीको बास जीन्दगानी 

 

अनेक पात्र हुन्छन् साथ तर किन होला 

 आफ्नो मात्र भूमिका छ खास जीन्दगानी 

 

रोजे जस्तो खोजे जस्तो हुन्न यहाँ केही 

हर दृश्य विधाताको दास जीन्दगानी 

 

कपिलवस्तु  नेपाल 

हाल काठमाडौं  नेपाल


गजल १५६

August 10, 2010

 

सिरी निरौला

 

मलाई छैन तिम्रो जस्तो मान्छे ढाल्ने रहर

वरीपरी दुई खुट्टे कुकुर पाल्ने रहर

 

कोही सधै बेसुरिंदै झुम्मपरि रन्थे

आएन है ऐलेसम्म चुरोट बाल्ने रहर

 

संस्कृती यो शहरीया सारै रमाईलो

कस्तो होला थाहा छैन पाईन्ट टाल्ने रहर

 

कताबाट आएको हो हाम्रो समाजमा

लामो जुल्फी फिंजाएर रङ्ग हाल्ने रहर

 

शंखमूल, काठमाण्डौ नेपाल

  9841515157 

 nshjust4u@gmail.com


गजल १५५

August 10, 2010

थुक्तेनदोर्जी ड्रुक्पा

 

दुखियाको हातकेलामा भाग्य रेखा हुंदैन रे   

गरीब मर्दा बिचाराको लास समेत छुंदैन रे

 

कालीयुगको खेल हो या बाध्यताको नेल भनु

हिजो आज छोरा मर्दा आमा समेत रुंदैन रे

 

जन्म पाई कर्म खोज्दै शडकशडक हिडेको छ

खान पाए भोको पेटले हात समेत धुंदैन रे

 

अहिले खाएँ भरे के खाउँ छाकै टार्नु गाह्रो भयो

गरीबहरुलाई दुख पर्दा आँसु समेत चुंदैन रे

 

डेन्मार्क


गजल १५४

August 3, 2010

 

विष्णुप्रसाद चापागाईं

 

समस्या नआई संघर्ष, गर्न जान्दैन मान्छेले
इतिहास बोल्दैछ तर, सत्य छान्दैन मान्छेले 

विवेकमा उच्च घमण्ड, साथ नारियो बेस्सरी 
बढ्छ अघि समयसँगै, पछि मान्दैन मान्छेले 

असत्यलाई औंल्याउंछ, पानीमाथिको ओभानो 
ढुङ्गाझैं प्रश्नमा जवाफ, फूल हान्दैन मान्छेले 

प्रगति हैन दुर्गतिमा, लुछाचुँडी नै ज्युँदै छ
औंलो खाँदा डुडुलो निल्न, तेल झान्दैन मान्छेले 

रामनाम जप्दै धारिलो, छुरा धस्छ बगलीमा 
हिंस्रक मार्ग मेटाउन, धर्म तान्दैन मान्छेले 

पृथ्वीप्राणी वशमा राख्ने, हिम्मत छन् उसँग
प्राकृतिक विपत्ति आए, जुनी धान्दैन मान्छेले 

डुब्यो आकाश क्षितिजमा, चन्द्रमा छ चिहाउने 
अरुकोभन्दा आफूलाई, सानो ठान्दैन मान्छेले 

झापा नेपाल


गजल १५३

August 3, 2010

 

किरण टि लिम्बु

 

वादल पारि जुनेलीमा जून परीलाई पाएँ

माया लाउन उनीसंग बाचा-कसम खाएँ

 

लाजले उनी कुहिरोभित्र दिनमा लुकी हिंड्दा

रातमा उनी जुनकिरी झैं मुस्कुरा’को पाएँ

 

इन्द्रेणीको माला भिरी छम-छम नाँच्दा

वर्षादको मिठो धुनमा प्रेम-लहरी गाएँ

 

कुहिरोहरु हामीबीच डाहा गरी उड्दा

बतासले  साथ दिंदा मीतसम्म लाएँ 

 

जून-ताराको गाउँ भरी हाम्रो कुरा चल्दा 

घाम-जूनको बिश्वास जित्न घरैसम्म धाएँ  

 
जूनपरीलाई खुसी पार्न गुण-गान गाएँ

प्रेम-दीप किरण बनी वाचा-कसम खाएँ

 

इटहरी ,नेपाल

हाल: बेलायत


गजल १५२

August 3, 2010

 

उमा गौतम

 

आदा जीवन नजिउँदै काल देखी डर लाग्यो
अल्झी पर्ने होकी भनी जाल देखी डर लाग्यो

नाच्दै थिए झस्किएर मौन भाई बस्न चाए
गीतसगै संगीत अनि ताल देखी डर  लाग्यो

नजिक आयो कोही मानिस अर्कै तिर फर्की दिए
बोली व्बहार अनि उसको  चाल देखी डर लाग्यो

बिदा दिए पुराना सारा चिजहरुलाई पनि
उजाड ल्याउने  होकी नयाँ साल देखी डर लाग्यो

हिउँसगै पग्लिएर बग्ने धाक दिदै थिए
पहाडबिच उर्लिआको छाल देखी डर लाग्यो

पेन्सीलभेनिया अमेरिका


गजल १५१

August 3, 2010

स्वप्निल प्रमेश

 

सम्झनेलाई भुल्यौ अनी भुलिदिएँ
गर्दिन याद्फेरी, भनी भुलिदिएँ

संसारै अब त देखियो बेग्लै यहाँ
लागेको जब त्यो मोहनी भुलिदिएँ

हुन्थेन सम्भव,नौनी भाको भए
म आँटेरै पत्थर,बनी भुलिदिएँ

नसकिने के छ, प्रयास गरेपछी
आजमैले उस्लाइ पनि भुलिदिएँ

एक्लिने डरले त पिरेकै हो तर
जिन्दगानी यो छंदै’छनी भुलिदिएँ

घाउ बल्झाउने नियत पो थियोकी
छोडेर गइन, पैजनी भुलिदिएँ

सिड्नी अस्ट्रेलिया


गजल १५०

August 3, 2010

आशांक उपाध्याय

  

   

नलेखी बस्न खोज्दा के लेखियो जीन्दगी यो
बलेसी बग्न खोज्दा समेटीयो जीन्दगी यो
  

 
हुँदैथें भावहीन झर्न खोज्यो आँशु किन ?
परेली खस्न खोज्दा अँचेटियो जीन्दगी यो
  

भरको त्यही मियो यो मनको माझ थियो
मुटुमा पस्न खोज्दा लखेटियो जीन्दगी यो
  

बाटोको ढुंगा सरि पीडै पिडा छाती भरि
मुठ्ठीमा कस्न खोज्दा काँ? देखियो जीन्दगी यो
   

फुल्दैन फूल मित्र त्यो उराठ बाग भित्र
कालैले डस्न खोज्दा लौ भेटियो जिन्दगी यो
  

जनकपूर नेपाल


गजल १४९

August 3, 2010

मन किन दुख्दछ साथी, जवाफ छ कि तिमीसँग
खोला किन बग्दैन माथि, जवाफ छ कि तिमीसँग

कोही चोरी चकारी गर्दै, कोही बेच्दै यौवनहरु
यहाँ किन पर्दैन राती, जवाफ छ कि तिमीसँग

उँचनिच भन्दैनन् पशु, सधैं हुन्छन् बराबरी
हुन्छ किन मान्छेको जाती, जवाफ छ कि तिमीसँग

दुखी मात्र रहन्छ सधैं, खुशी पीर जे पर्दा नि
ढुंगा किन हुँदैन छाती, जवाफ छ कि तिमीसँग

तीन पुस्ते चाहियो भन्छन्, गजल पढ्नेहरु पनि 

भन करुण कसको नाति, जवाफ छ कि तिमीसँग

काठमाण्डौ नेपाल


गजल १४८

August 3, 2010

 

हरि धिमाल

 

पीडा लुकाई हास्न खोज्दा पिरोलिएर रुन्छ मन

गरीबिमा बाँच्नु पर्दा आसु बनी चुन्छ मन्

 

दुःख जिलो गर्दागर्दै जिउने कोशीस् गरे पनि

पीर र व्यथा गाठो परि निसासिएर थुन्छ मन

 

निस्ठुरी यो समयले कति कष्ट दिन्छ होला

अभागीको कर्मै खोटो आसुले नै धुन्छ मन

 

घर छैन गाउँ छैन बस्ने एउटा ठाउँ छैन

दुःख झेल्दै सुख पाउने आशाहरु बुन्छ मन

 

पेन्सीलभेनिया अमेरिका


सूचना ! सूचना !! सूचना !!!

July 26, 2010

 

www.nepaligazal.wordpress.com को आगामी भदौ महिनाको अन्तिम साताको अङ्क नेपाली गजलका आदि गजलकार मोतिराम भट्टको १४५ औं जन्मजयञ्तीको पुनित अवसरमा मोतिराम भट्ट विशेषाङ्क प्रकाशन गरिने योजना भएको हुँदा आफनो एक पूर्ण फर्मेटको एउटा गजल र एक प्रति PP size को फोटो भाद्र महिनाको २० गतेसम्ममा उपलब्ध गराउनलाई सनम्र निवेदन गरिन्छ ।।

 कृपाय, यो जानकारी सर्जकसम्म पुर्याएर सहयोग गर्नुहोला

 * तपाईको एक प्रति गजल र एक प्रति PP Size  को फोटो उपलब्ध गराउन नभुल्नु होला !!

 

पठाउने :  nepaligazal@yahoo.com

पठाउने अन्तिम मिति : भाद्र महिनाको २० गतेभित्र

 

www.nepaligazal.wordpress.com


गजल १४७

July 26, 2010

पुरानाघरे

 

सारा चीज दीन लाग्छ देखेर तिम्रो हाल

साँच्चिकै प्राचिन लाग्छ देखेर तिम्रो हाल

 

नानी खोज्ने मेरा आँखा पोखिए तिमीभरि

अलिअलि घिन लाग्छ देखेर तिम्रो हाल

 

बाँच्नुमा पनि आनन्द भन्नै सकिएन

आफै प्राणहीन लाग्छ देखेर तिम्रो हाल

 

अघाउँदा रुन्छौ अचम्म भोकाउँदा हास्छौ

बाँचेकी पो किन लाग्छ देखेर तिम्रो हाल

 

आँखा कुहिएर दिमाग षड्न थाले पछि

काल आयो लिन लाग्छ देखेर तिम्रो हाल

 

चिराङ  भूटान


गजल १४६

July 26, 2010

आचार्य प्रभा

भन्थ्यौ मायामा कुनै हिसाब हुनु हुँदैन रे
स्वार्थी बनेर आँफै पिरती सक्यौ लुटाउन

कत्ती हिफाजत् गरी राखेको मेरो दिललाई
चिसो असिना बनी तिमीले सक्यौ चुटाउन

कस्तो खुशीले गाँस्यौँ मायाको  डोरी नचुँडाइ
दया नराखी रत्ती फेरि नि सक्यौ चुँटाउन

थाहा नहुँदा धोका खाँदैछ मन बेस्सरी नै
जोडी आँफैले मुटु कसरी सक्यौ फुटाउन ?


गजल १४५

July 26, 2010

दामोदर घिमिरे

 

बेहाल भएँ किन आज यसरिनै टुट्यो मुटु
खज्दै थिए खोजिरहॆ खै कस्ले लुटयो  मुटु़्

 

रहरहरु पलाउदैछन बाच्ने आशा बढ्न थाल्यो
बेवारिसे मोडहरुमा अल्झिएर छुट्यो मुटु

 

मिर्मिरेका ताराहरु हराउँदैछन आजभोलि
मलमपट्टि खेर जान्छ कतिखेर धुत्यो मुटु

 

आशाहरु ओइलाइ गए मुटु गाठो पर्नु पर्यो
जोड्नेछैन अबफेरि फुट्नु थियो फुट्यो मुटु

 

लसएजल्स अमेरिका


गजल १४४

July 26, 2010

करुण थापा

 

  

  

जानी नजानी गरेका सबै, भूलको कुरै छाडौं
काँढा त आफ्नो भएन भने, फूलको कुरै छाडौं 

मनको प्यास मेटाएँ कति पिएर आँसु यसै
आँखामा बग्ने आँखामै सुक्ने, मूलको कुरै छाडौं

वारि र पारि भएछौं हामी मोडियो मनको बाटो
मायाको खोली नबगेपछि पूलको कुरै छाडौं

दुखेर मुटु नौ चिरा पर्‍यो अचानो जस्तो भयो
दुख्दैन अब झीरै घोचे नि शूलको कुरै छाडौं  

काठमाण्डौ नेपाल


गजल १४३

July 26, 2010

नन्दलाल आचार्य

 

 

पुरानो विध्वंस भएमै आउँछ नयाँ
नवयुग आरम्भ गर्दिने साथलाई सलाम

जमेको पोखरी कस्तो छ सरिता कस्तो
अन्धयुग उफारी फ्याल्दिने लातलाई सलाम

प्रतिघात बिनाको शुरु छैन कि कसो हजुर
सृष्टिमा नौलोपन थप्दिने घातलाई सलाम

हरघडी सकिन्न कुहिन यथावाद घोक्दै
शोकबाट नेपाली तार्दिने पातलाई सलाम

 

सप्तरी  नेपाल


गजल १४२

July 26, 2010

तीर्थ चापागाई

 

 

बाटो थियो साँघुरो नै थिए अफ्ठ्यारा खोँचहरु
हिंड्नु पर्थ्यो मिलिजुलि तर खै ठेलामठेल भो

मान्छे रैछ साह्रै स्वार्थी आँफ्नै मात्र भाग हेन्रे
सहयात्रा बिर्सेपछि एक अर्कामा पेलामपेल भो

ठानेको थें संगै हुँदा जिवन होला स्वर्गतुल्य
सोचेजस्तो हुन्न रैछ नाता पनि जेल भो

 

चन्दनपुर, संखुवासभा
हाल: गणित केन्द्रिय विभाग त्रि वि वि,किर्तिपुर


गजल १४१

July 26, 2010

भक्त घिमिरे

 

 

झुल्के माया लायौ अनि अन्तैतिर सर्यौ आज

फुल्न नपाई कोपिलामै हाँगाबाट झर्यौ आज

 

जीवन् साट्ने कसम खँदा के के शब्द थिए

सम्झनामै पोको पारी अर्कै घर भर्यौ आज

 

जीवनभरि सँगै हुने वाचा–बन्धन कहाँ गयो

झुटो जालमा मलाई पारी गर्नुसम्म गर्यौ आज

 

म त मरें यो जीवन्मा लाश बोकी हिँड्दैछु म

आफ्नोलागि जिउँदैहौली मेरो लागि मर्यौ आज

 

न्युयोर्क अमेरिका


गजल १४०

July 26, 2010

दिनेश ज्ञवली

 

 
 

रहर यति कि, कोही आऊ मन सम्म
सधैं छापहरु, देखिए आँगन सम्म

मायामा सपना, बाँधिने सिमाना छैन
तिम्रो गनगन र मेरो खटन सम्म

तर्किएर गयौ, लुकेर बोल्दछ फुर्ति
दैब यहि भेट, जाओस् त बन्धन सम्म

केटाकेटी नै छ, दिनेश लाग्यो अहिले
मायामा सोच्दैछ, त्यागूँ कि जिवन सम्म

टोक्यो जापान


गजल १३९

July 20, 2010

उमा सुवेदी

 

आँधी उठ्यो मनमा अनी उठेँ जुरूक्क
मध्यरातमा कलम समाइ बसेँ खुरूक्क

सागर झैँ उर्ली आए भावनाका छाल
लेख्दालेख्दै रमाएर भएँ फुरूक्क

जसोतसो आधा पेट थिएँ भरेकै
आधारातमै भोकाएर भएँ हुरूक्क

चुहिएको खरको छानो रित्तो मेरो घर
भावनालार्इ गरिबीले टोक्यो कुरूक्क

मूल्यहीन अहो! कवि कला, साहित्य,
कलम टुट्यो कठै !आँसु झर्यो तुरूक्क

‘बिद्या धन हो’ दर्शन चुक्यो काँच चुके झैँ
वाध्यतामा परदेश हिँडे लुरूक्क

 

काठमाण्डौ नेपाल

हाल  इज्रायल

 


गजल १३८

July 20, 2010

 

आशांक उपाध्याय

 

फेरी अर्को भानुभक्त दिने घाँसी खोज्दैछु म  
साहित्य र नेपालीपन भेट्ने कासी खोज्दैछु म

सजिलो त्यो रामायण जस्तै अरु काव्य लेख्ने
नेपालीको मुटु छुने शब्दभाषी खोज्दैछु म

गाउँ घर चौतारीमा सुनिएका भानु भाका
उस्तै श्लोक बोकी ल्याउने पूर्ण मासी खोज्दैछु म

मेरो शुद्द भाषा भित्र अनेकानेक भित्रिदैछ
बिशुद्द यो भाषा पार्ने देशबासी खोज्दैछु म

 

जनकपूर नेपाल


गजल १३७

July 20, 2010

 

मवि सिंह

 

बायू पंख राखि उडाउ मलाई
तिम्रो उँचाईमा उठाउ मलाई

मेरो कारणले आंच देखिएमा
आफ्नो आंचलले लुकाउ मलाई

संधै त्रास सित निदाएको हुन्छु
शूभ सम्चारले ब्यूझाउ मलाई

कति अगतिको गुनासो गर्दछौ
आफ्ना घोडासंगै कुदाउ मलाई

तिम्रो श्रृंगारको पारखी म पनि
मोती छ म भित्र, फुटाउ मलाई

 

बोस्टोन अमेरिका


गजल १३६

July 20, 2010

 

सुरेश ज्यातिपुञ्ज

सिकाउँछ झुटो कुरा,किताबसङ्ग दुस्मनी भा’छ
प्रश्न मात्रै खेल्छ पढे,जवाफसँग दुस्मनी भा’छ

गुन्न खोजेँ भागै लाग्यो,जोड्न खोजेँ घटाऊ भयो,
आफ्नै जिन्दगीको आज,हिसाबसङ्ग दुस्मनी भा’छ

ठग्ने पुग्छ माथिमाथि,लेख्नेपढ्ने पाउमुनी आज,
दुनियाँको कालो न्याय,निसाफसङ्ग दुस्मनी भा’छ

हराभरा घाँसेमैदान,आफ्नै ठानी बोलाउँछन ती,
भाउ धेरै खोजेपछी, गुलाफसँग दुस्मनी भा’छ

हुन खोजेँ रङ्गिचङ्गी,कालोसेतो लौ देखिन थालेँ,
लगाउने छैन अब,नकाबसङ्ग दुस्मनी भा’छ

मुख बिगार्या जस्तो होश,रुँदा परेली नभिजेपछी,
आँखाभरी आँसु धेरै,अभावसङ्ग दुस्मनी भा’छ

नुवाकोट नेपाल


गजल १३५

July 20, 2010

 

जितेन्द्र मल्ल

 

के भयो र यौटा साथ, छुट्यो छुट्न दिएँ
मन भन्नु शीशा न हो, टुट्यो टुट्न दिएँ

दिनु साटो खोस्न मात्रै, जान्यो भाग्यले नि
अलिकती खुशी थियो, लुट्यो लुट्न दिएँ

दोश तिम्रो हो कि मेरो, या त नियतिको
अन्यौलको भुमरीले भुट्यो भुट्न दिएँ

जिन्दगी हो जसो तसो, ज्युँनु पर्छ सोची
अठोट लिई  मन मेरो, उठ्यो उठ्न दिएँ

 

तालकोट नेपाल

हाल युएई


गजल १३४

July 20, 2010

शुमन मञ्जरी

 

रहर साथ हुँदा साथ माग्ने कती कती
जहर साथ हुँदा हात झिक्ने कती कती

गजल अनी गीत लेख्ने धोको सधै सधैं
बहर साथ हुँदा आँट जाग्ने कती कती

ज्युँने इच्छा मनै बाट फेरी उठी आयो
प्रहर साथ हुँदा मात थप्ने कती कती
मायालु म तिम्रो बन्छु सधैं सधैं भरी
ठहर साथ हुँदा रात गुन्ने कती कती

सही छैनौ भने पनि गलत कस्ले भन्छ
शहर साथ हुँदा माथ थाप्ने कती कती

 

काठमाण्डौ नेपाल


गजल १३३

July 20, 2010

 

नारायण गाउले

पग्लिएर प्यालासम्म नझरेको भए
रुन्थें म’नि प्यूने बानी नपरेको भए

ढाकिएछ मनको क्यारी उम्रिएर आँसु
बाँझै बस्थ्यो बरु खुसी नछरेको भए

सासैभित्र बल्झिएर छोइएर दुख्छौ
कति टाढा हुन्थ्यौ डेरा नसरेको भए

छट्पटी छ पर्खाइ छ तड्पाइ छ यहाँ
गरिब हुन्थें सायद स्वप्न नमरेको भए

कलम अर्कै बहर अर्कै गजल अर्कै हुन्थ्यो
त्यो बैंसको बर्खे भेल नतरेको भए

किन लड्नुपर्थ्यो नाथे हुरीसँग सधैं
बत्तीसित चिनाजानी नगरेको भए

 

काठमाण्डौ नेपाल


गजल १३२

July 12, 2010

आचार्य प्रभा

ढुकढुकी थामिरैछु सास देउ मलाई
निराशामा बाँचीरैछु आश देउ मलाई
 
एक्लिएर बस्दाबस्दै मुटु दुख्न थालेछ
तिम्रै मुटु रोजिरैछु बास देउ मलाई

 धोकासरी उर्लिएर आएँ भने तिमीमा
मेरै मृत शरीरको लाश देउ मलाई

जबसम्म तिमीलाई भर हुन्न मायामा
खुशीसँग उपहार त्रास देउ मलाई

 

कोलोराडो अमेरिका


गजल १३१

July 12, 2010

  

पुरानाघरे

  

वातावरण फोहोर हुँदा पानी खेर जान्छ 

मैरी हिडेपछि घारमा रानी खेर जान्छ 

 

उमेर छँदै भाषाभेष देशको खोजी गरौं 

नत्र भने चोली उठ्दा जवानी खेर जान्छ 

 

 कति हिड्नु झोला बोकी देश फेर्ने यात्रामा ? 

डुली हिड्ने बटुवाको कहानी खेर जान्छ 

 

हामीले छातीमा देश जिएर उभिनु पर्छ 

हुन्न भने यी आँखाको नानी खेर जान्छ 

  

चिराङ भूटान


गजल १३०

July 12, 2010

भद्रगोल किराँती

न भात हुँ न तरकारी, म त हजुर काँक्रो मान्छे

न घोडा न हात्ती, म त हजुर बाख्राक्रो मान्छे

 

मनको जस्क्याल उघारेर, हिँडिदिन्छु कहिलेकाहीँ

मनकै लट्टा फुटाइदिने, म त हजुर थाक्रो मान्छे

 

कुमालेको चक्रजस्तै, हाम्रो जीवन घुमिदिन्छ

माटोको यो पानीभर्ने, म त हजुर गाग्रो मान्छे

 

चाखिँदैन जोखिँदैन, मलाई लाग्छ मान्छे हजुर

चाखिहेर्नुस् भद्रगोललाई, उखुको एक लाँक्रो मान्छे

 

काठमाण्डौ नेपाल


गजल १२९

July 12, 2010

सुरेश वाग्ले

 

धेरै माया नदेऊ मलाई, एक्लै हुँदा गाह्रो हुन्छ
धेरै हाँसो पनि नदेऊ, पछि रुँदा गाह्रो हुन्छ

तिमी हाँस्दा केहीबेर त, सारा दुःख भुलिदिन्छु
खुशी मात्रै कति दिन्छौ, आँसु प्युँदा गाह्रो हुन्छ

धेरै प्यार नदेऊ मलाई, छुट्टै संसार पनि नदेऊ
आँसुसङ्गै पीर अनि, व्यथा धुँदा गाह्रो हुन्छ

टाढै बस्दा राम्रो हुन्छ, आँखाआँखा बात मारौँ
हात समाई नहिँड है, एक्लै ज्युँदा गाह्रो हुन्छ

बोस्टन अमेरिका


गजल १२८

July 12, 2010

नीलबहादुर खड्का

 

एकैछिन् नदेख्दा नि
सक्सकाएको बिर्सियौ कि

भेट्नलाई घरको ढोका
ढक्ढकाएको बिर्सियौ कि

सोधीखोजी गर्थे हामीलाई
अक्मकाएको बिर्सियौ कि

डर मानी झूठ बोल्दा
भक्भकाएको बिर्सियौ कि

निदाएथ्यौ काखमा मेरो
झक्झकाएको बिर्सियौ कि

जिउको धुलो पालैपालो
टक्टकाएको बिर्सियौ कि

अनामनगर काठमाण्डौ नेपाल

khadka.nee@gmail.com  /  khadkatole@yahoo.com


गजल १२७

July 12, 2010

 

नन्दलाल आचार्य

छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू
बुबुमाम खाइवरी फेरि जाऊ बाबू

मिलीजुली खेल्ने गर साथीभाइसँग
उनीहरूसँगै मिली गीत गाऊ बाबू

लेखपढ शुरु हुन्छ तिम्रै उमेरदेखि
विद्या लिन सधैँभरि स्कूल धाऊ बाबू

ठूलालाई मान देऊ सानालाई माया
पढिगुनी  राम्रो पुरस्कार पाऊ बाबू

सबको आश तिमीमा नै रहेको हुँदा
चन्द्रसूर्य बनेर रोशनी छाऊ बाबू

सप्तरी नेपाल


गजल १२६

July 12, 2010
रमेश पौडेल

मेरै यात्रा मलाई छली लुक्छ आजभोलि

कस्तो यात्रा थालिएछ दुःख्छ आजभोलि ?

 

रहरको देउरालीमा पुग्न पुग्न लाग्दा

गन्तव्यहीन यात्रा अन्तै पुग्छ आजभोलि

 

पराइ त थिईन म आफ्नो नभए नि

त्यही आफ्नो ठाउँ कुठाउँ  चुक्छ आजभोलि

 

आफ्नैमात्र आँसु ठान्ने पराइको पानी

त्यही पानी आँखैभित्र सुक्छ आजभोलि

 

मलाई छली हिड्ने यात्रा पुगोस् भन्थें माथि

किन उही सबका सामु झुक्छ आजभोलि ?

 

काठमाण्डौ नेपाल


गजल १२५

July 5, 2010

आशांक उपाध्याय

 

सम्झनाको फूल यहाँ सुक्ने छैन कसैगरी
चाहनाको शिखर यो झुक्ने छैन कसैगरी

जति खोज्छौ पर जान उति वर पाउनेछौ
भरोषा छ मेरो माया चुक्ने छैन कसैगरी

झर्नु मेरो नियति हो भने तिम्रै पाउ परुँ
इश्वरको दृष्टि सामु लुक्ने छैन कसैगरी

पराईको घुम्टो भित्र लुकेको छु आँखा भरि
तिम्रो छाडी अर्को बाटो ढुक्ने छैन कसैगरी

सके भुल्नु अन्तै डुल्नु अनि लाली संगै खुल्नु
आँखाबाट आँशु झर्न रुक्ने छैन कसैगरी

जनकपूर नेपाल


गजल १२४

July 5, 2010

थुक्तेन दोर्जी ड्रुक्पा

 

जति रेट्यो सारङ्गी त उति रुँदो रैछ
मनको पीर बुझि दिने मनै हुँदो रैछ

हिड्नै पर्ने पाइतालाले जति दुखे पनि
मनको इच्छ गरीबहरुको मनमै कुदो रैछ

थाक्दै गाको घाउ मनमा फेरी बल्झी दिदा
जति सहे पनि आखिर आँसु चुँदो रैछ

एउटा सृष्टी प्रकृतिको प्रिया लाग्यो मलाई
मृत्यु भन्ने कालो दिनले सबलाई छुँदो रैछ

डेन्मार्क


गजल १२२

July 5, 2010

अमर 'सरोवर'

 

सधैंजसो जूनेलीमा, तिमीसँग भेटुँ भन्छु
मनैभरी गुम्सिएका, मृगतृष्णा मेटुँ भन्छु

मुटुभित्र गडेपछि, नसकिंदो रै’छ भुल्न
सधैं देख्दा सपनीमा, परेलीमै छेकुँ भन्छु

मैले देख्थे सारा खुशी, ती आँखाको नानीभित्र
हृदयको पानाभरी, तिम्रै नाम लेखुँ भन्छु

यो मनको भाका तिमी , मेरो सुर सरगम
भित्री मन्को सारंगीमा, मनमनै रेटुँ भन्छु

डेस्पार्क सिटी अमेरिका


गजल १२१

July 5, 2010

 मवि सिंह

पछि लाग्दा भाग्ने, छाया जस्तो चाला !
भाग्दा पछि लाग्ने, छाया जस्तो चाला !

आफ्ना जन खोई कंहा गए लड्दा ?
उठ्दा मात्र जाग्ने, छाया जस्तो चाला !

बल्दा सम्म ताप्यो साथ रह्यो पनि
खाक हुंदा त्याग्ने, छाया जस्तो चाला !

खोजी जारी राख्न आफ्नै भन्न मिल्ने
मेरो साथ माग्ने, छाया जस्तो चाला !

बोस्टन अमेरिका


गजल १२०

July 5, 2010

आचार्य प्रभा

कसरी आज तिमीले मन अन्तै सार्न सक्यौ
बिर्सेर माया किन हो आज त्यसै मार्न सक्यौ

भेटेको पल भनेका थियौ तिमी मेरो मुटु
भूलेर गयौ कसम कस्तो जालमा पार्न सक्यौ

मनले हो की बाहिरी रैछ थाहा हुनै छाड्यो
नक्कली आसुँ लुकाइ फेरि झट्टै झार्न सक्यौ

प्रेमको रुप फेरेर पनि मेरो सामु आयौ
मायाको जित अवश्य हुन्छ भन्दै हार्न सक्यौ  

आजन्म सम्म तिमीनै मेरी भन्दै माया गर्थ्यौ
कसरी आज “प्रभाको” याद तिम्ले तार्न सक्यौ

कोलोराडो अमेरिका


गजल ११९

July 5, 2010

तीर्थ चापागाईँ

मनलागि जोबन लुट्ने, पालो फेरिएछ
वैँशको घण्टी बजाउने, रालो फेरिएछ

दासी ठान्ने,बेश्या भन्ने, दिन गए हेर
भोग्या देख्ने खोटो भ्रमको, जालो फेरिएछ

पतित भन्यौ,खैरो खन्यौ,आफू चोखो अरे
जबर्जस्ति पोतिएको, कालो फेरिएछ

बुर्का दियौ,घुम्टो दियौ,अधकारमा राख्यौ
तिम्रो कर्तुत लुकाउने, टालो फेरिछ

 
चन्दनपुर, संखुवासभा
हाल: गणित केन्द्रिय विभाग त्रि वि वि,किर्तिपुर


गजल ११८

July 5, 2010

नील बहादुर खड्का

 

आफूलाई कमजोर बनाइ, रुन सकिनँ
आँसुले गाला आफ्नो, धुन सकिनँ

मान्दै गएँ सकेजति, जायज कुराहरु
तिमीलाई दिन मैले, जुन सकिनँ

हुन्न होला मोलमोलाइ, चोखो मायामा
वैभवशाली देखाइ तिम्रो, हुन सकिनँ  

लाढिएर लोभ्याउँदै, नजिक आए पनि
होस् गुमाई तिमीलाई छुन सकिनँ

काठमाण्डौ नेपाल


गजल ११७

June 29, 2010

प्रकाश आङ्देम्बे

अचम्मै भो यसपाली के भन्नु र खै !

प्यारमै भइयो अपुताली के भन्नु र खै !

सम्मजति अरु हिँडे आफ्नो भागमा केवल

उकाली र ओराली के भन्नु र खै !

नाम, दाम, चलखेल सवैसवै पुजारीकै

आफु फगत दन्तकाली के भन्नु र खै !

फूल पनि काँडा हुनु, तिमी पनि टाढा हुनु

पर्छ यस्तै काक्ताली के भन्नु र खै !

सँगै हुँदा मुटु साट्छन्, छुटेपछि कुरा काट्छन्

जहाँ पनि दलाली के भन्नु र खै !

बुद्दभन्दा अलिपर पुग्ने इच्छा थियो

बाटो छेक्छिन् अम्रपाली के भन्नु र खै !

झापा नेपाल


गजल ११६

June 29, 2010

ज्योतिपुञ्ज सुरेश

लेख्न कति बाँकी, कथा आँफैभित्र
खेप्न कति बाँकी ,कथा आँफैभित्र

 जहाँ हुन्छ अन्त्य, त्यहीबाट सुरु
भेट्न कति बाँकी, कथा आँफैभित्र

दुबै आँखा आज, चिम्ली हेरेपछी
देख्न कति बाँकी, कथा आँफैभित्र

भिजे धेरै पाना, लेख्दा कतिचोटि
सेक्न कति बाँकी, कथा आँफैभित्र

निभ्न दिनु हुन्न, ज्योतिपुञ्ज जीवन
छेक्न कति बाँकी, कथा आँफैभित्र
नुवाकोट नेपाल


गजल ११५

June 29, 2010

सविन सिंह

विरहको शेर कोर्नु दिनरातको काम भयो
“एउटा अर्को देवदास” आज मेरो नाम भयो

रावण थियो बलवान वा भईन् सीता बेइमान
पुर्पुरोमा हात राखी टोलाउने राम भयो

समयले निको पार्छ भन्थे सबै घाउहरू
बिर्सेका ति चोटहरू सम्झाउने डाम भयो

मन मन्दिर सजाउने देवी भेटे तिमीमा नै,
भाग्य वैरी भएपछि व्यर्थै तामझाम भयो

खुशी बाँड्थे सबै माझ मुस्कान हुन्थ्यो परिचय
किन दुखी “सबिन” आज? चर्चा खुले आम भयो

कपिलवस्तु नेपाल


गजल ११४

June 29, 2010

सुनिल संगम

मुटुमै पसेर
गयौ नि डसेर

डुबाएँ जिन्दगी
प्रेममा फसेर

फर्किएँ होसमा
छाँगामै खसेर

पछुतो मान्दै छु
साँझमा बसेर

के हुन्छ संगम
खरानी धसेर

हाल इज्रायल


गजल ११३

June 29, 2010

डिल्लीरमण गौतम

फेरि पनि साच्चै माया गरेजस्तै गर्नुभयो !
मेरै लागि स्वर्ग छाडि झरेजस्तै गर्नुभयो !

अझै दु:ख दिने भन्दै गयो काल फर्किएर
बचाउन अमृत नै छरेजस्तै गर्नुभयो !

साउनको भेलमा परि पुगिएछ पल्लो तीरमा
छेउमै आइ सँगै खोला तरेजस्तै गर्नुभयो !

रित्तो रित्तो सबै रित्तो थियो बाँकी जुठोपुरो
भोकै बसी मेरो पेट भरेजस्तै गर्नुभयो !

नदेखेझै गर्दै हिड्दा दुनीयाले देखेपछि
माया गर्दै अली वर सरेजस्तै गर्नुभयो !

गुल्मी नेपाल


गजल ११२

June 29, 2010

किरण लिम्बु

गेडी पनि गाइयो च्यान्टी अब गज़ल गाउँला हुन्न ?
मरी लानु के छ च्यान्टी माया-पिरिम लाउँला हुन्न ?

आज-भोली मलाई देख्दा मुसु-मुसु हाँस्ने गर्छ्यौ,
तिम्रै मुस्कान् हेर्न च्यान्टी दिन-दिनै धाउँला हुन्न ?

पल्ला घरे काले भन्थे तिमी हाट जाने अरे,
चौतारीमा पर्ख च्यान्टी हामी संगै जाउँला हुन्न ?

लेक तिर संगै जाउँला दाउरा अनि घाँस काट्न,
भोक लागे भन च्यान्टी काफल टिपी खाउँला हुन्न ?

तिमी घर एक्लै हुँदा भेट गर्ने मन थियो,
बाबा गोठ जाँदा च्यान्टी गफ गर्न आउँला हुन्न ?

बिहे गरी शहर तिरै बसाँई सरी गए पछी,
दुइचारवटा च्यान्टी भल्ट्याङभुल्टुङग पाउँला हुन्न ?

ग्रेस हियुके


गजल १११

June 29, 2010

जिन्दगी नै डुबे हुन्थ्यो पिरतीको खेलले
कि बगाई लगे हुन्थ्यो बर्षातको भेलले

बगैँचाको फूल टिप्दै हिडिरने तिमीले
कि सजाई बाँधे हुन्थ्यो मिलनको नेलले

विश्वासधात् बढि हुन्छ अविस्वासी बानीले
कि बिर्साई छाडे हुन्थ्यो तिर्सनाको जेलले

विवशता सधै हुन्न भनिदिए उनिले
कि मिसाई ल्याए हुन्थ्यो नजिकिने मेलले

क्याक्मी ९, स्याङ्ग्जा नेपाल

हाल इजरायल


गजल ११०

June 15, 2010

उपेक्षित पूजा

परेलीमा आँसु लुकाई बाँचिरहेछु
मुटुभरि पीडा बोकी नाचिरहेछु

पिरतीका मुना फेरि पलाउला कि
सम्बन्धका काँडाहरू भाँचिरहेछु

जति देऊ चोटहरू हृदयभरि
जुनीभरि तिम्रो माया साँचिरहेछु

रगतका अक्षरले पाना रङ्गिँदा
कति गर्छौ माया भनी जाँचिरहेछु

बिराटनगर नेपाल


गजल १०९

June 15, 2010

 

तीर्थ चापागाईँ

तिम्रो घरको बाटो सँधै काट्न मन लाग्यो
गुलाबको एउटा थुङ्गा साट्न मन लाग्यो

लुकिचोरी लाको मायाँ मीठो हुन्छ भन्छन्
पिरतिको गुलियो स्वाद चाट्न मन लाग्यो

एउटा पोया तिमी भए अर्को म बनूँला
पिरतीको कसिलो डोरी बाट्न मन लाग्यो

युद्ध अनि प्रेममा सबै जायज हुन्छ भन्छन्
जोरि खोजे देउतालाई नि ढाँट्न मन लाग्यो

जसो पर्ला त्यसै टर्ला कस्ले के पो गर्ला
दह्रो मुटू पारि तिम्लाई आँट्न मन लाग्यो

चन्दनपुर, संखुवासभा नेपाल
हाल: गणित केन्द्रिय विभाग त्रिविवि,किर्तिपुर


गजल १०८

June 15, 2010

सुमन मञ्जरी

 

मरे समान बाँचेको हुँदो रै’छ मान्छे
दुखी हुँदा त एक्लै नै रुदो रै’छ मान्छे

आफ्ना चाहना सबले पुरा गर्न खोज्दा
गाई नपुगी गोरु पो दुदो रै’छ मान्छे

लोक बुझाई उ आफु बन्न भनी चोखो
जाली आँशुमा त्यो पाप धुदो रै’छ मान्छे

फुली काँडाकै बिचमा एक्ली हाँस्ती सुमन
काँडा बिचकै “मञ्जरी” छुदो रै’छ मान्छे

काठमाण्डौ नेपाल


गजल १०७

June 15, 2010

भूपेन्द्र तिम्सिना

कैले कोमल मुटु बन्छ, शुल् बन्छ कहिले चैं
उही माया बाढीसँगै, पुल बन्छ, कहिले चैं

जीवन भन्दा फरक छ कि, मैले सोच्या यौटा जीवन
खडेरी भै आफै जल्छ , मुल बन्छ कहिले चैं

वर्षौंदेखि पूजा गर्ने पुजारी नै अलमल छ,
कैले मूर्ति बनिदिन्छ , फूल बन्छ कहिले चैं

खै कसरी पढौं उसलाई, चिहाउँ कुन झ्यालबाट,
कैलै खुला ढोका बन्छ , चुकुल बन्छ कहिले चैं

शनिश्चरे , मोरङ  नेपाल
९८५२६७५७४९


गजल १०६

June 15, 2010

जितेन्द्र मल्ल

थाहै छैन कैले बढ्यो, झुकाव मन पराएँ
नशै नशा गजल बह्यो, बहाव मन पराएँ

भन्थे, कहाँ सजिलो छ? पाउन केही यहाँ,
बित्थै तिखो काँडा बिझ्यो, गुलाव मन पराएँ

भाव मेरा पोख्न खोजें, भेटिन शब्द कुनै,
कठै! कागज रित्तै रह्यो, अभाव मन पराएँ

सुख दु:ख तौली हेरें, बराबर हुन्छ भन्थे,
भलै पीडा माथि पर्‍यो, हिसाब मन पराएँ

हार्नु तेरो धर्म हैन, चिच्यायो यो मन जब,
अझै ‘जितु’ अघि सर्‍यो, लगाव मन पराएँ

तालकोट नेपाल

हाल UAE


गजल १०५

June 15, 2010

आचार्य प्रभा

नछेकोस् कहिल्यै भुगोलले पनि हाम्रो यो शहरलाई
नदेखोस् कहिल्यै कसैले पनि निष्ठुरी कहरलाई

जसरी हामीले मायामा पनि एक्लो पल् काटदैछौँ
नलिउँ कहिल्यै हामीले साथ पापिष्ट जहरलाई

जत्ती नै बढोस मायाको दुरी हाम्रो यो जुनिभर
बिर्सन्नौ कहिल्यै मरेर पनि अनिँदो प्रहरलाई

प्रेमको आहुती दिएर पनि मरौँला हामीद्वय
आजन्म भर नै नमेट्न सकौँ मनको ठहरलाई

युगौँयुग् बाँचोस बोकेर आशा मुटुले धड्कनमा
नतोडी दिउँ है भूलेर पनि उज्यालो रहरलाई ।

कोलोराडो अमेरिका


गजल १०४

June 15, 2010

जनक पौडेल

 

 

एउटा उन्मुक्तिको हाँसो हाँस्न पनि सकिएन
आनन्दको एउटा जीवन बाँच्न पनि सकिएन

थाहै नपाई मन जोडिन्छ, थाहै नपाई मन चुँडिन्छ
थाहै नपाई चुँडिने मन गाँस्न पनि सकिएन

थोरै खुसी लिनलाई धेरै दुःख भोगेका छौं
दुःख-सुखको यो हिसाब जाँच्न पनि सकिएन 

समयको गतिसँगै बगेका छौं तिमी हामी
बग्दाबग्दै छुटेका पल साँच्न पनि सकिएन 

लखनपूर झापा नेपाल 

हाल काठमाण्डौ नेपाल 


गजल १०३

June 9, 2010

सुनिल संगम

जाँदै छौ जाऊ तिमी सँधै ख़ुशी हुनु
बाधा बिघ्न आई पर्ला कहिले नरुनु

टाढा छ जून तारा गाढा छ है माया
त्यही माया संगालेर जून तारा छुनु

कुरा चल्छ नानाथरी जँहा जता पनि
म त भन्छु सँधै भरी राम्रा कुरा सुनुँ

भेट्नु छुट्नु जोड घटाऊ संसारको रीत
नमिलेमा हिसाव अझै आऊ फेरी गुनुँ

ठूलो छैन संसार यहाँ हुन्छ फेरी संगम
मात्र जिउने थलो न हो आखिर जँहा चुनुँ

शुनिल संगम नेपाली गीत र गजलको दुनियाँमा अत्यन्त जाजल्यमान तारो सावित बनेको नाम हो ।
sangamtimes@yahoo.com


गजल १०२

June 9, 2010

दलबीर 'घायल'

हडताल जुलुसको मेला भई रहन्छ
अन्योलमा देश पर्‍या बेला भई रहन्छ

जिन्दवाद मुर्दावाद सडकमा जनता
पाटी पिच्छे छुट्टा-छुट्टै खेला भई रहन्छ

नेता भन्छ कुर्चिमा जो पुग्छन त्यो दलाल
तिनैबाट जनताको हेला भई रहन्छ

कस्ले हेर्ने दु:खीलाइ बालबच्चा पाल्नु छ
काम गर्दा हातैभरी ठेला भई रहन्छ

बलियोले निर्धोलाई जे गरे नि हुने भो
सिकाउँने गुरु भए चेला भई रहन्छ
गुप्तेश्वर-३, रामेछाप
हाल:-अबुधबी, संयुक्त अरब इमिरेट्स (UAE)


गजल १०१

June 9, 2010

अविरल अधिकारी

परेलीमा आँशु रोक्ने, बार लाउन पाए
चालिएका कदमको, सार लाउन पाए

भुमरीमा फसेको छ, बगिजाने खोला
अल्झाउने समस्यालाई, पार लाउन पाए.

बगिजान्छन् हर्ष उल्लास, वर्षे भेल सरि
मौरीले झैँ मह राख्ने, घार लाउन पाए.

जता पाउ चालेपनि, सधै अल्झिएका
अवरोधका फेदीमा नै, धार लाउन पाए

सफलताको शिखर चुमी, गर्व गरेर नै
पित्तलकै भए पनि हार लाउन पाए.

हेटौडा मकवानपुर


गजल १००

June 9, 2010

ज्योतिपुञ्ज सुरेश

न त वार भो, न त पार भो
न त जीत भो, न त हार भो

कहाँ सुनायेँ,कथा जीवन
न त पुरा भो न त सार भो

निसासिएछु,कति आँफैभित्र
न त धुँवा भो, न त खार भो

शब्द छ उही,जति लेखे पनि
न त दुई भो, न त चार भो

सम्झना आज, टाढा जानेको
न त कम भो, न त भार भो

कविता लेख्यो, गजल लेख्यो
न त कवि भो,न त ‘कार भो

नुवाकोट नेपाल


गजल ९९

June 9, 2010

मवि सिंह

मौकाले आफ्नो बारे छनक पाएं
जानेको भन्दा धेरै फरक पाएं

हुन त सिफारिस आफैले गरें
लाउंदा लाजै हुने पदक पाएं

अरुको दोष भन्न हिम्मत छैन
बिगार्ने सबै आफ्नै खलक पाएं

क्षमता कंहा ममा दर्शन बुझ्ने ?
बजारी कुरा गर्न अथक पाएं

खोजेकै अपराध गरेर बांच्न
सुध्रिने मौका कैयौं पटक पाएं

बोस्टन अमेरिका


गजल ९८

June 9, 2010

किरण "अनविज्ञ"

मुटुमाझ, ढुङ्गा, कीन तिम्ले, हान्यौ सानु

जानु रै’छ, छोडि, देबी किन, भाक्यौ सानु

किन बाच्नु, मैले, कस्को लागि, बाचु भन

मर्नु न त, बाच्नु, दोसाधमा, छाड्यौ सानु

शुस्क आँखा, फेरी, पनि बर्षा, हुने भयो

प्रतिशोध, फेर्न, मैलाई नै, रोज्यौ सानु

आ’थे दुर, देश, खुशी तिम्रो, किन्न भनी

नऊन्दैमा, खुशी, बिचैबाट, चुड्यौ सानु

उषालाली, पर्खि, बसे तिमी, भेट्नलाई

आखिरमा, किन, त्यही रातै, दियौ सानु

मरुभुमी ( बालुवाटार )


गजल ९७

June 9, 2010

डिल्लीराम गौतम

 

वग्दा वग्दै गंगा नदी सुक्छ देखे तिमीलाई
पूर्णीमाको चन्द्र पनि लुक्छ देखे तिमीलाई

लजाउछ प्रकृति नै तिमी भित्रै आफू भेट्दा
हिमाल त्यो सलाम गर्न झुक्छ देखे तिमीलाई

फूल फूल्दै झरिरहे नझरेरै फूल्यौ तिमी
रोकिएर समयले चुक्छ देखे तिमीलाई

चारैतिर सबै खुशी मन्द तिमी मुस्काउदा
लानै आ’को मृत्‍यु पनि रुक्छ देखे तिमीलाई

भागे सबै दु:ख जति समिपमा तिमी हुँदा
नदुखेझै गर्दै छाती फुक्छ देखे तिमीलाई

काठमाण्डौ नेपाल


गजल ९७

June 1, 2010

डिल्लीराम गौतम

 

वग्दा वग्दै गंगा नदी सुक्छ देखे तिमीलाई
पूर्णीमाको चन्द्र पनि लुक्छ देखे तिमीलाई

लजाउछ प्रकृति नै तिमी भित्रै आफू भेट्दा
हिमाल त्यो सलाम गर्न झुक्छ देखे तिमीलाई

फूल फूल्दै झरिरहे नझरेरै फूल्यौ तिमी
रोकिएर समयले चुक्छ देखे तिमीलाई

चारैतिर सबै खुशी मन्द तिमी मुस्काउदा
लानै आ’को मृत्‍यु पनि रुक्छ देखे तिमीलाई

भागे सबै दु:ख जति समिपमा तिमी हुँदा
नदुखेझै गर्दै छाती फुक्छ देखे तिमीलाई

काठमाण्डौ नेपाल


गजल ९६

June 1, 2010

 

दलविरसिंह वराइली

घायल

लुकिछिपी भेट्न धाउँदै आउली मेरो लागि
तिम्रै हुँ म भन्दै कसम खाउली मेरो लागि

बोल्न पनि एकै बचन अचेल किन लाज
माया सँधै मिठो धुनमा गाउली मेरो लागि

सातै फेरो जग्गे घुमाइ लिउँला कन्यादान
अनी रातो पोते सिंदुर लाउली मेरो लागि

बिरानो झैं लाग्ने पराइ एउटै प्राण होला
लामो आयु माग्न मन्दिर जाउली मेरो लागि

माया गर्दा हेर संसार भुल्छन सबैले नै
घोक्रे छोरो थाहै नपाई पाउली मेरो लागि

रामेक्षाप नेपाल

हाल युएइ अबुदावी

गजल ९४

June 1, 2010

निलबहादुर खड्का

मलाई पनि हिजोआज, कोरुँकोरुँ लाग्छ गजल!
लेख्छन् अरु लोभलाग्दो, चोरुँचोरुँ लाग्छ गजल

गजल मात्रै जताततै, फेसबूक झन् गजलमय
बटुलेर शब्द अनेक, जोरुँजोरुँ लाग्छ गजल

चित्तबुझ्दो हुन्न आफ्नो, अरुकोले तान्छ मन
अग्रजका देख्दा सबै, सोरुँसोरुँ लाग्छ गजल

लेख्नलाई सोच्छु अनेक, लेख्दालेख्दै हुन्छ अर्कै
मन पर्दैन आफैँलाई, फोरुँफोरु लाग्छ गजल

 काठमाण्डौ नेपाल


गजल ९३

June 1, 2010

तीर्थ चापागाईँ

ढुङ्गाजस्तै मनका हुन्छन,शहरीया मान्छेहरु
आफ्नै मात्र स्वार्थ बुन्छन,शहरीया मान्छेहरु

पल्लोघरमा शोक पर्दा,छिमेकमा उत्शब् हुन्छ
एकल्काँटे जीवन तुन्छन शहरीया मान्छे हरु

ओल्लो कोठा पल्लो कोठा,उहि छानो ओताउने
सँधैभरी ढोका थुन्छन, शहरीया मान्छेहरु

घरमा खाने मानो छैन, ठाँटिएर हिँड्नुपर्ने
कस्को कुर किन सुन्छ्न,शहरीया मान्छेहरु

प्रेयसिको प्रेम पनि,लिलामीमा बिक्दोरैछ
मोडैपिच्छे प्रेमी चुन्छन ,शहरीया मान्छेहरु

पैसा पैसा भन्दा भन्दै,जिन्दगानी दुखेपछी
पिल्सिएर एक्लै रुन्छ्न,शहरीया मान्छेहरु

चन्दनपुर, संखुवासभा
हाल: गणित केन्द्रिय विभाग त्रि वि वि,किर्तिपुर


गजल ९२

June 1, 2010

आचार्य सुविशुधा

तिम्रै अगाडि छोरा जल्यो, मलाई माफ गर आमा
सपनाको महल ढल्यो, मलाई माफ गर आमा

थाहा छ तिम्रो छाती भित्र, निको नहुने घाऊ लागेको
दैबले दुबैलाई छल्यो ,मलाई माफ गर आमा

सकिन निभाउन मैले, कर्तब्य अनी जिम्मेवारी
भाई बैनिको आसा बल्यो, मलाई माफ गर आमा

पाली फेर्न छानो छाउन,गएकै थिए परदेस
नियतिको बज्र चल्यो, मलाई माफ गर आमा

आसु पुछेर हासो दिन्छु, खुशीले पोल्टो भरी दिन्छु
सोचाइमा ऐजेरु फल्यो, मलाई माफ गर आमा

भो घात नगर त्यसरी, आउन्न फर्की यो जुनिमा
भाग्यले नै बिछोड दल्यो,मलाई माफ गर आमा

काठमाण्डौ नेपाल


गजल ९१

June 1, 2010

सुमन मञ्जरी

के रै’छ मात खाएर हेरें
के रै’छ घात पाएर हेरें

सुने’थें के के अर्काको बाणी
के रै’छ बात धाएर हेरें

उज्यालो अनि साँझ यो कत्ती ?
के रै’छ रात छाएर हेरें  

देखेको एक्ली “मञ्जरी” मात्र
के रै’छ पात चाएर हेरें

काठमाण्डौ नेपाल


गजल ९०

June 1, 2010

श्रीराम गौतम

बलियो त्यो किलोलाइ, जनबलमा तोडी फाले
हटाएर यौटा हात्ति, छसौएक गधा पाले

हामि सबै धर्ति पुत्र, भन्ने नारा घन्काउँदै
पुरा गर्छौ सबै इच्छा, भनि झूटो कदम् चाले

जनताको प्राणलाइ, आहुतिमै सुम्पिएर
नाम मात्र गणतन्त्र, भन्ने ठूलो जाल हाले

जस्ले जता उठाए नि, उठ्ने सोझा देखेपछि
फेरि सहिद् बढाउँन, नानाभाँति बोल्न थाले

हार मान्नु गल्ति ठानि, गन्तब्य नै हैन भन्दा
चिप्लिएछ जिब्रो भनि, जनताको मुख टाले

बलेटक्सार, गुल्मी


गजल ८९

May 24, 2010

नियत के थाहा भएन ! हत्केला बढाई रहेछौ
जे छोयौ फोहोर बनायौ ! दुबिधा गराई रहेछौ‍‍

आगोमा हिंडेको देख्दैछौ, पोलेर उफ्रेको हेर्दैछौ
नाचको भ्रम जगाएर, डबली बनाई रहेछौ

नजीक आउछु भनेको, केबल बाहना रहेछ
टाढाको घामले जसरी, तरड्ग पठाई रहेछौ

मनमा राखेको मान्छेले, मगज कजाई रहेछौ
धागोको पुतली सरह, औंलाले नचाई रहेछौ

सर्वाङ छोएर हेरेको, कारण सताई रहेछौ
सम्झना बन्न सक्ने सबै, प्रमाण जलाई रहेछौ

मवि सिंह
बोस्टन अमेरिका


गजल ८८

May 24, 2010

बूँद राना

सगरमाथा चुली पनि चुरेजस्तो लाग्छ
अगस्तीले सबै थोक तुरेजस्तो लाग्छ

जागी सुख हुन्थ्यो कहाँ सुती सुख हुन्थ्यो
कानैनिर कुम्भकर्ण घुरेजस्तो लाग्छ

ढल्यो भन्ने रात झनै झाँगिएझैँ देख्छु
उदाउँदो घाम भने लुरेजस्तो लाग्छ

बाघ मार्यौं भनी के को मख्ख पर्नुछ र?
ब्वाँसोलाई गाई बाख्रा जुरेजस्तो लाग्छ !

हिजो आएको आँधीले फोहर थुपारे छ
मुलुकले अर्को आँधी कुरेजस्तो लाग्छ

गजलकार बुँद राना
नेपाली गजलकै स्यर्ण हस्ताक्षर हुनु हुन्छ


गजल ८८

May 24, 2010

किरण अनविज्ञ

सुख खोज्दा दु:ख तिम्ले थमायौ किन ??
पर्दा दु:ख मा नै फेरी रमायौ किन ??

यात्रा बिच ठेस अनी थकाई लाग्दा
हात मेरै त्यती बेला समायौ किन ??

दोष लाए घीर्णा दिए साराले जब
मेरो हो उ भन्न मुटु कमायौ किन ??

फुल्यौ तिमी रङ छायो बसन्त सँगै
हिँउ जस्तो नै मलाई जमायौ किन ??

मरुभुमी बालुवाटार

काठमाण्डौ नेपाल


गजल ८७

May 24, 2010

आचार्य प्रभा

खोजिन धन तिम्रो मायामा
लुटाएँ मन तिम्रो मायामा

प्रेमको  अर्थ थाहा भएन
बुझाई भन तिम्रो मायामा

फुलेर झर्छु  तिम्रै छात्तिमा
सुम्पेछु तन तिम्रो मायामा
 
बिरुवा बनी उम्रेँ दिलमा
जोगाइ खन तिम्रो मायामा   

पाइन साथ सत्य  कहिल्यै
छ आफ्नो पन तिम्रो मायामा

कोलोराडो अमेरिका


गजल ८६

May 24, 2010

 

जिम्मलः
शब्दकोशै रित्तियो कि? पर्नु पीर पर्‍यो साथी
यौटा गजल लेख्न पाए हुन्थ्यो होला कति जाती

तुर्रे कविः
तिमीलाई लेख्नलाई चाहिन्छ कि पिर वेथा
दिन्छिन् उन्ले, चढाउ भाई मैयालाई फूल पाती

माया, प्रेम, पिडा, खुशी, सपना र विपना त्यो
कुनैले नि नभए’सि हेर जून तारा राती

जिम्मलः
ब्यथाको के कमी छ र? मुइँया भाकौ अब मैले
उन्को साथ भन्दा बरु एक्लोपना रै’छ जाती

माया पिरिम् जून तारा सपनाका छाडौ कुरा
खुशी के हो भुलिसकें, दुखिरन्छ देब्रे छाती

तुर्रे कविः
पिडा हाम्रो एउटै हो, पिडा दिने मान्छे फरक
तिम्रो दुखाई हेर्दा लाग्छ शायद् हो कि? जातै घाती

जिम्मलः
माया भए अरु केही चाहिदैन कि त मित्र ?
खोक्नेहरु अझै खोक्छन् सबैभन्दा माया माथी

तुर्रे कविः
चाहेकै हो चोखो माया, लिन दिन सबैले नै
अल्झिदिन्छन् सम्बन्धमा स्वार्थहरू नाना भाँती


गजल ८५

May 24, 2010

पाल्पालि ठिटो

पिए झैं गरेको हुँ ,पिएर मातेको छैन सानु
अरुलाई जस्तो तिमि ईंलाई ढाँटेको छैन सानु

आफ्नो र पराइमा फरक त हुने नै भो
तिम्रो चोखो माया अरुसँग साटेको छैन सानु

जान्दैनौ केहि पनि भन्न किन छाड्दिनौं तिम्ले
सानैमा लाएको भोटो त्यस्तैछ फाटेको छैन सानु

इख नभाको मान्छे अनि बिख नभाको सर्प हुन्न
यकपटक थुकेर आफैले फेरि चाटेको छैन सानु

बिस्वास छ अटुट साथ दिन्छेउ सानु तिम्ले मेरो
जति सुकै बादा अर्चन आउदानि गोबिन आत्तेको सानु

 
जल्पा ५ पाल्पा नेपाल
हाल केएसए


गजल ८४

May 24, 2010

प्रकाश धमला

सिमानाले किन पराइ हुनुपर्छ नेपालीले
जीते हारे जे गरेनी रुनु पर्छ नेपालीले ?

खस्छ मृत्यु साच्चि हजुर लाउरेको शिर माथि
तर पनि वीरको नाममा कुनु पर्छ नेपालीले

संसार सबको साझा भने हाम्रो पनि हुनु पर्ने
किन बर्मा भुटानबाट छुनु पर्छ नेपालीले ?

हाम्रो पुर्खा हाम्रो इतिहास नामी हुदा पनि
बिदेशीको पाउ किन धुनु पर्छ नेपालीले ?

सलिस्बुरी एअस्त, सौत अस्ट्रेलिया


गजल ८३

May 24, 2010

रमेश पौडेल

बेखवर हुँदा पनि, खवरभित्रै हुन्छ्यौ तिमी

 कहाँ भेटूँ कैले भेटूँ, रहरभित्रै हुन्छ्यौ तिमी

भेटै मात्र नहुने हो, भेट्न खोज्दा खेरी कतै

 जहाँ रहौ मेरै मनको, शहरभित्रै हुन्छ्यौ तिमी

 जति भुल्न खोज्दा पनि, यादै मात्र बढी राख्ने

 आशा अनि उमङ्गका, लहरभित्रै हुन्छ्यौ तिमी

 नपत्याए छामी हेर, एकचोटी आफ्नै मुटु

समयका प्रत्येक पल, प्रहरभित्रै हुन्छ्यौ तिमी

काठमाण्डौ नेपाल

© रमेश पौडेल


गजल ८२

May 17, 2010

सुनिल संगम

 

अचेल तिमी भुल्नलाई पिउने बानि गरेको छु
दुनियाको त्यो नजरबाट अलिकति झरेको छु

कसलाई दिउँ दोषहरु यस्तै रै’छ कर्म बरु
आफैसंग रिसाउँदै आफै आँखा तरेको छु

कठै भन्ने को छ यहाँ हेर्छन् बरु तमासा पो
रमिता भो जिन्दगी नै सबको आँखा परेको छु

भिडै लाग्दो रै’छ त्यहाँ पीर व्यथा बिसाउनेको
म पनि त व्यथा बोकी आजकल त्यतै सरेको छु

कस्तो भयो संगम कुन्नि भुल्न पनि यति गार्हो
टुक्रा टुक्रा पार्दै यो मन तिम्रै यादमा छरेको छु

sangamtimes@yahoo.com


गजल ८१

May 17, 2010

मिना बान्तवा ‘मृदु’

एकान्तमा भेटेर बोलुँबोलुँ लाग्यो

तिमीसंग हृदय खोलुँखोलुँ लाग्यो

एक चिट्ठी लेखेर बैनाबट्टा मारी

मीठा कुराकानीले मोलुँमोलुँ लाग्यो

दोबाटोमा पर्खेर लुकीछिपी हेर्दै

नदेखे झैं गरेर टोलुँटोलुँ लाग्यो

तिम्रो नामको छापले सिउँदोमा छापी

जीवनलाई रंगमा घोंलुँघोंलुँ लाग्यो

तिमीसंगै जिंदगी सात जूनी साट्न

सातै माड़ा घुमेर पोलुँपोलुँ लाग्यो

काठमाण्डौ नेपाल


गजल ८०

May 17, 2010

किरण "अनविज्ञ"

मुटुमाझ ढुङ्गा किन तिम्ले हान्यौ सानु

जानु रै’छ छोडी देबी किन भाक्यौ सानु

किन बाच्नु मैले कस्को लागि बाचु भन

मर्नु न त बाच्नु दोसाधमा छाड्यौ सानु

शुस्क आँखा फेरी पनि बर्षा हुने भयो

प्रतिशोध फेर्न मैलाई नै रोज्यौ सानु

आ’थे दुर देश खुशी तिम्रो किन्न भनी

नऊन्दैमा खुशी बिचैबाट चुड्यौ सानु

उषालाली पर्खि बसे तिमी भेट्नलाई

आखिरमा किन त्यही रातै दियौ सानु

मरुभुमी बालुवाटार


गजल ७९

May 17, 2010

सुरेश ज्यातिपुञ्ज

विचारमा नयाँ चहल, पहल लेख्न थालेँ

लेख्दै जान थालेपछी, गजल लेख्न थालेँ

फुटिजाने डर सधैं, सिसामहल सपनाको 

पुरानो यो झुपडीलाई, महल लेख्न थालेँ

रहरैले लेखेँ पहिला, कथा आफ्नो लेखे अनी

सबैले भन्न थाले, अब्बल लेख्न थालेँ

बुझे जस्तो लाग्यो, केही दिन लेखेपछी 

जिन्दगीलाई फेरी, पसल लेख्न थालेँ

संसारै छ उज्यालो, मनै खुशी भएपछी

सबैलाई आजदेखी, असल लेख्न थालेँ

जती लेख्दै गएँ, उती लेख्ने मन भयो

लेख्नुलाई पनी अब, अम्मल लेख्न थाले

धरतीमा झरेको छ, आकाशको ज्योतिपुञ्ज 

फुलेपनि यो हिलोमा, कमल लेख्न थालेँ

जेष्ठ २,२०६७ 
नुवाकोट नेपाल
हाल पन्डिचेरि, भारत


गजल ७८

May 17, 2010

 राजु सुब्बा

अनन्त माया मेरो म तिम्लाई नै थिएँ नी

तिम्रै माया बद्ली दिदा धेरै धेरै पिएँ नी

माया कत्ति गरेथेँ साँची आज आँसु झर्दैछ

सुख खुशीमा होईन नीरमा नै जीएँ नी  

सीतल माया तिम्रो सीत  झै उडी दिदा

बिछोडको पिडाले मन मनैमा धेरै खिएँ नी

आधा रातमा उठी सीरानी फेरि निदाउन खोज्छु

तर तारामाझ एउटै जूनहेरी दिल सिएँ नी

तिम्लेनै भूली दिए पछी मैले कत्ती सम्झिनू

अब त तिमी बिनै जीउने सङ्कल्प लिएँ नी

जर्जीया एटलाण्टा


गजल ७७

May 17, 2010

आशांक उपाध्याय

 

तिता मिठा कुरा हुन्छ बुझ्नु पर्छ जीन्दगी !!
प्रेम संगै युद्ध हुन्छ जुध्नु पर्छ जीन्दगी !!

शुरु गर अन्त्य हुन्छ समयको रित हो,
जताबाट आयौ त्यहीं पुग्नु पर्छ जीन्दगी !

पाएँ कति हैन यहाँ कति दियौ सोच’न !
चिन्ता हैन चिन्तनमा डुब्नु पर्छ जीन्दगी !!

कर्म गर्दै जानु पर्छ फल खोज्नु हुदैन,
आत्म विश्वाशिलो छाती फुक्नु पर्छ जीन्दगी !!

के नै लिई आएका’थ्यौ के नै बोकी लान्छौ र ?
चैत मासे गुराँस झैँ फुल्नु पर्छ जीन्दगी !!

सर्लाइ जनकपूर नेपाल


गजल ७६

May 17, 2010

शुमन मञ्जरी

अकारण रुझ्छन्, आँखाहरु हिजोआज
थाहै नभै जुध्छन्, आँखाहरु हिजोआज

हेर्न गाह्रो सम्मुख, किन हुन्छ खै अचेल ?
हेर्दा हेर्दै झुक्छन्, आँखाहरु हिजोआज

हुन्न रै’छ देखेको, भित्री रुप हुँदा बेग्लै
हेराइ मै चुक्छन्, आँखाहरु हिजोआज

जोडेपछि एउटा  नाता, फेरि अर्कैतिर
छड्केछड्के कुद्छन्, आँखाहरु हिजोआज

काठमाण्डौ नेपाल


गजल ७५

May 10, 2010

शुमन मञ्जरी

म बिना, कसैलाई, मुस्किल छ, वादलपरि

हुँ न त, म छु यता, यो दील छ, वादलपरि

जुध्दा ती, आँखाहरु, लजाएर, झुकाउथिन

उनै ती, आँखाहरु, टिल्पिल छ, वादलपरि

मनको, मझेरीमा, छाएकोछु, अन्धकारले

जून ऊ, उतै हुँदा, झिल्मिल छ, वादलपरि

मन्जरी, तिमी मेरी, फुलाउँछु, फर्केर आई

पर्खाइ, तड्पाइको, चिल्बिल छ, वादलपरि

काठमाण्डौ नेपाल


गजल ७४

May 10, 2010

मिना बान्तवा “मृदु”

प्यालामा नशा लिएर हाँसेकी छु
आँसुका घुट्का पिएर हाँसेकी छु

रातमा होकी दिनमा हिदैछु म
कसरी खोइ जिएर हाँसेकी छु

आगोको कोल्मा जलेर कोइला भै
खरानी पातो खिएर हाँसेकी छु

चुन्दीन स्वर्ग जिउँदो लाश हुँ म
त्यसैले खुसी दिएर हाँसेकी छु

जलेको मुटु सडेर च्याथरा भो
त्यसैले अब सिएर हाँसेकी छु

काठमाण्डौ नेपाल


गजल ७३

May 10, 2010

सुरेश ज्योतिपुञ्ज

भो अब मुटुमाझ, बस्न नआउ
बिशालु छौ तिमी, डस्न नआउ

एकान्तमा रुदै, झिक्ने बानी मेरो
काडाँसरी मनभित्र पस्न नआउ

बग्ने म खोला, तैरिने तिमी पात
ठूलै छ भेल आज, खस्न नआउ

मलाई नै जाली, भन्थ्योउ रे तिमी
झुक्क्किएर आँफै, फस्न नआउ

सेतो म गुलाफ यस्तै रहन देउ
गाढा रातो रङ्ग, धस्न नआउ

जोड्नलाई गार्हो, छुटेपछी बन्धन
गाँठो पर्ला फेरी, कस्न नआउ

भो अब मुटुमाझ, बस्न नआउ
बिशालु छौ तिमी, डस्न नआउ

नुवाकोट नेपाल


गजल ७२

May 10, 2010

अविरल अधिकारी

दिएर पीर कहाँ गयौ तिमी
रोपेर झिर कहाँ गयौ तिमी

गोरेटो बाटो पहाडको यात्रा
छाडेर भीर कहाँ गयौ तिमी

ताकेर धनु मनभित्र मेरो
हानेर तीर कहाँ गयौ तिमी

लाजले बरा! अनुहार ढाकी
लुकाई शिर कहाँ गयौ तिमी 

बालेर आगो अविरल दिलमा
जलाई चीर कहाँ गयौ तिमी

हेटौडा मकवानपुर


गजल ७१

May 10, 2010

यात्री शेखर
झ्याप्प झ्याप्प हिजो आज लोडसेडिङ्को मार कति
सरकार बढाउँछ राजस्वको भार कति 

जताबाट भए पनि पिल्सने त जनता न हो
आन्दोलन नै चर्काए’नी बन्छ सधैं हार कति

सबैलाई गुनासो छ सरकारको चालासंग
सकेन नी समस्यालाई लगाउन पार कति

हिजो आज देश हाक्ने सरकार हैन दल भा’छन्
दलविचै हुन्छ किन पानी बाराबार कति

शुन्सरी नेपाल
yatrishekhar@gmail.com


गजल ७०

May 10, 2010

अर्जुन प्रधान

नङ्ग र मासुको सम्बन्ध खास एकै हो
र पछि अनि हुदै फेरिने दोरो सास एकै हो

मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय
अचम्म छ, अन्धकारमाथि प्रकाश चल्ने बतास एकै हो

हुदाँ हुदाँ दिनपछि महिना अनि बर्ष हुन्छ
उनले टेक्ने धर्ती र मैले हेर्ने अकाश एकै हो

अन्तमा, जीवन जिउनका लागि रङ्गिन संसार पाएँ
त्यसमा शरीर नरहे, आत्म रहन्छ अखिर लास एकै हो

बेलडाँगी झापा


गजल ६९

May 10, 2010

राजु सुब्बा

आँसु झरेना भनेथेँ आखैमा सुकेको रहेछ
छैन है भनेथेँ माया मनैमा लुकेको रहेछ

शायद दु:ख लुकाई तिम्रै सामु हासेथेँ मैले
साथ तिम्ले तोड्दिदा मेरो मन दुखेको रहेछ

यादले सताउदा च्यातिदिएँ तिम्रो छाया चित्र 
भूले झै लग्थ्यो अभावमा सिर झुकेको रहेछ 

 
तिमीले छाडें पनि सम्झनामा आईरहन्छौ 
यादायो तिम्रै माया फिर्ता गर्न चुकेको रहेछ

जर्जीया एटलाण्टा


गजल ६८

May 2, 2010

अविरल यात्री

 

आठै ग्रह साथमा हुँदा शत्रु रह्यो शनि
तिमी आइनौँ मेरो मनमा औँसी भयो अनी

बर्षातमा आकाश ढाक्ने कालो बादल आज
टल्केकोछ तिम्रोसामु चाँदनीझैँ बनी

तिमी आउने बाटो हेर्दै कल्पनामा डुब्दै
कयौँ रात बितेकाछन् तारा मात्र गनी

सागरझैँ उर्लिदैछ रहरहरू मनमा
बाधिँराखौँ कैलेसम्म तिम्रै लागि भनी

विश्वासको डोरी छिनाइ टाढा हुँदा आज
रुँदारुँदै आजभोलि सुक्यो आँसु पनि

हेटौंडा मकवानपुर


गजल ६७

May 2, 2010

सुनिल संगम

 

खै कसरी विश्वास गरुँ ढाँट्नुसम्म ढाँटेपछि
के को आफ्नो हुन्थ्यो अब अन्तै माया साटेपछि

खुसुखुसु फुत्काइदिएँ भएजति कुरा सबै
कस्को के नै लाग्दो रैछ दिमाग नै चाटेपछि

नगरे नि हुन्छ अब फेरि कुनै नयाँ नाटक
के नै बाँकि रह्यो र खै रातै अन्त काटेपछि

लुगा जस्तो होइन रैछ मानिसको भित्रि मन
सिउन धेरै गाह्रो हुन्छ एकचोटि फाटेपछि

पाउँछु होला अरु कोही हुन्छ होला संगम पनि
नहुने नै के पो छ र मर्दले नै आँटेपछि


गजल ६६

May 2, 2010

श्रीराम गौतम

अचानक आज फेरी, पिएँ र त मात लाग्यो
गिलासमा सधै जस्तै, लिएँ र त बात लाग्यो

साँचो माया खोज्दै हिंडे, बैगुनि यो संसारमा
भेट्नासाथ मैले माया, सिएँ र त हात लाग्यो

जालझेल बुझ्दिन म, माया मा नै खुसि भएँ
सन्त्रासमा सधै उन्को, जिएँ र त घात लाग्यो

दौलतको रजाइँमा, हिड्ने माया नचिनेर
स्वार्थीलाइ मन पेट, दिएँ र त लात लाग्यो

प्रेम गर्ने शिकारीको, प्रेम वाण लागेपछि
प्यालामानै अति ब्यस्त, थिएँ र त मात लाग्यो

बलेटक्सार, गुल्मी


गजल ६५

May 2, 2010

 

सुमन मञ्जरी

दुई मन जोडेर गयौ
बाधा सबै तोडेर गयौ

एकै बाटो हिंड्न रोज्थे
आई तिमी मोडेर गयौ

ढुङ्गै थियो यो मन मेरो
माया दिई फोडेर गयौ

दियौ साथ सुमन तिम्रो
आधा मनै छोडेर गयौ 

 भैसेपाटी काठमाण्डौ नेपाल


गजल ६४

May 2, 2010

शुरेस सुवेदी

 

कतै जिन्दगीले छकाएर रोएँ
कतैचैं म आफै हराएर रोएँ ।

कतै धेर भो प्यार तिम्रो र रोएँ
कतै प्यार तिम्रै नपाएर रोएँ ।

कतै चैं म रोएँ नजर्मा कसैको
कतै आँशु आफैं बगाएर रोएँ ।

डराएँ कतै मर्नलाई र रोएँ
कतै बाँच्नमै हार खाएर रोएँ ।

काठमाण्डौ नेपाल


गजल ६३

May 2, 2010

 

सुरेश ज्यातिपुञ्ज

बाहिरी त्यो रङ्गरुपको मात चाहिदैन
मायामा वाचाकसमको खात चाहिदैन

सम्झिराखे हुन्छ, मनभित्र देउतालाई
चढाउन उसलाई फूल-पात चाहिदैन

बनपाखालाई रातो, गुरास भये पुग्छ
इन्द्रेणिको जस्तो रङ्ग सात चाहिदैन

Read the rest of this entry »


गजल ६२

May 2, 2010

डिल्लीराम गौतम

के वास्ता यहाँ गरिवको बस्त्र फाटे के भो र
छैन फरक रगत र पानी साटे के भो र

पुग्दैन नुन दुर्गम गाउँमा बाच्नै कठिन
जनता भन्दै कुर्लेर भाषण छाँटे के भो र

राम्रो छ कला झुटको खेतीमा सिके कै त्यति
बनाउने हो सिंगापुर भन्दै ढाटे के भो र

लाजै नमानी बिर्सेर आउछौ चुनाव लड्न
थुकेको थुक फर्किएर आफै चाटे के भो र

बनाउछन् के संबिधान अब भुक्नेहरुले
जागेर सबै पछार्न यिन्लाई आटे के भो र

काठमाण्डौ नेपाल


गजल ६२

April 26, 2010

आचार्य प्रभा

 

उनीसँगै जिन्दगीको बाटो हिँड्न पाए हुन्थ्यो

तयो मनले मलाई नै माया बरु लाए हुन्थ्यो

रहर हो जसै पनि मौलाएर फुल्दो रैछ

मलाई नै पाउँ भनी कसम पो खाए हुन्थ्यो

भन्नेहरु भन्दै गरुन् माया प्रिती झुटो भनी

बेवास्ताकै बाटो गरी म कहाँ नै धाए हुन्थ्यो

दैलो खुलै गरिराख्थें आउँछु र भनिदिए

फूल पनि उनी राख्थें कसैगरी आए हुन्थ्यो

चाहिन्नथ्यो हरियाली उनको रङ्ग पाएदेखि

वसन्तझैं रङ्गीन बनी जीवनमा छाए हुन्थ्यो

कोलोराडो अमेरिका


गजल ६१

April 26, 2010

गोविन्द फुयल

अनेकथरी रहरहरु बुन्छ किन मन ?
कोही बोल्दा उस्कै बोली सुन्छ किन मन ?

कुनै दिन थियो त्यस्तो सुनिदिने नभएर
आज उस्लाई पाई मयुर हुन्छ किन मन ?

ढुक्ढुकीमा रम्ने साथी नजरबाट दुर हँदा
उस्कै यादमा बेचैन भई रुन्छ किन मन ?

कति धेरै मान्छेहरु मानिसकै सागर जस्तो
हनारौंको भीडमा उस्लाई चुन्छ किन मन ?

गीत सुनें गजल कोरें सप्त सुर ताल पछी
उस्को मधुर बोलि सुन्दा छुन्छ किन मन ?

अब मलाई यस्तो लाग्छ उनी सामू नभईदिदा
जीवन व्यर्थ होला भन्दै गुन्छ किन मन ?

सिकागो अमेरिका


गजल ६०

April 26, 2010

अविरल यात्री

समयमै, संबिधानको, आश छैन घरमा
ठूलाबडा, मान्यजनको, बास छैन घरमा

आन्दोलन, सहमतिको, ठ्याक मिल्दैन कैल्यै
मरे जन्ता, फ्याकिदिन्छन, लाश छैन घरमा

बुझ्नु पर्यो, सारा नेपाल, मात्रै हैन भाषण
मानापाथी, रित्तै छन है, गाँस छैन घरमा

त्यतातिर, ध्यानाकर्षण, हुने होला कहिले ?
बुढापाका, चिसो ताप्छन, कपास छैन घरमा

भएन है, मुख ताकेर, चालौ अघि पाइला
लागि परौ “अविरल” नै, साहास छैन घरमा ?

काठमाण्डौ नेपाल


गजल ५९

April 26, 2010

शिव मिश्र

नदेखिने नबुझिने अन्धकार  हो जिन्दगानी

सारा इच्छा आकंक्षाको कारागार हो जिन्दगानी

स्वप्न फुल्छ फल्नु भन्दा अगाडि नै मर्छ किन ?
न खुशी छ न शान्ति छ सुख्खा टार हो जिन्दगानी

आज हो कि? भोली हो कि? केही अत्तो पत्तो छैन
ओइलिएर झर्छ सुक्छ गन्धे झार हो हो जिन्दगानी

हत्केलामा प्राण राखी जति युद्ध गरे पनि
भन्नेहरु भन्छन् अझै निर्विचार हो जिन्दगानी

गन्तव्यमा पुग्नु अघि छिर्के लागि लडे पाछि
जित्नु के हो नजाने नि मिठो हार हो जिन्दगानी

shifusion@hotmail.com
http://shivajiko.blogspot.com


गजल ५८

April 26, 2010

डिल्लीराम गौतम

 

घुर्क्याउदा नी माया गर्ने नारीको जात कस्तो लाग्यो  ?
नढाटेर भन् साथी संगै बिताको रात कस्तो लाग्यो  ?

फुर्कीएछ जीवन तिम्रो तीनवटा ति शब्द सुन्दा 
टुक्रिएको मुटु पनि जोडिदिने हात कस्तो लाग्यो  ?

छाडेछौ रे पढ्न सबै, गीत कविता गजल पनि 
साता दिनमै थुप्रिएका पत्रको खात कस्तो लाग्यो  ?

हरपल हुन्छौ उतैतिर भेटिदैनौ एक्लै कतै 
सर्वस्व नै विर्साउने उन्मादको मात कस्तो लाग्यो  ?

सकेनछौ कि पुरा गर्न चाहना , बुझेनौ कि खै के 
ज्युदै शहीद बनाइदिने आ हा घात कस्तो लाग्यो

काठमाण्डौ नेपाल


गजल ५७

April 26, 2010

 

सुनिल संगम

 

जति नयाँ आए पनि साल उस्तै उस्तै
कहाँ फेरियो देश यहाँ हाल उस्तै उस्तै

कस्तो होला होला भन्यो हेरी मख्खै पर्यो
विज्ञापन पो फरक रैछ माल उस्तै उस्तै

आफ्नै भुँडी भर्दारैछन् के को जनतालाई
जो गएनी सरकारमा चाल उस्तै उस्तै

पड्किदैछ अझै पनि मरेकै छ मान्छे
बन्दुक मात्र फरक रैछ नाल उस्तै उस्तै

शान्ति छायो भन्थें अब भेट्छु होला माया
नहुने भो संगम कठै ताल उस्तै उस्तै

सिन्धुली नेपाल


गजल ५६

April 26, 2010

थुक्तेन ड्रुक्पा

संसारबीच कयौं संसार कसको संसार राम्रो
धनी जनले भन्छन होला सुनको संसार राम्रो

जीवन भन्नु गीत हो साथी संगीत भरे देखि
संगीतकारले भन्छन होला धुनको संसार राम्रो

अरु रोए आफु हाँस्ने हाँस्न संधै खोज्ने
खुनि जनले भन्छन होला खुनको संसार राम्रो

म त भन्छु मेरो भन्नु मेरो एउटाै कथा
अभावबीच जीवन पाउनु जुनको संसार राम्रो

नेइकोविन डेनमार्क


गजल ५५

April 26, 2010

हरि मानन्धर "विवश"

सारंगीको तार जस्तै भयो जिन्दगानी
खुकुरीको धार जस्तै भयो जिन्दगानी

मैदानको खेलमाथि कब्जा हुँदाहुँदै
अचम्म्को हार जस्तै भयो जिन्दगानी

बर्षातको भेल जस्तै बग्छु उर्लिएर
फेरि पनि किनार जस्तै भयो जिन्दगानी

घमाइलो दिन पछि रात्री अन्धकारमा
शिशिरको तुषार जस्तै भयो जिन्दगानी

सफलता चुम्ने आशा मनमै भए पनि
आफैलाई भार जस्तै भयो जिन्दगानी

क्याक्मी -९ स्याङजा, नेपाल

हाल इजरायल


जीवन्त अनुभूतिहरुको यो अनुभूति

April 12, 2010

  

पुरानाघरे

 

भूपाली साहित्यमा गजललाई न्याय दिन अत्यान्तै सफल मध्यका एक सर्जक हुनहुन्छ टंक वयलकोटीजी । भूपाली साहित्यमा गजल विधाबाट अत्यान्तै शालिन अनुभूतिहरुलाई व्यबहारिक अर्थबाट बेजोड लेखिएको एउटा उत्कृष्ट संग्रह हो टंकजीको यो अनुभूति गजल संग्रह । प्रवासी परिवेश, खास गरी शरणार्थीहरुले झण्डै दुई दशकदेखि भोगिरहेका समस्त तमाम अनुभूतिहरुको अनसभूति हो भन्ने लागेको छ यो अनुभूति । भूपाली गजलमा प्रकाशित भएको नवौं कृति तथा भूटान गजल मञ्चको प्रकाशनको आठौं प्रस्तुति टंक वयलकोटीजीको चौंसठ्ठी पृष्ठमा उभिएको यस कृतिमा समर्पण गजल सहित जम्मा ५२ वटा गजल संकलित छन ।
  Read the rest of this entry »


गजल ५४

April 12, 2010

अविरल यात्री

समयमै, संबिधानको, आश छैन घरमा
ठूलाबडा, मान्यजनको, बास छैन घरमा

आन्दोलन, सहमतिको, ठ्याक मिल्दैन कैल्यै
मरे जन्ता, फ्याकिदिन्छन, लाश छैन घरमा

बुझ्नु पर्यो, सारा नेपाल, मात्रै हैन भाषण
मानापाथी, रित्तै छन है, गाँस छैन घरमा

त्यतातिर, ध्यानाकर्षण, हुने होला कहिले ?
बुढापाका, चिसो ताप्छन, कपास छैन घरमा

भएन है, मुख ताकेर, चालौ अघि पाइला
लागि परौ “अविरल” नै, साहास छैन घरमा ?

मकवानपूर नेपाल
हाल काठमाण्डौ नेपाल


गजल ५३

April 12, 2010

कृष्ण ओस्ती

जिन्दगीको बाटो छेक्न, बस्यौ घात लाई
नागबेली नजरले, डस्यौ घात लाई

देखाएर हातैभरि, चमेलीको तेल
झेल गरी तातो विष, घस्यौ घात लाई

वनबेलीको माला ठानी, गलैमाथि लाएँ
थलै परें गर्दनमा, कस्यौ घात लाई

दूधजस्तो रूप तिम्रो, खीर भनी चाटें
हिर्दयमा तातो तीर, धस्यौ घात लाई

पानी भनी पछि लागें, कृष्णसारजस्तो
आँसु बनी आँखाबाट, खस्यौ घात लाई

रातोदिन बल्झिएर, पस्यौ घात लाई
अन्त कतै अल्झिएर, फस्यौ घात लाई

बिराटनगर नेपाल
http://aviralsansar.blogspot.com


गजल ५२

April 12, 2010

रोशनी खनाल

 

वचनबाँण गढ्छ जब पागल हुन्छ मान्छे,
मनमा नशा चढ्छ जब पागल हुन्छ मान्छे

यात्रा नै त हो नि जीवन एक्लै गर्नुपर्ने,
पाइलै पिच्छे लढ्छ जब पागल हुन्छ मान्छे

आगो लागे अन्त कतै नयाँ फेरिन्छ है,
आफ्नै मन डढ्छ जब पागल हुन्छ मान्छे  

मान्छेको यो मन पनि मौसमजस्तै हुन्छ,
प्रेमानुराग बढ्छ जब पागल हुन्छ मान्छे  

मेरो जीवन खुल्ला किताब सबले पढे हुन्छ,
वर्तमान पढ्छ जब पागल हुन्छ मान्छे

वोस्टन अमेरीका


गजल ५१

April 12, 2010

प्रभा आचार्य

जिन्दगीसँग खुशीको भिख मागिन कहिल्यै
सधैं नै तरें दुखको खोला भागिन कहिल्यै

जीवनदेखि  कहिल्यै पनि  नखानु हरेश
चढेर पनि ब्यथाको डिल थाकिन कहिल्यै

जसरी पनि सम्झौता गरी आखिर बाँच्नुछ
मुटुमा पीडा लुकाउँ भनी राखिन कहिल्यै

मान्छेले किन जीवनलाई खुशीले सजायो ?
खुशीको मात्र लोभमा परी साँचिन कहिल्यै

जप्दछु देव मननै भित्र चढाइ अक्षेता
हाँसोमा मात्र बिताउँ भनी भाकिन कहिल्यै

कोलोराडो अमेरिका


गजल ५०

April 12, 2010

श्रीराम गौतम

जनताको नाम लिई  ठगी गर्ने हात बढ्यो
जाली र फटाहलाई  कुतत्वको साथ बढ्यो

विकासको बाटोलाई चौतर्फि साँघुर्याउँदै
सत्ताधारी प्राणीलाई त्यै कुर्सीको मात बढ्यो

आफ्नो छोडी देश सुधार्ने नियत नै छैन यहाँ
समाजमा झीर रोपी कुरो अँघि जात बढ्यो

तेरो मेरो लुछाचुँडी  बिरालाको लँडाइझैं
गर्नु छैन केही काम लुट्ने धुत्ने आँट बढ्यो

विश्व कहाँ पुगिसक्यो आँखा खोली हेर्नु छैन
दर्शनका कुरा गरी जन्तामाथी घात बढ्यो

गुल्मी, नेपाल


गजल ४९

April 12, 2010

मनु ब्राजाकी र आचार्य प्रभा

भीरबाट भैंसी भयो स्वाहा
कस्को हो यो मलाई छैन थाहा

धोती आफ्नो खुस्की सके पनि
अरुलाई हेर्दै हाँस्छौ हा हा

बगैँचामा सिउँडी रोपेपछी
कल्ले भन्ला कति राम्रो आहा ?

सुम्पिएर गोठ अरुलाई
गोठालाजी गए आज कहाँ ?

पछारेछौं कत्ति सार्होगरी
सम्झिएर आफुलाई पाहा

देशसंगै डुल्न लाग्यो “मनु”
गर्छौ कत्ति उसको अझै डाहा ?

भैसेपाटी ललितपूर,

काठमाण्डौ नेपाल

के हियरको ए जिन्दगी गजल संग्रहबाट


गजल ४८

April 12, 2010

केशव आचार्य

झार्दैछिन् किन, आमाले आँशु, छात्ती नै, जल्यो की ?
हुल्यो की पीडा, मनमा कस्ले, मुटु पो बल्यो की ?

बगेछ क्यारे, रगत रातो, शरीर भिजाई
आगो पो बल्यो, दन्दनी हेर, दैवले छल्यो की ?

खसाए बम, अन्याय गरी, कोमल छातिमा
शरीर पारे, बिक्षत कस्तो, आँधी नी चल्यो की ?

बैरी पो भयो, आफ्नो नै कोख, काख नै रित्तिँदा
छोराको चिता, दन्दनी जल्दा, मन नै गल्यो की ?

विर्तामोड, झापा नेपाल


गजल ४७

April 6, 2010

हरि धिमाल

चित्कार छोडी रुन्छिन आमा कसले सन्छ त्यहाँ ?
चोली फाट्यो नाङ्गै भइन कसले बुन्छ त्यहाँ ?

बाठाजति खेदाइ सक्यो विदेशतिर शोसकले
भ्रष्टचारले देश फस्यो कसले थुन्छ त्यहाँ ?

महाशुरको कथा बोकी सुन्कोश सधै सुसाइ रन्छ
वीरताको माला अब कसले तुन्छ त्यहाँ ?

खुम्चिएर बस्नु हुन्न जागौं उठौं भूटानी हो
नब्बेशालको खुनको टाटो कसले धुन्छ त्यहाँ ?

पेन्सिलभेनीया अमेरिका


गजल ४६

April 6, 2010

 

उमा गौतम

न ओईली झरें न फलेर हाँस्न सकें
न अंगालें मृत्‍युलाई न चलेर हाँस्न सकें

पलपल आयो सपनिमा सताइरहयो तिम्रो याद्ले
न खोलें सारा सत्य न छलेर हाँस्न सकें

पोलिमात्र रहयो मुटु आगोको राफ आई
न छुटें आगोबाट न जलेर हाँस्न सकें

लत्याएर आँफैलाई पत्थरसँग प्रश्न सोध्दै
न निभी गए आशाहरु नबलेर हाँस्न सकें

अस्विन कल्पनालाई माटो मुनी छोपिदिई
न माथी उढेँ न ढलेर हाँस्न सकें

 पेन्सिलभेनीया अमेरिका


गजल ४५

April 6, 2010

सविन सर्मा धिमाल

अरुलाई झुटो बोल्दा सुन आउँछ
मलाई भने झुटो बोल्दा रुन आउँछ

के छैन र अरु जस्तो हुन सकिन
मलाई रेट्दा लाग्छ रातै खुन आउँछ

ढाट्नु पर्छ ठग्नु पर्छ मौका छोपेर
जैले पनि साथीभाइलाई सम्झाउन आउँछ

हेर्छु तर उस्तै हुन्छन ढाट्नेहरु पनि
कहाँबाट बाहिर लिप्ने चुन आउँछ

कहाँ सप्रियो र मेरो साँचो बोल्ने बनी
जैले पनि युधिस्ठिर हुन आउँछ    

क्यालीफोर्नीया अमेरिका


गजल ४४

April 6, 2010

बैकुण्ठ भट्ट

ललाटमा रक्तचंदन टल्किएका धेरै भेटें
मानिसको खून प्यून पल्किएका धेरै भेटें

उकाली र ओरालिमा ओठ खोली हाँसे पनि
पानी पानी नयन छचल्किएका धेरै भेटें

जिन्दगीले सधैं सधैं छल गर्न थालेपछि
पीडाहरु भित्रभित्रै बल्झिएका धेरै भेटें

राष्ट्रघातको संधिमाथि ल्याप्चे लगाई फ़र्किएर
दौरा, सुरुवाल ढाका टोपी ढल्किएका धेरै भेटें

नुवाकोट नेपाल

हाल योकोहामा जापान


गजल ४३

April 6, 2010

सुरेश वाग्ले

रदिफ अनि काफियाको मेल मात्र हैन गजल
साहित्यको सागर हो भेल मात्र हैन गजल

मन हाँस्छ, मुटु गाँस्छ, भित्रैदेखि आत्मा नाच्छ
चमत्कार हो शब्दको यो खेल मात्र हैन गजल

उडाउन जाने सारा आकाश ढाकी दिन सक्छ
संरचना कडा हुने नेल मात्र हैन गजल

शान्ति सन्देश बोकी गाँउ बस्ती पुग्न पनि सक्छ
आडम्बरी शब्दको यो झेल मात्र हैन गजल  

ज्ञान अनि चेतनाको सगरमाथा चढ्न सक्छ
प्रेम अनि विरहको जेल मात्र हैन गजल

वोश्टन अमेरिका


गजल ४२

April 6, 2010

जनकराज पौड्याल

परेलीबाट सुस्तरी झर्छ कलिलो सपना
ब्युँझेको एकै छिनमा मर्छ कलिलो सपना

एउटा रहर् नपुग्दै कयौँ जन्मिन्छन् रहर
फूलमा भेटे जूनमा सर्छ कलिलो सपना

थकित यौटा बटुवालाई साहरा बनेर
अगाडि सधैँ लम्किने गर्छ कलिलो सपना

जिन्दगीदेखि जिन्दगीसम्म फैलेको सागर
स्वप्नको एकै रातमा तर्छ कलिलो सपना

पाउने केही आशामा बाँच्ने मान्छेको बस्तीमा
आएर थोरै हौसला भर्छ कलिलो सपना

लखनपूर झापा नेपाल

हाल काठमाण्डौ नेपाल


गजल ४१

April 6, 2010

सुरेश सुवेदी

 

बर्सेर आँसुजस्तै झरी सकेछ सम्झना
आँखा छली कसैले हरी सकेछ सम्झना

मुर्दा बनेर आफैं मुढोसमान जिन्दगी
ज्युँदो भएर के भो ? मरी सकेछ सम्झना

सारा अतीत हाम्रो अझै छ साथ ठान्दथें
छोडी तथापि अन्तै सरी सकेछ सम्झना

रोक्नेछु दूर यात्रा भनी बगें म आँशु भै
बग्दै रहेछु व्यर्थै तरी सकेछ सम्झना

काठमाण्डौ नेपाल


गजल ४०

April 5, 2010

खेम रिजाल

फक्रिएको फूल टिपी डस्न मन लाग्यो

कोमल्ताको मुटुभित्र पस्न मन लाग्यो

लुकामारी खेल्ने मन घाम छाँया सरी
एकफेर अँगालोमा कस्न मन लाग्यो

चियाएर कती धेरै हेरिरहुँ लाग्छ  तेसै

क्षितिजको गगनभित्र बस्न मन लाग्यो

कोमलाङी सुन्दरीको सुन्दर यौवन देखी
सिउँदोमा सिन्दुर धस्न  मन लाग्यो

वासिङटन अमेरिका


गजल ३९

April 5, 2010

चोकमान तुम्बापो

इश्वरलाई व्यर्थ भाकेर हुन्न
उसैलाई मात्र ताकेर हुन्न

जीवनमा धेरै हिड्नु छ अझै
अहिल्यै हामी थाकेर हुन्न

गन्तव्य विहीन भएर सधैं
जीवनको रथ हाँकेर हुन्न

आपसमा मन मिल्नु नि पर्‍यो

मुखले मात्र डाकेर हुन्न

चिराङ भूटान
हाल एक्रन ओहायो अमेरिका


गजल ३८

March 28, 2010

उमा सुवेदी / काठमाण्डौ नेपाल

देशलाई हँसाएर, आफूपनि हाँस्नु राम्रो
पराइको हात छोडी, आफ्नै भरमा बाँच्नु राम्रो

एकै मूलको पानी बग्दा, कालो, सेतो भन्ने कहाँ ?
एकै छतमा मिलेमतो, एउटै माला गाँस्नु राम्रो

मेची दुःख्दा काली गई, मलम पट्टी लगाउँदै
हिमाल, पहाड, तराई मिली एकै गाडी हाँक्नु राम्रो

भाइ फूटे गवार लुटे, भन्ने गर्थे बुढापाका
गोर्खालीको वीरगाथा, सधैँ अमर राख्नु राम्रो

 
हात काटे उस्तै रगत, चार वर्ण छत्तीसको
ठूलोसानो, जातिपाती भन्ने रोग मास्नु राम्रो


गजल ३७

March 28, 2010

प्रज्ञा तिम्सिना / काठमाण्डौ नेपाल

 

एउटा छाँया सँधै मलाई पछ्याउँछ रातभरी
नफक्रेको फूल टिपी थमाउँछ हातभरी

ठम्याउन सक्दिन म कतै देखे जस्तो लाग्छ
मेरै नाम जोडी लेख्छ पिपलुको पातभरी

थाहा छैन खै के थियो अतितमा नाता कुनै
मोहनी छ सधैं सधैं उसले बोल्ने बातभरी

भाग्न खोज्छु टाढा कतै उसका आँखा छलीछली
आफ्नै बिम्ब देख्न थाल्छु हृदयको मातभरी

अलमलमा परें लौन खै भयो यस्तो मलाई
माया भन्ने चिज हो कि सपनाको खातभरी


गजल ३६

March 28, 2010

मञ्जू खड्का

न्यू हेमसायर अमेरिका

कस्तो रैछ भाग्य मेरो रात वित्यो रुँदारुँदै

संसार सून्य पारी गइन म साथमा हुँदादुँदै

दिउँसै रात पर्यो आज सँगै छैन मेरो जीवन

अन्तिम सास फेरिन उनले यी हातले छुँदाछुँदै

कस्तो नियम रैछ यहाँ जस्तो पनि मान्नै पर्ने

थाहै पाइन बेहोस भैछु उनको सिन्दर धुँदाधुँदै

प्रकृति नि रुन लागिन मेरो पीडा सहन नसकी

खरानी भयो उनको शरीर मेरो आँसु चुँदाचुँदै


गजल ३५

March 28, 2010

रोश्नी खनाल / बोश्टन अमेरीका

 

तिम्रा आँखा नशालु छन् शराबभन्दा पनि धेरै
आऊ हामी माया गरौँ हिसाबभन्दा पनि धेरै

तिमी यस्तो विषय हौ जति पढ्यो पढूँ लाग्ने
तिमी पढ्न चाहन्छु म किताबभन्दा पनि धेरै

फूल सुन्दर भन्नेहरूभन्दा धेरै फरक छु म
सुन्दर लाग्छ मलाई तिमी गुलाबभन्दा पनि धेरै

तिमी मीठा कुरा गर संसार भुल्न तयार छु म
आँखा बोल्न देऊ ओठ्को जवाबभन्दा पनि धेरै

तिम्रा आँखा नशालु छन् शराबभन्दा पनि धेरै
आऊ हामी माया गरौँ हिसाबभन्दा पनि धेरै


गजल ३४

March 28, 2010

अञ्जु अञ्जली / UK

 सम्झिएर रोएँ आज दुःखेर फेरि रोएँ

झर्दा झर्दै आँसुसँगै डुबेर फेरि रोएँ

बिदाइमा रुनु हुन्न सम्झाउँदै बाटो लाग्यौ

मन न हो एकान्तमा लुकेर फेरि रोएँ

सधै आफ्नो मान्छेसँग टाढिएर बस्नु पर्ने

कस्तो रै‘छ आफ्नै भाग्य थुकेर फेरि रोएँ

तिमी आउने दिन गन्दै यादभरि छट्पटिदै

फर्कने त्यो बाटो तिम्रो ढुकेर फेरि रोएँ

रात लामो दिन लामो प्रतिक्षा नि कति लामो

कुर्दाकुर्दै आसाको दीप फुकेर फेरि रोएँ


गजल ३३

March 28, 2010

प्रभा आचार्य / कोलोराडो अमेरिका

तिमी आगो भयौ, म भएछु पानी
कसरी चल्ला र, हाम्रो जिन्दगानी ?

एउटै बाटो दोबाटो हुँदोरैछ
नहिँडौ सँगै, यो सब जानि जानि

नहुने रैछ मन एकै कहिल्यै
त्यसैले भयो, अहिले मनमानी

नबुझी दीलको बात मिल्यो मन
बाँच्दैछु आज, मुटुमा छुरा हानी

भाग्यको लेखन्त नै रहेछ सब
कसले मेट्न सक्छ, भाग्यको कहानी ?


गजल ३२

March 28, 2010

अपेक्षित पूजा / बिराटनगर नेपाल

 

सम्हालिनै गाह्रो हुने वैशको यो मात साइला
एक्लै छु म आई मेरो समाइदेऊ हात साइला

अजम्बरी माया मैले साँचेकी थिएँ तिम्रै लागि
कहिल्यै नि नगर्नु है विश्वासमा घात साइला

वर्षौंपछि भेट भो हाम्रो एकान्तमा फेरी आज
पिरतीको कुरा गर्दा ढल्दै गयो रात साइला

तर्कीतर्की हिँड्नु कति समाजको आँखा छली
तिम्रो मेरो सम्बन्धमा लाउन थाले वात साइला

मेरो समिप नआऊ तिमी सुनसान यो बेलामा
विश्वास नै हुन्न भन्छन् पुरुषको जात साइला


गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र (परिमार्जित)

March 23, 2010

केशु बिरही / तेह्रथुम, नेपाल

अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय भने मोतीराम भट्ट (वि.स.१९२३ –१९५३)लाई जान्छ । मोतीरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको नेपाली  गजलले ठूला ठूला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । वि. स. २०३६ (जसलाई गजलको आधुनिक काल मानिन्छ) साल पछि भने गजलले व्यापक रुप नै लिन पुग्यो । त्यसमा पनि वि. स.२०४६ साल पछि त झन गजल लेखनको एउटा लहर नै चलेको पाइन्छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । उनीहरुलाई डर छ कही कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हा कि भनेर । त्यसैले उनीहरु हत्तारिएका हुन । यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अझ भन्दा यसलाई एउटा जीतको कुरा हो भन्दन अत्युक्ती नहोला  । 
हुन त यति भएर मात्र गजलको विकाश भएको मानिदैन । यदि यतिलाई नै गजलको प्रगति भएको हामीले ठान्यौ भने त्यो किमार्थ सत्य हुदैन । त्यो हाम्रो भुल हुने छ । नेपाली गजललाई माथि उठाउन थुप्रै कामहरु वाकी छन । थुप्रै चुनौतिहरुको सामना गर्नु छ । नेपाली गजलमा आज थुप्रै अवरोधहरु छन । थुप्रै चुनौतिहरु छन । तिनीहरुलाई पन्छाउदै जानु नै आजको आवस्यकता हो । गजलमा देखिएका वाधा अवरोधहरुको निराकरण गर्दै जानु हाम्रो र्तव्य पनि हो । हो आज त्यही समय आएको छ । गजलमा आज वाह्य मात्र होइन आन्तरिक रुपमा पनि आक्रमण भैरहेका छन । प्रयोगको नाममा होस या पमिार्जनको नममा होस गजललाई आज विकृत वनाउदै लगिएको छ । गजलललाई गेय विधाको रुपबाट अलग्याइदै एक पाठ्य विधाको रुपमा वदल्ने प्रयासहरु भैरहेका छन । अर्थात बहरबाट टाढा पारिदै छ भनेर गुनासाहरु प्नि आइरहेका छन । अर्थात गजललाई लयबाट टाढा पर्ने काम भैरहेको छ । यो राम्रो लक्षण होइन । यसको वारेमा सचेत हुनु पर्ने वेला आएको छ । यसका वारेमा गजल प्रेमीहरु एक जुट हुनु पर्ने वेला आएको छ ।
Read the rest of this entry »


गजल ३१

March 23, 2010

साहित्यकार आचार्य प्रभासँग लेखक

मनु ब्राजाकी

भैसेपाटी ललितपुर

फुलेपछि झरिजान्छ भन्छन पारीजात यहाँ
सत्यरै’छ रहँदैन  जीवन भरी साथ  यहाँ

चिनेकाले चिन्न छोडे नचिनेकाले चिन्न थाले
यसैगरी हाँसी हाँसी मिलाउँछन हात यहाँ

सानो हावा चले पनि हुरी जस्तो हुँदो रैछ
अनी पो त ओर्कीफर्की राख्छ पिपलपात यहाँ

लोग्नेमान्छे स्वास्नी मान्छे दुवै मान्छे नै हो
फेरिंदोछ स्वास्नीको नै किन थर जात यहाँ ?

फूलभन्दा पनि कोमल हुनाले नै हृदय यो
मुटुमाथि लाग्छ सधैं ढुङ्गाको नै खात यहाँ

“मनु” सँग रुँदा रुँदा निदाएकी थियौ तिमी
सुनेपछि बितिजान्छ जस्तोसुकै रात यहाँ


गजल ३०

March 23, 2010

अविरल अधिकारि / कवानपुर नेपाल

गरीबको आत्मा बुझी बोल्ने कोही छैन
महङ्गीले गगन चुम्दा रोक्ने कोही छैन

कानून भन्दा माथि पुगे राजनीतिका नेता
तिनी उपर कडादण्ड तोक्ने कोही छैन

जुनै जोगी आए पनी कुर्सी कै छ मोह
देशभक्तीको भावना नै बोक्ने कोही छैन

राजनीतिको म्याराथुनमा थाके बुढा गुरु
युवा लागे देश बन्छ जोत्ने कोही छैन

“अविरल” जागौ हामी होस्टेहैसे गर्न
संबिधानको नयाँ भित्तो पोत्ने कोही छैन


गजल २९

March 23, 2010

सुरेश सुवेदी / काठमाण्डौ नेपाल

 

शब्दले तिमीले घायल नपार है
हुन्छ प्रीत यस्तै भन्दै नटार है

शान्ति खोज्न अन्तै टाढा गए पनि
हुन्छु सामु प्यारी आँखा उघार है

लड्दछ्यौ तिमी संसारै विरुद्घमा
होस् त जीत तिम्रै कैल्यै नहार है  

फुल्न खोज्छु तिम्रो आफ्नै बगानमा
चर्कनेछ छाती टिप्तै नझार है


गजल २८

March 23, 2010

जनकराज पौड्याल / लखनपूर झापा, नेपाल

मेरो बाध्यताले गला घोट्छ मेरै
तिमी निस्कलंक तर खोट छ मेरै

फूलहरु रोज्यौ लत्याएर काँडा
काँडामै रमाउने अठोट छ मेरै

हाँसूँ के आधारले मुटु दुखाइ
छातीभरि-भरि कैयौं चोट छ मेरै

हेर्दा हेर्दै सबै बद्लियो रङ
अझै पनि फुस्रो बनोट मेरै


गजल २७

March 23, 2010

 

जितेन्द्र मल्ल / दुबई, सम्युत अरब इमिरेड

आकाशका जून तारा झर्छन अरे पिरतीमा
सयौं चोटि प्रेमीहरु मर्छन अरे पिरतीमा

कसलाई थहा भरे यहाँ के हुने हो तर पनि
साथै ज्युँने मर्ने बाचा गर्छन अरे पिरतीमा

मायालुको साथ पाए भुली सारा संसार नै
प्रेम नगर तिरै डेरा सर्छन अरे पिरतीमा

यथार्थको धरातल छाडी कतै विरानीमा
कल्पनाको सागर बरु तर्छन अरे पिरतीमा

चोखो माया प्रेम यहाँ कसले बुझ्छ कसले गर्छ
देखावटी मायाकै भर पर्छन अरे पिरतीमा


गजल २६

March 15, 2010

श्रीमति प्रभासँग केशव आचार्य / कोलोराडो अमेरिका

बाढी आउँदा जिन्दगीमा, ठुलै भेल तर्नु पर्छ
हिँड्दै जाँदा कहिलेकँहि आँधीभित्र पर्नु पर्छ

जित मात्र कहाँ हुन्छ, खेल खेल्दा सधैं भरी
अन्जानमा चिप्लिइदा, केही तल झर्नु पर्छ

झुक्किएर ठेस लाग्छ, समतल बाटो हिँडे पनि
नँसोचेको कर्म पनि कहिलेकँहि गर्नु पर्छ

जिन्दगीका पलहरु, गाँसी गाँसी बनाएको
ओत लाग्ने सानो धुरी, हाँसी हाँसी सर्नु पर्छ


गजल २५

March 15, 2010

शेरुबहादुर राई “उदास” शनिश्चरे क्याम्प, मोरङ्ग

फूल झरेछ पातैपात छ जताततै

छाम्छु छाती घातैघात छ जताततै

हराएको मन खोज्न भनी निस्किएँ

कहाँ खोज्नु ? रातैरात छ जताततै

भुल्न अतित आँखा बन्द गरी हेरें

आँखा खोल्छु यादैयाद छ जताततै

पिएको मात भन्दा पनि अझ मीठो

हरेक ओठमा मातैमात छ जताततै

आजसम्म जोगाएको यो दिल चोर्ने

मीठामीठा वातैवात छ जताततै


गजल २४

March 15, 2010

पुरानाघरे / चिराङ भूटान

आयु खाने यमराज हो रे कहाँ हुन्छ होला ?

सोकमा पर्दा त ऊ पनि सारै रून्छ होला

कोही भन्छन् भैंसी हुन्छ कोही साधु भन्छन्

विविध रूप उसमा कसको हातले बुन्छ होला ?

अपवादको घरमा हुन्नन् नीतिहरू कानूनहरू

यस्तो लाग्छ नियमले उसलाई पनि छुन्छ होला

म हुँदै त तिमलाई ताक्न उसको कुनै आँट छैन

नछो भन्छु मायालुलाई विन्ती आखिर सुन्छ होला

कहाँ सक्ला र उसले पनि फटाएर माया हेर्न

अमर पारी हाम्रो आत्मा उसले सदा तुन्छ होला


गजल २३

March 15, 2010

आचार्य प्रभा / कोलोराडो अमेरिका

बहुलाएको भेल भएँ

हारेको तुच्छ खेल भएँ

आफैलाई नै बाँधी दिने

फलामको त्यो नेल भएँ

आफ्ना सबै पराइ बने

शत्रुताको म मेल भएँ

दु:ख पीडा नै थुनी राख्ने

निरीहताको जेल भएँ

नचाहेर पनि म आफै

खै! कुन्नी के अचेल भएँ ?


गजल २२

March 15, 2010

   

  

 

पीर व्यथा मैले जस्तै पीएर हेर 

 

जीवन के हो एकपल्ट जीएर हेर  

यथार्थ भोगाइ तुक्रिएको जिन्दगी  

समयको फेरोमा प्रिय सिएर हेर  

रुँदामात्रै पाइने जिद्धी गर्न छोडी  

कोमल मुटु अरुलाई दिएर हेर  

छाती चर्की रातभरी धेरै म रोएँ  

हाँसो दिई आँसु जति लिएर हेर 

खेम रिजल

वासिङ्टन अमेरिका


गजल २१

March 15, 2010

जितेन मुस्कान / बेलडाँगी

फलेको वृक्ष सधै झुकेको देख्छु  

हरेक ढुङ्गाहरुमा मुर्ती लुकेको देख्छु

चाप्लुसेहरुको संसार छ आज भोलि

सेवा  गर्नेहरुलाई   थुकेको   देख्छु

जसले स्वाभिमानको धाक दिन्छ

उहिनै   हरपल  चुकेको  देख्छु

नदी  जस्तै  गड्गडाउने मान्छेहरु

हिउँदे याममा अचाक सुकेको देख्छु


गजल २०

March 15, 2010

लोकेन्द्र वञ्जरा

दमक नेपाल

 

कैले आउला सुखको दिन बरीलै ?

आए पनि हुन्थ्यो काल लिन बरीलै

जति लाख झुल्किन्छन तारा आकाशमा

त्यति नै छ तिर्न बाँकी रिन बरीलै

दिलको विरामी थिएँ त्यहीमाथि तिमीले

रोपेर गईदियौ पिन बरीलै

जूनले पोल्छ पानीले बिझाउँदछ

यस्तो हुन्छ मलाई किन बरीलै ?


गजल १९

March 8, 2010

चोकमान तुम्बापो / एक्रन, ओहायो

अंगलोमा    कस्नुको मज्जा अर्कैछ
सिन्दुर  नै  धस्नुको मज्जा अर्कैछ

छक्क्याएर  तिमीलाई तिम्रै आँखबाट
आँशु  बनी  खस्नुको मज्जा अर्कैछ

ओंठ  छुदै  परेली  र  नयनहरु  हुँदै
मुटुभित्र  पस्नुको  मज्जा  अर्कैछ

साउती गर्दै बात मार्दै तिम्रै अंगालोमा
कस्सिएर  बस्नुको  मज्जा  अर्कैछ


गजल १८

March 8, 2010

टंक वयलकोटी / बेलडाँगी

जब हाँसो ओठबाट खसाउँछौ आँखाभरि
सपनीमा बिपनीमा रसाउँछौ आँखाभरि
 
सुन्दर ती मृगनयन चन्द्रमुखि मुहार
झझल्कोमा आउँछ र बसाउँछौ आँखाभरि
 
प्रकृतिमा रम्ने मन चोखो त्यसै लागेपछि
त्यही मन सम्हालेर टसाउँछौ आँखाभरि

आफ्नो ज्यान आफैलाई बिसाउन चौतारीमा
हाँसो खुसी बटुलेर पसाउँछौ आँखाभरि


गजल १७

March 8, 2010

 

संकर सुब्बा / उत्तरदेकोटा, अमेरीका

 

मलाई अझै पनि अतितको याद खुलेको छैन
सपनाहरु नदेखे पनि मातृभूमि भुलेको छैन

खोइ किन हो कोइलीको भाका सुनेको छैन
त्यसैले होला मखमली सयपत्री फुलेको छैन

वद्लीएर कस्तो समय आयो वद्लीने गरी
दौरा सुरुवाल हाम्रो किन ठुलेको छैन ?

सबै सोध्छन मलाई आफु जन्मिएको ठाउँ
स्वर्गको वर्णन कसरी गरौं, डुलेको छैन

पाखुरीहरु हुर्के पनि गर्नु केही छैन यहाँ
नपाएर खेत धानको बाला झुलेको छैन


गजल १६

March 8, 2010

जितेन मुस्कान / बेलडाँगी

मान्छेले  मान्छे  हेप्छन्  र  त  टुक्राटुक्रा  हुन्छन् 
बदनामी हिलो मुहारमा छेप्छन् र त टुक्राटुक्रा हुन्छन्

अरुको रोटी हजारौ चोटी खोसेर
आफै मात्र चेप्छन् र त टुक्रा टुक्रा हुन्छन्

नहुनेले भएको धाक दिदै मुहारमा
सम्पन्नताको चिप्लो लेप्छन् र त टुक्राटुक्रा हुन्छन्

नाच्दै उभिएर हाँस्तै गल्लि गल्लिमा
सधै अरु सेप्छन् र त टुक्रा टुक्रा हुन्छन् ।


गजल १५

March 8, 2010

आचार्य प्रभा / कोलोराडो अमेरिका

मायाले मलाई बोलाउँदा सधैं सानु भन्थ्यौ तिमी
तिम्रो बचन कसरी म, अब नमानुँ भन्थ्यौ तिमी

कत्ति मीठो बोली गर्थ्यौ भेटघाट् हुँदा जहिल्यै पनि
तिमीबाट मायाको हात कसरी तानुँ भन्थ्यौ तिमी

सम्झनामा हरपल तिम्रो, म नै हुन्थेँ कि शायद
तिमीबाट टाढिँदा, तस्बिर संगै लानु भन्थ्यौ तिमी

यत्ती थियो माया तिम्रो, पछ्यौरीमै बाँधी राखेँ मैले
कुनै पल भेट नहुंदा , टाढा नजानु भन्थ्यौ तिमी


गजल १४

March 8, 2010

पुरानाघरे / चिराङ भूटान

अग्लाअग्ला हिमाल पनि ढल्ने बेला आउँदो र छ
समुन्द्रकै पानी पनि जल्ने बेला आउँदो र छ

थिचिएकाहरु सधै थिचिदैनन कसै गरे
चिसोचुलो भित्र आगो बल्ने बेला आउँदो र छ

अन्यायले सीमा नाघ्दा हेरी बस्ने कोही हुन्न
जैतुनबाटै गोलि निस्की चल्ने बेला आउँदो र छ

चरी झैं स्वतनत्र छन संसारका मान्छे सबै
कलियुगमा पत्थर पनि गल्ने बेला आउँदो र छ

एकबाटै हजारहजार, हजारबाटै लाखौलाख
नुनको ढीको जस्तो बनी चल्ने बेला आउँदो र छ


गजल १३

March 8, 2010

प्रकाश आङदेम्बे / दमक नेपाल

देशकै खातिर छोरो मर्दा रुनु हँदैन है
मान्छे हामी छेपारो झै हुनु हुँदैन है

खहरेले क्षणभरमा गड्गडाउँदैमा
इतिहास रगतले धुनु हँुदैन है

कुसंस्कारको मुषलधारे वर्षा हँुदैमा
स्वाभिमानी घरको छानो चुनु हुँदैन है

पासो होला जालो तर पिङ्ग हुँदैन
सर्प विच्छी आफ्नो भनी छुनु हुँदैन है


गजल १२

February 21, 2010
 

किशोर शिवाकोटी / दक्षिणदेकोटा, अमेरिका

भेष भूषा भुलेर बाँच्नु हुँदैन नि
नक्कली ती सपनाहरु साँच्नु हुँदैन नि

आफ्नो भन्ने आफ्नै हुन्छ जस्तो भए नि
पराई हासो कहिले पनि हाँस्नु हुँदैन नि

मारुनी र रोधिघरको मीठो भाका भुली
नक्कल गरी तालतालमा नाच्नु हुँदैन नि

डम्फु मादल सारङ्गी कति राम्रो विनायो
केही होइनन भनी त्यसै भाच्नु हुँदैन नि


भूटानी नेपाली गजल एक झलक

February 21, 2010

  

पुरानाघरे / चिराङ भूटान

 

विषय प्रवेशः– 

 गजल, गजल हो, त्यो भन्दा ज्यादा परिभाषाको अब आवश्यकता छैन । गजल आधुनिक साहित्यमा पूर्ण प्रभावकारी काव्य विधाको  रुपमा अब स्थापित भइसकेको छ । साहित्यका उपन्यास, गीत, कविता आदि जस्तै शालिन, शसक्त र प्रभावकारी विधा हो गजल । अचेल सबैजसो तह र तप्कामा रहेका व्यक्तिहरु गजल मन पराउँछन् । एउटा जमाना थियो जतिबेला गजल राजारजौटाहरुका खोपी र नवावहरुका कोठीमा गइन्थ्यो । परन्तु वर्तमानमा गजल पूर्णकद विधा बनेर साहित्यको अस्तित्वको एउटा स्वतन्त्र र सिंगो पाटो उभिइसकेको छ । विषयगत भावभूमि एउटै भए पनि साहित्यका हरेक विधाको संरचनागत रचनागर्भ  पृथक हुनका साथै स्वतन्त्र रुप हुन्छ । त्यसो भएको हुनाले गजलका पनि स्वतन्त्र भावभूमि, विशेष किसिमको संरचना र पृथक रुप छन् ।
  Read the rest of this entry »


गजल ११

February 21, 2010

सविन शर्मा धिमाल / क्यालिफोर्नीया अमेरिका

मानिसकै ब्यापार थियो राती सपनिमा
बिपनाकै सन्सार थियो राती सपनिमा

रेसमको डोरो जस्तो हाम्रो आत्मियता
तर त्यो त तार थियो राती सपनिमा

मलाई जस्तै धर्तीलाई ठूलो दुःख थ्यो
दूनियामा वार थियो राती सपनिमा

मान्छेहरु भेला भाुथे बिर्सी आफौंलाई
सधौं सनिबार थियो राती सपनिमा

चोर्ने, ढाँट्ने बिना सित्ती मान्छे काट्नेलाई
सर्खारको चौँ आभार थियो राती सपनिमा

शब्द(शब्द अशुभ थ्यो अभिश्राप जस्तो
सायद समाचार थियो राती सपनिमा

मैदान छोडि दर्शकलाई गोली लाग्थ्यो प्राय
हामी सबको हार थियो राती सपनिमा


गजल १०

February 21, 2010

पुरानाघरे / चिराङ भूटान

यी आँखाहरुमा झल्किरहने तश्वीर किन पठायौ ?
नजरमा नजरले पल्किरहने तश्वीर किन पठायौ ?

जति चिम्लिन्छु आँखा उति नै गाढा हुन्छ दृश्य
उम्लिएर माया छल्किरहने तश्वीर किन पठायौ ?

तिम्रो तश्वीर हेरेर नै मैले भोक तिर्खा पचाएँ
मेरो दिमागमा ढल्किरहने तश्वीर किन पठायौ ?

भ्रमर झैं झुलिन्छु जब तिम्रो तश्वीर फुल्दछ
मन भरिएर उमङ्ग वल्किरहने तश्वीर किन पठायौ ?

तिम्रो तश्वीर हेरेर मैले स्यम तिमीलाई भुलिछु
यतिसारो आँखाहरु सल्किरहने तश्वीर किन पठायौ ?


गजल ८

February 20, 2010

सुरेश वाग्ले / बोस्टन अमेरीका

आँखाबाटै माया पोख्ने, हेराइलाई सलाम छ

सधैँ सुन्दर सोच्ने तिम्रो, सोचाइलाई सलाम छ

ओठ टोकी लजाउँदै मन्दमन्द मुस्कुराउँछौ

संसार नै एकछिन् रोक्ने, हँसाइलाई सलाम छ

हल्का मुस्कान छर्दै सोध्यौ,”आरामै छ तिमीलाई !”

सबै रोग निको पार्ने, सोधाइलाई सलाम छ

सुखमा त कहाँ चिन्यौँ, दुःख बढ्यो अनि भेट्यौँ

हाम्रो मिलन  गराउने  दुखाइ  लाई सलाम  छ


गज़ल – ०७

February 20, 2010

दुई थोपा आसु आज झर्यो   हृदयमा

दियो कसले ठूलो चोट पर्यो   हृदयमा ?

हट्यो आँट हिम्मत अनि लुक्यो हाँसो खुसी

बोल्न खोजेको एक वचन मर्यो हृदयमा

रसाएर आँखाहरु टोलाइमात्र रा’छन् किन ?

दुःख पीडा आज बसाँई सर्यो हृदयमा

च्वास च्वास मुटुभित्र घोचिरहन्छ आजकाल

बिझे काँडाहरु कसले छर्यो हृदयमा ?

बम बारुदबाट हो कि आवाज आइरा’छ

फेरी कसले बिद्रोह गर्यो हृदयमा ?


गजल ०६

February 18, 2010

जितेन मुस्कान / बेलडाँगी

बारुदको    बास्ना  चल्छ  फुलमा  अचेल
नाराजुलुस मात्र चल्छ मान्छेको हुलमा अचेल

गल्ती एउटा लुकाउन हजार झुट बोल्छन्
पश्चताप  बेखबर  हुन्छ  भुलमा अचेल

ढुकढुकी  धड्कीदा बम जस्तै   पड्किदैछ
त्रास  छैन    पिरतीको   सुलमा   अचेल

खुन  पिउदाँपिउँदै  देउता   मातिसक्यो
आस्था पनि   मरिसक्यो  कुलमा  अचेल

जसले  जे  गरे    पनि    हुन्छ   यहाँ
बनदेज  छैन  कानुनको  रुलमा  अचेल


गजल ५

February 18, 2010

टंक वयलकोटी बेलडाँगी

जब हाँसो ओठबाट खसाउँछौ आँखाभरि

सपनीमा बिपनीमा रसाउँछौ आँखाभरि

सुन्दर ती मृगनयन चन्दमूखि मुहार

झझल्कोमा आउँछ र बसाउँछौ आँखाभरि

प्रकृतिमा रम्ने मन चोखो त्यसै लागेपछि

त्यही मन सम्हालेर टसाउँछौ आँखाभरि

आफ्नो ज्यान आफैलाई बिसाउन चौतारीमा

हाँसो खुसी बटुलेर पसाउँछौ आँखाभरि


गजल ०४

January 23, 2010

टंक वयलकोटी / भूटान

आफ्नो ज्यान त्यसै प्यारो अझ देशको माटो प्यारो

भीर पाखा भन्दा पनि मान्छे हिड्ने बाटो प्यारो

जूनको जादू देखिन्छ टल्किएपछि आकासमा

त्यही जूनको बीचमा अझ लुक्ने टाटो प्यारो

अति सुन्दर वातावरण शीतल हावासँगै

रमाउँदै घुम्न जाने चियाबारीको पाटो प्यारो

देशको माटो भने पछि सधैं मरिमेट्नेलाई

देशभक्ति भावमा दुख्ने घाउको खाटो प्यारो


गजल ०३

January 23, 2010

स्व. वृजेस / भूटान

सपार्नलाई इतिहासका बोलिहरु
फाल्नु पर्छ बारुद गोलिहरु

दुश्मन विरुद्ध खागो बनौ
किल्ला तोकी पठाऔं टोलिहरु

जनताको लवजबाट हुँकार उठाऔं
दुश्मन विरुद्धका युद्ध डोलिहरु

उठौं जागौं नसुतौं नछुटौं
आफ्नै पौरखले बनाऔं भोलिहरु


गजल ०२

January 23, 2010

म जन्मेको देश उही मात्रीभुमी हिन हुँ म
डाफे मुनाल बसन्तको हरियाली बिन हुँ म

मन्द मन्द सुस्त सुस्त जन्मभुमी सम्झँदैछु
रातलाई नरोजेर मात्र एउटै दिन हुँ म

उमा गौतम

परिवर्तनका पाहिलाहरु पर्दा पछी लुकेका छन
सुनका बाला लत्याएर रसाउने रिन हुँ म

बगर बगर डुली डुली दिन रात बिताउछु
च्यान उदी दुनियाँले थुकी हिंड्ने घिन हुँ म

बटुवा झै डुली हजारौको व्यवहार देख्दा
समयमै बद्ली दिने एक एक छिन हुँ म

साहित्य सृजना (Uma Gautam) बाट साभार


गजल – १

January 16, 2010

रमेश गौतम/नर्वे

चन्द्रमालाई छोप्न खोज्दा पीडाहरु भरेछौ नि
कल्पनाको स्वर्ग तर जाल रची हरेछौ नि ।

यस पालि त वनैभरि बाघहरु नाँचे अरे
मानवको बस्तीभरि वीषवर्षा गरेछौ नि ।

टाकिन पनि हाँस्यो अरे त्यो गौरव के भयो र?
दुर्गम गाउँबस्तीतिर पीडा बोकी झरेछौ नि ।

सुनेकोछु तिब्बतमा रेभनले आँसु झा-यो
साब्ड्रुडका पाइलाभरि ‘दुर्गन्ध’ पो छरेछौ नि ।

फूलपातीले पुकारेथ्यौँ ‘भगवान’को अस्तित्वलाई
पीडा वरदान बोकी बोकी खोलाखोल्सी तरेछौ नि ।

#  Buzzes from Diaspora बाट साभार #


Follow

Get every new post delivered to your Inbox.